» » सहिद दुर्गानन्द झाको शव यसरी पार्यो बेपत्ता



गणतन्त्रका लागि हाँसी हाँसी फाँसी चढ्नु भएका दुर्गानन्द झाको मृत्युको ४५ वर्षपछि देशमा गणतन्त्रको घोषणा भयो । माघ १५ गते उहाँको ५५ स्मृति दिवस मनाइएको छ । जनकपुरमा काँग्रेस र विभिनन संघ संगठनले छुट्टा छुट्टै स्मृति दिवस मनाएको छ तर उहाँका लागि काठमाडौ पुरै सुनसान रह्यो । नकाँग्रेसले सम्झ्यो, न मधेशवादी दलले मनायो । सरकारले दुर्गानन्द झालाई सहिद घोषणा गरेपनि कुनै सुविधा दिएको छैन । न उहाँको नाममा सडक छ, अस्पताल छ न स्कूल ।


२०२० माघ १४ गते दुर्गानन्द झालाई उहाँका श्रीमति काशीदेवी झा र उहाँका आमा भेट्न गएका बेला उहाँल ‘नरोऊ, गणतन्त्र अब आउँछ–आउँछ । तिमीहरू गाउँ जाऊ । नरुनु होस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । गणतन्त्र अब आउँछ–आउँछ ।’ उहाँले श्रीमतीलाइृ भन्नुभएको थियो, , ‘यो हाम्रो अन्तिम भेट हो, मेरा कारणले तिमीहरुको नाम देशभर चल्छ ।’ ।


फाँसी दिँदाको दिनसम्म दुर्गानन्द झा र काशीदेवी झाको विहे भएको ३ वर्ष पनि पुगेको थिएन । एउटा नव दुलही जसको श्रीमानको मृत्यु तय भइसकेको छ र उहाँलाई भेट्न जेलमा जानु भएको थियो । भावविहिल नव दुलही काशीदेव झालाई दुर्गानन्द झाले ‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ विरहको गीत सुनाउने गर्थे । काशीदेवी झालाई अहिले पनि ती हिजै मात्र सुनेको जस्तो लाग्छ । २०२० माघ १५ गते फाँसी दुर्गानन्द झालाई फाँसी दिएको थियो । त्यसपछि काँग्रेस पटक पटक सरकारमा सहभागी भए तर सहिद घोषणा गराउन सकेका थिएनन् ।

अन्ततः तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गरे । गणतन्त्रका लागि हाँसी हाँसी फाँसी चढ्नु भएको थियो दुर्गानन्द झा । २०६५ जेठ १५ गते बसेको सविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो ।

को हुनुहुन्छ दुर्गानन्द झा ?
वि.सं. १९९९ वैशाख १४ सहिद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रुपमा भएको थियो । घरको एक्लो सन्तान भएकाले मेट्रिकमा पढ्दापढ्दै २०१७ साल १४ वर्षीया काशीदेवी झा सित उहाँको विवाह भएको थियो । दुर्गानन्द झाको बुवाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँव स्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो ।

एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लाग्नुभएकोले घरमा एक्लै श्रीमती र बुद्धा आमा हुँदा आवश्यक हेरचाह नभएर बच्चा मृत जन्मेको थियो । हाइस्कूलमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेर र राजनीतिमा बित्ने हुनाले काशीदेवीसित उसको भेट महिनामा एक आध चोटीभन्दा बढी हुन सकिरहेको थिएन ।

महेन्द्रमाथि बम
२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरकुँश कदमको विरुद्धमा काँग्रेसले आन्दोलन शुरु गरेको थियो । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित दुर्गानन्द झाले प्रजातन्त्रलाई हत्या गर्नेलाई नछाड्ने भनि मनमा ठानिसक्नु भएको थियो । भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका काँग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी राजामाथि बम प्रहार गर्ने योजना उहाँले बनाउनु भएको थियो । २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाउनु भएको थियो । र, त्यसलाई सफल पार्न उहाँले आँट गर्नुभएको थियो ।

 कडा सुरक्षाबीचमा रहेका महेन्द्रमाथि जानकी मान्दिरमा बम प्रहार गर्नुभएको थियो । तर बम पड्केन, महेन्द्र चढेको गाडीको सीशामा लाग्यो । बम प्रहार गरेर त्यत्रो सुरक्षा बीचबाट उहाँ भाग्न सफल हुनुभएको थियो । उहाँ भागेर जनकपुरकै मन्दिरमा डेरा गरी बसेका हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बस्नुभयो । भोलिपल्ट हातमा लोटा लिएर विहानै विहानै निस्किनु भएको थियो र त्यहाँबाट भारतको उभगाँव पुग्नुभएको थियो ।

यता बम कण्डका नाममा विभिन्न व्यक्तिलाई धडपकड गरिरहेको थियो । देशैभरि हलीखली भएको थियो । बमकण्डको आरोपमा पक्राउ परेकालाई तत्कालिन सरकारले थुनामा राखेर यातना दिइरहेका थिए । दिनहुँ कुटपिट गर्थे । तर बम फाल्ने को थिए भनि पत्ता लगाउन सकेका थिएनन ।

बम प्रहार गरी सीमापारी काँग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्द झालाई निर्दोषलाई कुटपिट गरी यातना दिएको कुराले सहय भएन । अनि उहाँ जयनगरबाट रेल चढेर जनकपुरका लागि हिडेका थिए जनकपुर नपुग्दै उहाँ तत्कालिन एसपी मानबहादुर राईको नतेृत्वमा गएका टोलीबाट पक्राउ पर्नुभएको थियो । पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याउर हेलिकप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा ल्याएको थियो । गिरफतारी भएपछि उहाँमाथि राजद्रोहको मुद्दा चलाइएका थियो ।

फाँसी दिन कानुन संशोधन
जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्नुहुन्छ, ‘सरकारले बमकाण्डको अध्ययन गर्नका विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानविन आयोग गठन गरेको थियो । त्यो आयोगले आयोगले २०१९ भदौ १९ मा बुझाएको प्रतिवेदनमा दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो । तर, ब्राह्मणलाई मृत्युदण्ड दिनुहुँदैन भने कुरा त्यतिबेलाको कानुनमा उल्लेख थियो ।’

कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाह पाएर परिवारका सदस्यहरुले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएको थियो । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरी कर्तालाई झिकाउने आदेश दिनु भएको थियो । त्यही सालको फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गर्नुभयो । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो ।

२०२० माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्ड्याउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो, तर उहाँ मृत्युदण्डलाई नै शिरोधार्य गर्नुभयो । उहाँलाई फाँसी दिएपछि श्रीमति काशीदेवी र उहाँको आमालाई जानकारी दिएको थियो । दुर्गानन्दकी आमाले लाश मागे पनि दिइएन । पछि कुशको लाश बनाएर दुर्गानन्दको भारतको गयामा अन्तिम संस्कार गरेको थियो । 

काशिदेवीको अवस्था
सहिद पत्नी काशीदेवी झा अहिले आफ्ना माइतमा आश्रित हुनुभएको थियो । उहाँलाई नराज्यले कुनै सोधखोज गरेको छ न कुनै पार्टीले । जुन पार्टीका लागि उहाँका श्रीमान दुर्गानन्द झाले आफ्नो ज्यान दिनुभयो, त्यो पार्टीले अब त बलिदानी दिवस मनाउन समेत छाडि सकेका छन् । पहिलो सविधानसभामा तत्कालिन तमलोपाबाट समानुपातिक सांसद भएकी काशीदेवी झा कानुन राज्यमन्त्री समेत बन्नुभएको थियो । मन्त्रीबाट हटेपछि न तमलोपा (अहिले राजपा) ले खोजेको छ न काँग्रेसले नै । उहाँलाई कसैले सोधखोज नगरेपछि उहाँ अहिले आफ्नो भतिजा डा.जितु ठाकुरसँग बस्दै आउनु भएको उहाँका आफन्त निरञ्जन झाले बताउनुभयो । प्रतिनिधिसभाको चुनावको समय जनकपुरबाट निर्वाचन लडेका राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले दुर्गानन्द झाको नामबाट बनेको प्रवेशद्धारामा भ्रयाङबाट माथी चढेर मल्यार्पण गर्नुभएको थियो ।
तर, उहाँ चुनाव जितेपछि एकपटक पनि दुर्गानन्द झाको परिवारको बारेमा सोधखोज गर्नुभएको थियो । यहाँसम्म कि दुर्गानन्द झाको बलिदानी दिवसको अवसरमा एउटा विज्ञप्ति जारी गरेर सम्झने काम गरेको छैनन् ।       

न अस्पताल, न स्ट्याचु
तमलोपा सरकारमा भएको बेला दुर्गानन्द झाको नामबाट उनको गाउँ जटहीमा अस्पताल बनाउने निर्णय गराएको थियो । तर हालसम्म त्यो अस्पताल बनेको छैन । नयाँ नयाँमा त्यसको चर्चा भएपनि अहिले चर्चा पनि हुन छाडेको छ । जनकपुरमा दुर्गानन्द झाको स्ट्याचु राख्ने निर्णय भएको छ । स्ट्याचु तयार पनि भइसकेको छ तर कहाँ राख्ने भनि निर्णय अझैसम्म भएको छैन । राजेश्वर नेपालीले महेन्द्रमाथि बम हानेको ठाउँ जानकी मन्दिर परिषरमा स्ट्याचु राख्ने अडानमा छन् भने जानकी मन्दीर प्रशासनले त्यहाँ राख्न दिनका लागि मानिरहेको छैन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..