» » देशमा पात्र फेरिए पनि प्रवृत्ति फेरिएन

–उपेन्द्र यादव
मधेश आन्दोलनको विधिवत शुरुवात भए १२ वर्ष भइसकेको छ । त्यो भन्दा पहिलको अवस्था के थियो । त्यो कुरालाई सम्झनु पर्ने आवश्यकता छ । १२ वर्ष पहिले मधेशमा यस्तो भिषण आन्दोलन किन गर्नुपर्यो त्यसको चर्चा गर्नु आवश्यक छ । १२ वर्ष अगाडि नेपालमा राजतन्त्रात्मक प्रणाली र एकात्मक शासन थियो । नश्लवादी चिन्तन भएको एकल जातीय राज्यसत्ता थियो ।


त्यो सत्ता उच्च जाती र उच्च वर्गको हातमा थियो । त्यो सत्ताले मधेशी, आदिवासी जनजाति, दतिल, मुस्लिम, थारु लगायतका उत्पीडित समुदायको पहिचान र उनीहरुको अस्तित्व, इतिहास र योगदानलाई कहिले कदर गरेन । एउटै देशका नागरिक भएपनि एउटा समुदायलाई विशेषाधिकार प्राप्त हुने तर त्यही देशको मधेशी आदिवासी जनजाति उपेक्षित गर्ने राजनीतिक प्रणाली थियो । प्रशासन संयन्त्रमा, सुरक्षा निकायमा एउटै जातीले प्रभुत्व जमाएर बसेका थिए । एकखालको जातीय तानशाहको जस्तो व्यवस्था थियो ।

मधेशको जनविद्रोह त्यही व्यवस्थाविरुद्ध केन्द्रीत थियो । नेपालमा जुन विविधता छ, त्यसमा सबैले सामनताका आधारमा आफ्नोस्वभिमानको रक्षा गर्दै, आफ्नो मानवीय मूल्य मान्यताको रक्षा, राज्यसत्तामा सहभागिता, हिस्सेदारीका लागि आन्दोलन थियो । अन्ततः हजारौँ वर्षदेखि जरा गाडेर बसेको शासन प्रणालीको जरो उखेल्ने काम गर्यो मधेश आन्दोलनले । त्यही आन्दोलनको परिणाम हो नेपालमा संघीयता, लोकतन्त्र, धर्म्निरपेक्ष, गणतन्त्र, राष्ट्रिय पहिचान र समावेशीता, नागरिक स्वतन्त्रताजस्ता लोकतान्त्रिक मूल्य मान्यता स्थापित भएको छ । श्री ५ को ठाउँमा श्री ३ महाराजा आए, श्री ३ का ठाउँमा फेरि श्री ५ आए । पात्र फेरिए, प्रवृत्ति फेरिएन ।

नेपालको इतिहासमा आजभन्दा पहिला जति पनि परिवर्तनहरु भए, केबल सत्ताको परिवर्तन मात्र भयो । श्री ५ को ठाउँमा श्री ३ महाराजा आए, श्री ३ का ठाउँमा फेरि श्री ५ आए । पात्र फेरिए, प्रवृत्ति फेरिएन । यो मधेश जनविद्रोहले त्यसमा परिवर्तन ल्यायो । तथापी अझै सबै कुरा पुरा भयो भन्ने अवस्था छैन । पुरानो सामन्तवादी सोच र चिन्तन अझै समाप्त भएको छैन । संघीयता स्थापित गर्न सफल भएका छौँ । त्यसको मूल आधारभूत कुराहरु अझै स्थापित भएका छैनन् ।

आधारभूत कुराहरु
राज्यको पुनःसंरचना पहिचान र समाथ्र्यको आधारमा गर्नुपथ्र्यो । तर त्यस्तो गरिएन । नेपाल भनेको बहुराष्ट्रिय मुलुक हो । धरैवटा राष्ट्र मिलेर बनेको मुलुक हो । तिनीहरुको आ–आफ्नै साँस्कृतिक पहिचानहरु छन् । जसलाई राज्यले अहिले स्वीकार गर्न सकिरहेको छैन । तर, संविधानले त्यसलाई पहिचान गरिरहेको छैन ।

