» » प्रभाकरण जो राजीव गान्धीको बुलेट प्रुफज्याकेट लगाउनुभयो

प्रभाकरण केही मानिसका लागि स्वतन्त्र सेनानी हुनुहुन्थ्यो भने कतिपयको लागि क्रुर चरमपन्थी । जुन व्यक्तिले एकजना राष्ट्रिय, एकजना पूर्वप्रधानमन्त्री हत्या, राष्ट्रपतिको हत्याको प्रयास, सैयों राजनीतिककर्मीको हत्या, २५ भन्दा बढी आत्मघाती आक्रमण, हजारौं व्यक्ति र सेनाको हत्यामो अभियुक्त रहेका व्यक्तिलाई जसले पनि आँखा चिम्लेर भन्न सक्छ त्यो व्यक्ति खतरनाक रहेका छन् ।

ओसामा विन लादेनको आदेशमा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गर्नुभन्दा पहिले प्रभाकरणका व्यक्तिले कोलोम्बुमा यस्तै नामको एक भवनलाई ध्वस्त बनाउनुभएको थियो । तर ओसामा जस्तो प्रभावकरण कुनै धनी परिवारका छोरा हुनुहुन्थेन न यस खालको कार्य गर्न कुनै अर्को देशको सहयोग लिनुभएको थियो । यहाँसम्म कि कुनै धर्मको आड पनि लिनुभएको थिएन ।

उहाँको एकमात्र धर्म थियो तमिल राष्ट्रवाद । एकदशक भित्र उहाँले एलटीटीइको समान्य हतियारधारी ५० जनाभन्दा कम व्यक्तिबाट १० हजारको व्यक्तिको समूह बनाएर प्रशिक्षित संगठन बनाउनु भएको थियो जसले कुनै देशको सेनालाई टक्कर दिने हैसियत राख्नुहुन्थ्यो । प्रभाकरणले दुईटा व्यक्तिलाई आफ्नो प्रेरणाको स्रोत मान्नुहुन्थ्यो ।

एकजना हुनुहुन्थ्यो, सन् १९८३१ मा फाँसी झुण्डिने भगत सिंह र अर्को हुनुहुन्थ्यो स्वतन्त्र हिन्दु फौज बनाउने सुभाष चन्द्र बोस । सन् १९७२ मा उहाँ एउटा रुखको मुनी केही व्यक्तिलाई बम बनाएको देख्नुभएको थियो । त्यहाँ बनाउँदै गरेको बम विस्फोट हुँदा प्रभाकरण घाइते हुनुभएको थियो । त्यसमा उहाँको दायाँ खुटा जलेको थियो । त्यतिबेला नै उहाँको नाम करिकलन परेको थियो जसको अर्थ हुन्छ कालो खुटा बाला ।

चकलेट र केकरो (एक प्रकारको खैनी) लाई उमारेर खाने सौखिन रहनु भएको प्रभाकरणल आफ्नो नजिकीलाई चुरोट, रक्सी र यौन सम्बन्ध नराख्न सल्लाह मात्र दिनुभएको थिएन, त्यसमा उहाँले रोक नै लगाउनुभएको थियो । उहाँको संगठनमा प्रेम गर्नुको एकदमै मनाही थियो । यदि त्यस्तो कुनै गद्दारी कसैले गरेको छ भने त्यसलाई मृत्युदण्ड दिनुहुन्थ्यो । उहाँले आफ्नो अंगरक्षक जो एकजना महिला थिए र अर्को पुरुष थिए । उहाँहरुलाई प्रभाकरणले मृत्युदण्ड दिनुभयो किनभने उहाँले यौन सम्बन्धमा हुनुहुन्थ्यो ।

तर सोचनीय कुरा के हो भने जब आफूमाथि कुरा आयो अनि उहाँले त्यो नियम हटाएर मतिवत्जनी इराम्बुसँग विवाह नै गर्नुभयो । भनिन्छ, इराम्बुले प्रकारणको ध्यान त्यतिबेला तान्नुभएको थियो जतिबेला उहाँले होलीको समयमा एक बाल्टी रंग प्रभाकरणको जीउमा हालि दिनुभएको थियो ।

प्रभारकणको जीवनी लेख्नुभएका नारायणस्वामी भन्नुहुन्छ, मैले लिट्टेको क्याम्पसमा रात विताएको छु । विहान उठेर कुवाको पानीले नुहाएको छु । मैले ३२ वर्षको आफ्नो पत्रकारिता जीवनमा यस्तो सुरक्षा बन्दोवस्त पहिला कतै हेरेको थिइनन् । प्रकारणले हामी सबै पत्रकारलाई एकएक गरी आफ्नो कार्यकक्षमा बोलाउनुभयो । आफ्नो पेन र नोटबुक पनि त्यहाँ खोसिएको थियो ।

हामी सबैको छुट्टा छुट्टै तस्विर पनि खिच्नुभयो र क्यामरा म्यानलाई उहाँले भन्नुभयो कि आआफ्नो क्यामरालाई तराजुमाथि राख्नुस् । पछि थाह पाए कि प्रभाकरणलाई सबै क्यामराको वजन थाह थियो । उहाँले क्यामरालाई वजन गरेर बुझ्नु खोज्नुभएको थियो कि क्यामरामा कुनै चिस लुकाएको त छैन । जसको कारणले क्यामराको वजन बढेको होस् । उहाँले हाम्रो हातलाई थिचेर हेर्नुभयो कि यसमध्ये कोही प्रशिक्षित व्यक्ति त होइन ।’

प्रकारणको पहिलो हतियार 
प्रकारकरणको पहिलो हतिार गुलेली थियो । त्यसबाट उहाँले चरा, माउसुली र गिलहरिलाई मार्नुहुन्थ्यो । त्यसपछि उहाँसँग एउटा एयरगन आयो । त्यसबाट उहाँले अभ्यास गर्नुहुन्थ्यो । त्यस गनबाट नै उहाँले आफ्नो निसाना राम्रो बनाउनुभयो ।

 नारायणस्वामी भन्नुहुन्छ, ‘कहिले काही प्रभाकरणले आफ्नो लुगामा लुकाएर राखिएको रिभलवल विस्तारै विस्तारै चलाउनु हुन्थ्यो र अचानक फर्केर एउटा काल्पनीक दुश्मनमाथि निशाना लगाएको जस्तो गर्नुहुन्थ्यो । पछि एलटीटीेले आदेश दियो कि सबै लडाकुसँग छालाको होल्सटर हुनुपर्छ । यो कुरा प्रभाकरणले हलिउड फिल्मबाट थाह पाउनुभएको थियो ।’

प्रभाकरणको आदेश थियो कि आफ्नो लडाकुलाई घाँटीमा साइनाइड क्याप्सुल लगाएर हिड्न भनेको थियो । कुनै बेला समातिएमा त्यसलाई खाएर आफ्नो ज्यान दिनुपर्छ । प्रकारणको घाँटीमा पनि एउटा कालो धागोमा साइनाइड क्याप्सुल बाँधिएको हुन्थ्यो । जसलाई उहाँले आफ्नो सर्टको गोजीमा आइडी कार्डको जस्तो राख्नुहुन्थ्यो ।

खानाका सौखिन
प्रभाकरणलाई खाना पकाउने सौख थियो । उहाँले आफ्नो चनई प्रवासमा आफै तरकारी काट्नु हुन्थ्यो । उहाँको मुख्य मनपर्ने खाना थियो चिकेन करी । तर मुस्किल समयमा उहाँले पाउरोटी खाएर पनि काम चलाउनु हुन्थ्यो । उहाँ सफा र स्वच्छ पानीप्रति निकै सचेत हुनुहुन्थ्यो र उहाँले जहिले पनि पानीव उमालेर खानुहुनथ्यो । बैठकको समय उहाँले सोडा मात्र खानु हुन्थ्यो । सन् १९८७ मा प्रकारण जाफनामा इरोसको घरमा गएको बेला उहाँलाई पिउनका लागि कोक दिएको थियो ।

