» » राजपा नेपाल र फोरम नेपाललाई एकैसाथ लाग्यो महाधिवेशन

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले एक अर्काका नेता तथा कार्यकर्ता तान्नमा लागेका छन् । दुवै पार्टीको बैशाखमा महाधिवेशन हुने भएकाले अहिले दुवै पार्टीले सदस्य वितरण तथा सदस्यता नविकरण कार्यलाई तीब्रता दिएको छ ।

एक अर्काको नेता तथा कार्यकर्तालाई तानेर सदस्य वितरण गर्ने गरेको देखिन्छ । यो सदस्य वितरण कार्यक्रममा माघमसान्तसम्म चल्ने ।

संयोग दुवै पार्टीको महाधिवेशन बैशाखमा मात्र होइन, दुवै पार्टीको महाधिवेशन एक ठाउँमा हुन लागेको छ । दुवै दलले जनकपुरमा फरक फरक मितिमा महाधिवेशन गर्न लागेका छन् । त्यति मात्र होइन, दुवै पार्टीको यो पहिलो एकता महाधिवेशन हो । राजपा नेपालले बैशाख ७, ८ र ९ गते र फोरम नेपालले २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्न लागेका हुन् ।


आन्दोलनबाट जन्मेका दुवै पार्टी लामो समयसम्म महाधिवेशन गराउन सकेका थिएनन् । आन्दोलनमा व्यस्त रहेका हुनाले महाधिवेशन गराउन सकेको थिएन । २०६४ मा फोरम नेपाल पार्टीको रुपमा दर्ता भएपछि एकपटक वीरगञ्जमा महाधिवेशन गराएको थियो त्यसपछि लगातार आन्दोलनमा रह्यो ।


 त्यस लगतै २०७२ सालमा अशोक राइ नेतृत्वको संघीय समाजवादी पार्टी र खस आर्य समाजवादी पार्टीसँग फोरम नेपालले एकीकरण गर्यो । त्यसपछि पनि आन्दोलन शुरु भएको थियो । आन्दोलन भइरहेकै बेला सविधान निर्माण भयो अनि प्रदेश, स्थानीय र संघीय चुनाव भयो । त्यसमा दलहरु सहभागी भएपछि महाधिवेशन गराउन सकिरहेको थियो ।

आन्दोलन र चुनाव सम्पन्न भइसकेपछि फुर्सदलको समयमा दुवै पार्टीले महाधिवेशन गराउन लागेका छन् । एकीकरण भएको पाँच वर्षपछि फोरम नेपालले एकताको महाधिवेशन गर्न लागेको हो । पार्टी महाधिवेशनको तयारीमा जुटिसकेको छ । महाविधेशनको तयारीका लागि फोरम नेपालले पाँच वटा समिति र ११ वटा उपसमिति गठन गरेका छन् । सो समिति र उपसमितिले काम शुरु गरिसकेका छन् ।


फोरम नेपालले माघ २५ गतेसम्म सदस्यता वितरणको कार्यक्रम राखेको छ भने वितरण सकेपछि फागुन २५ गतेसम्म तल्लो तहका सम्पूर्ण अधिवेशन सम्पन्न गर्ने कार्यक्रम तय भएको फोरम नेपालले जनाएको छ । 

महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपा, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, महेन्द्रराय यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पार्टी मिलेर २०७४ बैशाख ७ गते राजपा नेपाल गठन गर्नुभएको थियो ।

यी छवटै दल आन्दोलनको समयमा एउटै मोर्चामा थियो । राजपा नेपालले सदस्यता वितरणको काम सकाएको छ । आवश्यकता अनुसार माघ मसान्तसम्म म्यादन थप्न सकिने राजपा नेपालले जनाएको छ । सदस्यता वितरणको कार्य सकेपछि फागुन मसान्तसम्ममा वडा तहदेखि जिल्ला र प्रदेशसम्म अधिवेशन सकाउनु पर्ने कार्यक्रम राजपा नेपालले तय गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..