» » फेसबुकले निम्त्याएको अपराध (सम्पादकीय)




प्रविधिको विकास सँगसँगै अपराधको शृङ्खला पनि त्यसैगरि बढ्दै गइरहेको छ । अहिले एकआपसमा जोडिनका लागि विभिन्न समाजिक सञ्जाल सञ्चालनमा आएका छन् । 

फेसबुक, ट्वीटर, इन्स्टाग्राम, व्हाट्स अप, वीच्याट लगायत विभिन्न समाजिक सञ्जालमा मानिसहरु एक आपसमा जोडिएका छन् । 

त्यसमध्ये अहिले सबैको पहुँचमा फेसबुक रहेको छ । अहिले १० वर्षको बच्चादेखि ९० वर्षका वृद्धासम्म फेसबुकमा झुण्डिएको पाइन्छ । एण्ड्र«ोआइड मोबाइलको पहुँचमा लगभग ९० प्रतिशत मोवाइल प्रयोगकर्ता पुगेका छन् । वैदेशिक रोजगारले गर्दा गाउँको देहात र कुनाकप्चासम्म मोवाइलको पहुँच भएको कारणले सबैलाई फेसबुक चलाउन सजिलो भएको छ । त्यसले भिडियो च्याट गर्नुको साथै तत्कालै कुनै फोटो अपलोड गरेर विश्वभर फैलाउने गरेका हुन्छन् ।

यसरी सबैको हातहातमा फेसबुक सहजरुपमा पुगेको हुनाले अपराधको शृङ्खला बढेको बताइन्छ । फेसबुकमा के राख्ने, के नराख्ने, के हेर्ने, के नहेर्ने ज्ञानको अभावका कारण फेसबुकबाट अहिले निकै विकृतिहरु बढेको छ । फेसबुकमा चाहिदो नचाहिँदो फोटो तथा भिडियोहरु अपलोड भएका हुन्छन् । युट्युव पनि सेयर भएका हुन्छन् ।

 विभिन्न समाचारका लिंकहरु सेयर भएका हुन्छन्, जसले गर्दा सबैको पहुँच त्यसमा भएको छ । बाख्रा चराउँदा होस् या हलो जोत्दा होस् । या, धान काट्दा होस् या अफिसमा काम गर्दा होस्, महिलाले किचनमा खाना पकाउँदा होस् या विद्यार्थी कलेजमा अध्ययन गर्न गएको बेला होस् फेसबुकसँग सबै जोडिएका हुन्छन् । 

आआफ्ना साथीहरुसँग च्याटमा झुण्डिएका हुन्छन् । अहिले टाइमपासको सबभन्दा राम्रो उपाय भनेको फेसबुक भएको छ ।

फेसबुकबाट लभ पर्ने, फेसबुकबाट साथी बनाउने, फेसबुकबाट हरेक योजना बनाउने, फेसबुकबाटै अश्लिल फोटो तथा भिडियो अदान प्रदान गरिने जस्ता कार्य भइरहेको हुनाले अपराधका घटनामा वृद्धि भएको तथ्यांकले देखाएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको बताउनु भएको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत पुस ९ गते आयोजित एक कार्यक्रममा उहाँले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको छ यसबाट बच्न सदैव सजग हुनुपर्नेमा सुझाव दिनुभयो । 

उहाँले साइबर अपराध, सामाजिक सञ्जालको प्रयोग, जबर्जस्ती करणीसम्बन्धी चेतनामूलक प्रशिक्षण विद्यार्थीहरुलाई दिँदै समाजिक सञ्जालबाट हुने अपराधबाट बच्ने विभिन्न उपायको बारेमा जानकारी दिनुभएको थियो ।

अहिले जति पनि बलात्कारका घटनाहरु भइरहेका छन् ती सबैको कनेक्सन कतै नकतै समाजिक सञ्जाल फेसबुकसँग जोडिएका छन् । दिनभरि फेसबुकमा नानाथरी भिडियो तथा फोटाहरु हेरेका हुन्छन् र त्यसबाट उत्तेजित भएर युवाहरु त्यस प्रकारको घटनामा संलग्न भएको अध्ययनले देखाएको छ । 

अहिले बलात्कारको घटनामा पर्नेको उमेरलाई नै अध्ययन गर्दा प्रष्ट बुझ्न सकिन्छ कि यसको पहुँच र प्रयोग कहाँ कहाँबाट भइरहेको छ । सात वर्षदेखि १८ वर्षका बालिका बलात्कार घटनामा परेका छन् । बलात्कार गर्ने युवा पनि त्यही १६ देखि ३० वर्षसम्मका रहेका पाइन्छन्, जो दिनभरी फेसबुक तथा समाजिक सञ्जालमा झुण्डिएका हुन्छन् ।

जबर्जस्ती करणीमा चालु आर्थिक वर्षको शुरुको चार महिनामा ७ सय ८८ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७१÷०७२ देशभर ९ सय ८१ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका थिए । त्यस यता हरेक वर्ष यो सँख्या बढिरहेका छन् । गत आर्थिक वर्षमा मात्र यो कसुरमा एक हजार चार सय ८० मुद्दा दर्ता भएका थिए । प्रहरीको केन्द्रीय तथ्यांकअनुसार आर्थिक वर्ष ०७३÷७४ मा जबर्जस्ती करणीमा एक हजार एक सय ३७ मुद्दा दर्ता भएका थिए ।

चालु आर्थिक वर्षको कात्तिकसम्म काठमाडौँ उपत्यकाभित्र मात्र ९२ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा उपत्यकामा एक सय ८८ र प्रदेश १ मा तीन सय ८४ बलात्कारका घटना दर्ता भएका थिए । त्यस आर्थिक वर्षमा सबैभन्दा कम बलात्कारका घटना प्रदेश ६ (५९) र प्रदेश ७ (९३) मा दर्ता भएका थिए । चालु आर्थिक वर्ष प्रदेश ६ मा ५६ र प्रदेश ७ मा ४७ वटा बलात्कारका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यो मात्रामा बलात्कारका घटना हुनुमा कतै नकतै प्रविधिको कनेक्सन रहेको छ । त्यसमा सबभन्दा बढी फेसबुकको प्रयोग बढी पाइएको छ । 

त्यसले यसको नियन्त्रण कसरी गर्ने त्यतातिर सबैको ध्यान जान आवश्यक छ । समाजिक सञ्जाल कुन उमेरकाले प्रयोग गर्ने, नगर्ने । त्यसमा के राख्ने, के नराख्ने त्यसको पनि नियन्त्रण गर्नुपर्छ । फेसबुकमा नचाहिँदो समाग्री राख्न वित्तिकै त्यस व्यक्तिलाई समात्न सकिन्छ र त्यसलाई दण्डित गर्न सकिन्छ । 


यसरी केही दिनसम्म लगातार गर्यो भने यसको नियन्त्रण हुन्छ । नत्र फेसबुकको प्रयोग यसरी दुरुपयोग भइरहेको छ कि एकदिन यसलाई सम्हाल्न सरकारलाई पनि  धौधौ पर्ने निश्चित छ ।  

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..