 त्यो कोक खोलेर प्रभाकरणले बालाकुमारलाई खानका लागि दिनुभएको थियो । बालाकुमारले त्यो खाएपछि मात्र प्रभाकरणले अर्को बोतलको कोक खानुभयो । उहाँ यतिसम्मको शंकालु हुनुहुन्थ्यो कि चिया आफैले बनाएको वा श्रीमतीले बनाएको मात्र खानुहुन्थ्यो ।
प्रभाकरणले आफ्ना दाह्री दैनिक काट्नु हुन्थ्यो । जसरी जसरी एलटीटी चर्चा अगाडि बढ्दै गयो त्यसरी त्यसरी प्रभाकरण सफासुग्धर भएर बस्न थाल्नुभयो । कुनै सोफामा बस्दा, जबसम्म सफा गर्नुहुँदैन्थ्यो तबसम्म त्यसमा बस्नुहुन्थेन । माकुरोको जालबाट उहाँलाई निकै नफरत थियो । उहाँले हेर्ने वित्तिकै त्यसलाई सफा गर्न आदेश दिनुहुन्थ्यो । ट्वाइलेटलाई पनि उहाँले हरहमेशा सफा गरेर राख्नुहुन्थ्यो ।

 व्यवस्थापनमा उहाँ यति गम्भीर हुनुहुन्थ्यो कि एलटीटीको चनई क्याम्पमा सबै कोठामा आधा दजर्न भन्दा बढी मोटरसाइकलको साँचो एक निश्चित ठाउँमा राख्नुहुन्थ्यो ताकि कुनै अपरर्झट कुनै काम भएपछि त्यहाँबाट निस्केर भाग्न सकुँ ।

प्रभाकरण एकपटक चनईका तमिल नेता नेदुमारनको घरमा बस्नु भएको थियो । एकदिन प्रभाकरणले लुगा धोइरहनु भएको थियो । अनि नेदुमारणले भन्नुभयो, प्रभाकरणजी यो के गर्नुभएको तपाई, अनि उहाँले जवाफ दिनुभयो म आज खाली छु त्यसैले आफ्नो साथीको पनि लुगा धोई दिइरहेको छु ।

चानईका एक चर्चित पत्रकार मेननले भन्नुहुन्छ, प्रकारण भन्दा शान्त व्यक्ति कसैलाई देख्नुभएको छैन ।’ भारतका सीएनएनका पूर्व ब्युरो प्रमुख अनिता प्रतापको भनाई पनि यही रहेको छ । उहाँले प्रभाकरणको अन्तरवार्ता लिएपछि लेख्नुभएको थियो, मलाई त उहाँ निकै साधारण मान्छे लाग्नुभयो । निलो रंगको सर्ट र सिलेटी पैन्ट लगाएका प्रभाकरण कुनै तमिल व्यपारी जस्तो लाग्थ्यो ।’

कुनै पत्रकारलाई इन्टरभ्यु दिँदा उहाँले घडी सामुने राख्नुहुन्थ्यो । तोकिएको समय सकिना साथ उहाँले आफै इन्टरभ्यु समाप्त गर्नुहुन्थ्यो । उहाँको एउटा यस्तो स्मरण थियो कि एकपटक कसैलाई देखेपछि उहाँ कहिले विर्सन्न हुनुहुन्थेन ।

सन् १९८६ मा जब भारत श्रीलंका सम्झौतामा छलफल भइरहेको थियो । तब प्रभाकरणलाई भारत ल्याउन भारतले श्रीलंकाको अनुमतीले भारतीय वायुसेनाको दुई हेलिक्प्टर जाफना पठाउनु भएको थियो । त्यसमा भारतीय विदेश सेवाका वरिष्ठ अधिकारी हरदीप पुरी पनि हुुनुहुन्थ्यो । उहाँ अहिले मोदी सरकारको मन्त्रीमण्डल शहरी विकास मन्त्री हुनुहुन्छ ।

एक एलटीटीका सदस्यले हरदीपको कानमा गएर भन्नुभयो, तपाई हाम्रो ठूलो राष्ट्रिय खाजाना लिएर जाँदै हुनुहुन्छ ।’ हरदीपले तुरुन्त जवाफ दिनुभयो, म तपाईलाई वचन दिन चाहन्छु कि म उहाँलाई जहाँबाट जगिरहेको छु, पछि त्यही ल्याएर छाडेर जान्छु, चाहे वार्ताको परिणाम जस्तोसुकै होस् ।’

