» » पटक पटक महन्थ ठाकुर किन जानुहुन्छ दिल्ली ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुर सबभन्दा बढी दिल्ली जाने नेतामा पर्नुहुन्छ । तर, दिल्ली जानुको उद्देश्य भने उहाँको फरक छ । उहाँ प्रायः आफ्नो स्वास्थ्य जाँचका लागि दिल्ली जाने गर्नुहुन्छ । उहाँलाई मुटु सम्बन्धी समस्या भएको हुनाले दिल्ली आउ जाउँ गरिरहनु हुन्छ तर उपचारका लागि उहाँ त्यहाँ गएपनि राजनीतिक भेटघाट गर्न छुट्टाउनु हुन्न ।

उहाँ विभिन्न दलका उच्च तहका नेताहरुलाई भेटेर समसामयीक राजनीतिक विषयमा कुराकानी गर्ने गर्नुभएको छ । तर  संयोग मात्र हुन्छ कि त्यस अनुसारको समय मिलाएको हुन्छ, बुझ्न अलि गाह्रो छ तर उहाँले प्रायः दिल्ली यस्तो बेलामा जानुहुन्छ जुन समय देशमा कुनै न कुनै समस्या हुन्छ ।

केन्द्रीय राजनीतिमा केही उथल पुथल भएको हुन्छ वा मधेशको राजनीतिमा केही समस्या हुन्छ । अरु केही नभए दलभित्रै केही समस्या भएको बेला उहाँ दिल्लीको यात्रामा जानुहुन्छ । अहिले पनि उहाँको पार्टीमा अध्यक्षमण्डलको विवाद चलिरहेको बेला मंसिर १६ गते दिल्लीमा जान लाग्नु भएको हो ।


अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो आएपछि राजपा नेपालमा विवाद उत्कर्षमा पुगेको हो । यसअघि महन्थ ठाकुर अध्यक्षमण्डलका संयोजक हुनुहुन्थ्यो । तर उहाँलाई बहुमतबाट हटाएर महतोलाई बनाएपछि विवाद बढेको हो ।
यसैबेला उहाँ दिल्ली जान लाग्नुभएको हो । दिल्लीमा उपचारका साथै राजनीतिक भेटघाट पनि रहेको छ । यसअघि उहाँ साउन १३ गते गएर १८ गते फर्किनु भएको थियो ।


छोरी र ज्वाँईलाई साथमा लिएर स्वास्थ्य स्वास्थ्यको फ्लोअपका लागि दिल्ली पुग्नु भएका उहाँ त्यतिबेला राजनीतिक भेटघाट पनि गर्नुभएको थियो । त्यतिबेला गृहमन्त्री राजनाथ सिंहदेखि सुरक्षा सल्लाहकार अजित डोभलसम्मलाई भेटेका थिए ।

 
उहाँको उपचारमा संलग्न डाक्टरले ६ महिनापछि पुनः आउन भन्नुभएको थियो । सोही अनुसार उहाँ दिल्ली जान लाग्नुभएको हो ।

 २०७४ चैत २७ गते दिल्ली जानु भएका ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएको थियो । त्यसपछि उहाँको अप्रेशन गरी त्यहाँ तीनवटा ‘स्टेन’ राखिएको थियो । केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उहाँले नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उहाँ दुई वर्षदेखि नियमित जाँच गराउन सक्नु भएको थिएन ।

पछि चेकजाँच गराउँदा ब्लड ब्लोकअप देखिएको थियो र अप्रेशन गराएर स्टेन राख्ने अवस्था आएको थियो । यसपटक उहाँ त्यसैको फ्लोअपका लागि दिल्ली गइरहनु भएको छ । 

दिल्लीमा उच्च तहका नेतालाई भेट्ने कार्यक्रम पनि रहेको पार्टी स्रोतले जनाएको छ । तर को कोसँग भेट्ने कहिले भेट्ने केही खुलाएको छैन । दिल्लीको चाहना पनि ठाकुर नै राजपा नेपालको नेतृत्व गरोस् तर अचानक उहाँ फेरिएपछि पार्टी तरङ्गित भएको हो । यस विषयमा पनि उहाँ दिल्लीमा भएको बेला छलफल गरिने उहाँ निकट स्रोतले जनाएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..