
बलिउडका तीन चर्चित र सफल खान (सलमान, आमिर र शाहरुख) सँग फिल्म नखेलेरै बलिउडमा स्थापित भएर देखाउने प्रण गरेकी रनौतले आफ्नो करियरलाई उचाईमा पुर्याएकी थिइन् । तर, धेरैको चासोको विषय यो हुन्छ कि उनी अब करियरको कुनै मोडमा यी खानहरुसँग फिल्म खेल्छिन् कि खेल्दिनन् त ? उनलाई पत्रकारले सलमानसँग काम गर्ने नि नगर्ने भन्ने प्रश्न गरेका थिए ।
पत्रकारको प्रश्नमा कंगनाले सलमान खान आफ्नो असल साथी भएको र उनीसँग काम गर्ने मौका मिलेमा खुशीसाथ स्वीकार गर्ने बताएकी छिन् । सलमानसँग कंगनाको कुनै पनि सन्दर्भमा अहिलेसम्म वादविवाद भएको छैन । उनीहरु एक अर्काको कामलाई निकै सम्मान गर्ने गर्छन् । यद्यपि, सलमानको फिल्म ‘सुल्तान’ मा काम गर्नको लागि अस्वीकार गरेकी थिइन् ।
कंगना स्वयंले सलमानको अफर अस्वीकार गरेको स्विकार गरिन् । उनले अब सलमानले कुनै पनि काम गर्न अफर गरेमा सहर्ष स्वीकार गर्ने पनि उनले बताइन् । उनको फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’ २५ जनवरीमा रिलीज हुँदैछ ।
No comments: