नेपाल सरकारले भारतीय २०००, ५०० र २०० को नोट (रुपियाँ) मा प्रतिबन्ध लगाएपछि यहाँको अर्थ व्यवस्थामा सिधै असर गरेको छ । नेपालमा १०० भारतीय रुपियाँ मात्र चल्ने भएको छ । अहिले नेपालबाट भारत आउने पर्यटकमा निकै कमी आएको छ । नेपाल आउन मानिरहेको छैन भारतीय पर्यटकहरु । २०००, ५०० र २०० को भारतीय रुपियाँ प्राप्त भए जेलको सजाय हुने भनेपछि भारतीय पर्यटक तथा व्यपारीहरु झन आतिएका छन् ।
वीरगञ्जको आदर्श वजारमा पहिला भारतीय उपभोक्ताको उपस्थिति निकै बाक्लो हुन्थ्यो तर अहिले निकै घटेको छ । वीरगञ्जमा पसल गर्दै आउनुभएका ब्रजेश अग्रवाल भन्नुहुन्छ, भारतीय उपभोक्ताबाट हामीले सय सयको नोट मात्रे लिने गरेका छौं, अरु रुपियाँ नचल्ने कारणले हाम्रो व्यवसायी नै बन्द हुने अवस्थामा पुगेको छ ।’ कुनै भारतीय व्यपारी नेपाल बोर्डर कट्न लाग्दा त्यहाँ १००–१०० को नोट साटेर आउने गरेका छन् नत्र यहाँ नेपालमा २०००, ५०० र २०० को रुपियाँ चल्दैनन् ।
भारतको विहारमा रक्सीमाथि प्रतिबन्ध लागेपछि नेपालको सीमावर्ती क्षेत्रमा रक्सीको व्यपार निकै फस्टाएको थियो । रक्सी व्यपारीहरु निकै खुशी थियो तर नेपालले यो २०००, ५०० र २०० को भारतीय नोटमा प्रतिबन्ध लगाएपछि नेपालको रक्सी व्यपारमा निकै ठूलो धक्का लागेको छ । नेपालको सीमावर्ती क्षेत्रमा खुलेका पसलहरुमा भारतीयहरु आउने गर्थे तर २०००, ५०० र २०० को भारतीय नोटमा रोक लागेपछि ग्राहक आउन छाडेका छन् । त्यसले व्यपार चौपट भएको छ । नेपाल सरकारले २०००, ५०० र २०० को भारतीय नोटमा किन प्रतिबन्ध लगायो त्यो कुरा कसैलाई थाह छैन । तर यसको घाटा भारतलाई होइन नेपाललाई मात्र भएको छ । उद्योग वाणिज्य संघलाई पनि सरकारले गरेको यस्तो निर्णयको बारेमा थाह रहेनछ ।
भारतले आफ्नो देशमा एकहजार र पाँचसयको नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँका नोटहरु नेपालमा आएर थन्केको अनुमान गरिएको छ । नेपालमा पनि दुई एकहजार र पाँचसयको भारतीय नोट रहेका छन् । त्यसलाई साट्न नेपाल सरकारले भारतलाई पटक पटक आग्रह गरिएको थियो । तर भारत सरकारले कहिले पनि त्यसमा चासो दिएन ।
त्यसैपनि नेपालमा पहिला पनि भारतीय रुपियाँ एकहजार र पाँचसय रुपियाँ प्रतिबन्धित थियो । नेपालमा त्यो चलिरहेको थिएन । भारत सरकारले नेपालसँग कारोबार गर्दा एकसयको नोटको कारोवार गथ्र्यो । २०००, १०००, ५०० र २०० को नोट कहिले नदिएको भारतले दावी गरेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष ओमप्रकाश शर्माले भन्नुहुन्छ, पहिला पनि नेपाल सरकारले एकहजार र पाँचसयको पुरानो नोटमा प्रतिबन्ध लगाएको थियो तर त्यसबेला २५ हजारसम्मको रुपियाँ लैजानेको छुट थियो तर यसपटक त्यस्तो केही छुट दिएन, अग्रणी जानकारी पनि दिएनन् । त्यसले गर्दा नेपालको अर्थतन्त्रले ९० प्रतिशतसम्मको नोक्सान हुने अनुमान गरिउको छ ।’

No comments: