» » राजपाले अब लक्ष्मण थारुको मुद्दा पनि उठाउने

कैलालीको टिकापुरमा भएको घटनाको आरोपमा जेलमा रहनु भएका लक्ष्मण थारुको रिहायका लागि पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आवाज उठाउने भएका छन् ।

उहाँ जेल पर्दा विजयकुमार गच्छदारले नेतृत्व गर्नुभएको नेपाल लोकतान्त्रिक फोरममा आवद्ध हुनुहुन्थ्यो तर अहिले सो पार्टी काँग्रेससँग एकीकरण गरेपछि त्यो नेताको बारेमा कसैले सोधखोज गरेको छैन ।


उहाँलाई कसैले सोधखोज नगरेपछि राजपा नेपालले मधेश आन्दोलनकै कारण उहाँ जेलमा पर्नुभएको कारणले आफ्नो दायित्व हो कि उहाँलाई त्यहाँबाट रिहाय गराउने ।

लक्ष्मण थारु राजपा नेपालमा आउन तयार पनि भइसक्नु भएको छ । महन्थ ठाकुर थारुलाई जेलमै गएर भेटिसक्नु भएको छ । दुई दुई महिनामा चक्रप्राणालीको आधारमा अध्यक्षमण्डलको संयोजक फेर्ने प्रावधान राजपा नेपालमा रहेको छ । त्यसको आधारमा अब महेन्द्रराय यादव माघ ५ गते संयोजक बन्नुभएको छ । 


२०७४ बैशाखमा राजपा नेपाल गठन हुँदा महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजक बनाएको थियो । तर, महाधिवेशनसम्म संयोजक नफेर्ने भन्दै आपसी सहमतिका आधारमा ठाकुरलाई नै संयोजकमा नियमित गरेको थियो तर मंसिर ४ गते अध्यक्षमण्डलको बैठक बसेर ठाकुरलाई सो पदबाट हटाएर राजेन्द्र महतोलाई बनाएको थियो ।

ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । ठाकुर पक्षले विधान विपरित हटाएको भनि दावी गर्दै आएको थियो । यता, ठाकुर संयोजक रहेको अवस्थामा पार्टीमा जथाभावी गरेको कारण हटाएको दावी महतो पक्षले गरेको थियो ।

दुई दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेर्ने पार्टी विधानमा रहेको प्रावधानलाई लागु गर्ने भनेर नै महतो पछि महेन्द्र राय यादव संयोजक बन्नु भएको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..