चनई एयरपोर्टाम भिआइपी कक्षमा हरदीपले यो सोचेर चिकन करी र भातको अर्डर गर्नुभएको थियो यो खानेकुरा उहाँलाई मन पर्छ । तर प्रभाकरणले भन्नुभयो, चपाती (एक प्रकारको रोटी) खान्छु, भात होइन किनभने यो खाएपछि पेस्तोलको ट्रिगर दवाउने औलामा असर गर्छ ।’

दिल्ली पुगेपछि प्रकारणलाई अशोक होटलमा राख्यो । २५ जुलाईको दिन हरदीपले उहाँलाई सम्झौताको शर्तहरु पढेर सुनाउनुभयो । जसलाई उहाँका साथी बालासिघमले उहाँका लागि तमिलमा अनुवाद गरेर सुनाउनु भएको थियो । र, त्यो शर्त सुनेर प्रकारणले भन्नुभयो, मलाई यो शर्त मान्य हुनेछैन, तमिल इलमको माग हामीले छाड्ने छैनौं ।’

प्रभाकरणले माग गर्नुभयो कि यो वार्तामा तमिलनाडुका मुख्यमन्त्री एमजीआरलाई पनि सहभागी गराइयोस् । उहाँको यो शर्त राजिव गान्धीले पनि मान्नुभयो । मुख्यमत्री एमजीआरलाई दिल्ली बोलाइयो । । राजिव गाँधीले आफ्नो कर्मचारीलाई भन्नुभयो थियो कि प्रभाकरणलाई सम्झौतामा जसरी पनि सहमत गराउनुपर्छ ।
प्रकारण हठी हुनुहुन्छ तर सम्झौताका लागि उहाँको भूमिका निकै महत्वपूर्ण छ भनि राजिव गाँधीले आफ्ना कर्मचारीलाई भन्नुभएको थियो ।

वार्ताको समयमा कुनै पनि पत्रकारलाई नप्रभाकरणसँग भेट्न दियो न वार्ता समितिमा रहका कुनै पदाधिकारीलाई । प्रभाकरणले थाह पाइसक्नुभएको थियो कि मलाई जवर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराउनेछ । धेरै मुस्लिकले राजिज गान्धीसँग भेट्नका लागि उहाँलाई सहमत गराइएको थियो ।

तमिलनाडुका एकजना मन्त्री र उहाँका साथी बालासिघम पनि उहाँका साथमा राजिव गान्धीलाई भेट्न गएका थिए । प्रभाकरणले ले भन्नुभयो, श्रीलंका सरकारमाथि विश्वास गर्न सकिदैन । त्यसपछि राजिव गान्धीले भन्नुभयो, श्रीलंका सरकार तमिलको हितमा काम गरिरहेको छ ।’ त्यसपछि प्रकारणले भारत श्रीलंका सम्झौतमा सहमती जनाउन तयार हुनुभयो ।

राजिव गान्धीको बुलेटप्रफ ज्याकेट
नारायणस्वामी भन्नुहुन्छ, राजीव गान्धी प्रकारणको निर्णयबाट निकै खुशी हुनुभयो । उहाँले प्रकारणका लागि तुरुन्त खाना मगाउनुभयो । जब प्रकारण त्यहाँबाट निस्कन थाल्नुभयो अनि राजिव गान्धील राहुल गान्धीलाई बोलाएर आफ्नो बुलेट प्रुफ ज्याकेट ल्याउन भन्नुभयो ।

 र, प्रकारणलाई त्यो ज्याकेट दिँदै भन्नुभयो, तपाई आफ्नो ख्याल राख्नुहोला । राजीव गन्धीका एकजना मन्त्रीले उहाँसँग भन्नुभयो कि प्रभाकरणको तबसम्म भारतमा राख्नुपर्छ जबसम्म एलटीटीइले आफ्नो सम्पूर्ण हतियार नबुझाईयोस् । त्यसपछि राजीव गान्धीले त्यसलाई अस्वीकार गर्दै भन्नुभयो, प्रभाकरणले मलाई वचन दिनुभएको छ, म उहाँमाथि विश्वास गर्छु ।’

तर प्रभाकरणले आफ्नो वचन कहिले पुरा गर्नुभएन । अन्ततः राजीव गान्धीको हत्या गर्न लगाउनुभयो । प्रकारण जाफना फर्किने बेला मद्रासमा लेफ्टीनेन्ट जनरल देपीदर सिंहसँग भेट्नु भएको थियो ।

देपीन्दर सिंह भन्नुहुन्छ, मप्रति सम्मान देखाउनका लाग प्रभाकरणले मेरो कोठामा छिर्नुभन्दा पहिला आफ्नो प्लास्टीकका चपल गेटमा निकाल्नुभएको थियो ।

 उहाँ अलि अलि परेशान देखिनुभएको थियो । उहाँले मसँग साफसाफ भन्नुभयो कि वा अब भारतीय विदेश मन्त्रालय र रअमाथि कहिले पनि विश्वास गर्दिन । मैले उहाँलाई सोधे कि तपाई आफ्नो हतिायर कहिले बुझाउनु हुन्छ । त्यसपछि प्रभाकरणले भन्नुभयो कि उहाँले आफ्नो सबै भन्दा ठूलो मेसिनगन तपाईलाई बुझाउँछु । प्रकारणले यो वचन पनि पूरा गर्नुभएन । केही पछि एलटीटीका सैनिकले आफ्नो हतियार बुझाउनु भयो त्यहाँ प्रभाकरण थिएन ।’

प्रभाकरणको दुखद निधन 
आफ्नो जीवनको अन्तिम लडाईको दिन प्रभाकरण श्रीलंकाको सैनिकबाट घेरिनु भएको थियो । एउटा गोली उहाँको टाउको चिर्दै गयो भने जसले उहाँको टाउको क्षतविक्षत भयो । त्यसबाहेक उहाँको जीउमा एउटा पनि चोट थिएन । प्रकारणको मृत शरीर त्यही थियो जहाँ केही पहिले उहाँलाई गोली हानी हत्या गरिएको थियो । त्यो क्षेत्रमा निकै फोहर थियो । दुर्गन्ध पनि थियो तर उहाँको बर्दी एकदम साफ थियो ।

उहाँको ढाडमा एउटा बेल्ट थियो, जसमा होलस्टर्ड पेस्तोल झुण्डिएको थियो । साथमा ६ र ९ प्रयोग हुने कारतुस पनि थियो । उहाँको छातीमा एउटा स्टीलको कार्ड थियो, जसको नम्बर थियो ००१ ।

उहाँबाट प्राप्त एउटा सानो व्यागमा अंगुरको जस्तो महक भएको हैंड लोशन थियो जो सिंगापुरबाट मगाइएको थियो । त्यहाँ मधुमेहको उपचारमा खाने औषधी पनि थियो ।

प्रकारणको बारेमा एउटा अर्को पुस्तक लेख्ने सोच बनाउनु भएका जनरल राज मेहता भन्नुहुन्छ, आफ्नो अनितम लडाईका दिन प्रकारण मोलाएतवु क्षेत्रमा तीनतिरबाट घेरिनु भएको थियो । चौथोतिर समुद्र थियो जहाँ श्रीलंकाका सेना आफ्नो जाल ओछ्याएर बसेको थियो । भन्नुको अर्थ यो कि उहाँको बच्ने कुनै उपाय थिएन । श्रीलंका सेना रेडियोमा उहाँको कुरा सुनिरहेको थियो । उहाँले प्रभाकारणको लोकेशनप पुरै पत्ता लगाई सकेको थियो । उहाँलाई पुरै ब्याक टु द वाल गरिसकेको थियो ।

प्रभाकरणको मृत्यपछि श्रीलंकाका राष्ट्रपति राजपक्षेले उहाँको संसदमा घोषणा गर्नुभयभो कि आजदेखि श्रीलंकामा कुनै अल्पसँख्यक हुनेछैन । अब यहाँ दुई प्रकारका व्यक्ति मात्र हुन्छ, जो आफ्नो देशलाई माया गर्नेछ र अर्को जो त्यो जमिनसँग प्रेम हुने छैन जहाँ प्रकारणको जन्म भएको थियो ।’
(स्रोतः बीबीसी हिन्दीबाट रुपान्तरण गरिएएको)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..