अर्को कुरा प्रदेशहरु बने तर ती अधिकारविहीन बनाइयो । संघीय प्रणालीलाई गलत ढंगबाट प्रयोग गरियो । प्रदेशहरुको आफ्नो इकाई नै छैन । जबसम्म गाउँपालिका, प्रदेशको आफ्नो इकाई हुँदैन तबसम्म यसले केही गर्नै सक्दैन । प्रदेश अधिकार सम्पन्न र स्वायत्त हुनुपर्दछ । संघीयताको मुलआधार नै त्यही हो ।
प्रदेशहरुलाई आर्थिक र राजनीतिक रुपले सम्पन्न बनाउन उनीहरुको मातहत स्थानीय निकायहरु आउनुपर्दछ । गलत संविधान बनाएर मुलुकमाथि लादिएको छ । मधेश आन्दोलन नभइदिएको भए, यत्तिको उपलब्धी पनि हुने थिएन ।

किनभने त्यतिबेला संविधान बनाउनेहरुले एकात्मक प्रणालीको संविधान बनाउन खोजेको थिए । आठ नौ महिनाको आन्दोलनल त्यो असफल भयोे । उनीहरु संघीय गणतन्त्र लेख्न बाध्य भए, नत्र त्यो पनि लेख्दैन्थे । समानुपातिक समावेशीता आयो तर त्यसको न्यायोचित प्रयोग गर्न पाइरहेको छैन । अझै उत्पीडित तथा विपन्न वर्गको उपस्थिति कम छ । राजनीतिक क्षेत्रमा प्रतिनिधित्वको संख्या अवश्य पनि बढेको छ तर देशको प्रशासनिक क्षेत्र, सुरक्षा निकाय आदिमा स्थिति फेरिएको छैन ।

राज्यबाट मधेशी जनतामाथि अझै पनि औपनिवेशिक व्यवहार भइरहेको छ । मधेशीलाई अझै पनि समानस्तरमा स्वीकार गरिएको छैन । मधेशीलाई विदेशीको आँखाले हेर्ने सोचमा अझै परिवर्तन आइसकेको छैन । मधेशीहरु दास हुन्, हामी मालिक हौँ भन्ने भावनाबाट अझै मुक्त भएको छैन । त्यसको विरुद्ध लड्न अझै बाँकी नै छ । प्राकृतिक साधन स्रोतले सम्पन्न मुलुक विश्वकै दरिद्र मुलुकहरु मध्ये पर्दछ । अहिले नेपाल भ्रष्टाचार, कमिशनतन्त्र, लुटतन्त्रको राज्य बनेको छ ।

न्यायपालिका एकदमै कमजोर बनेको छ । त्यसले गर्दा लोकतन्त्र र गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको छ । त्यसलाई जोगाउँदै संघर्ष गर्दै अगाडि बढ्नुपर्छ । मधेशी तथा आदिवासी जनजातिले धेरै माग गरेका होइनन्, राज्यमा समानता खोजेका हुन् । समान अधिकार र अवसरमा पनि समानता हुनुपर्यो । अधिकारमा समान छन्, तर अवसरमा छैन । जबसम्म अवसरमा समानता हुँदैन तबसम्म संघर्ष चलिरहन्छ ।

उपलब्धीको रक्षा
आन्दोलन गतिशिल हुन्छ । यो निरन्तर चलि रहने कुरा हो । माग पूरा नभएसम्म चलिरहन्छ । हामीले आजको आवश्यकता अनुसार जति प्राप्त गरेका छौँ त्यसलाई रक्षा गर्ने हो । बाँकीको प्राप्तिका लागि संघर्ष गर्दै जाने हो । मुलुककलाई जुन शासकवर्गले दरिद्र र कङ्गाल बनाएको छ, जनतालाई खाडीमुलुकको तातो भट्टीमा काम गर्न जान बाध्य पारेको छ, त्यसबाट मुक्ति दिलाउनका लागि पनि आर्थिक समृद्धि र विकासका लागि काम गर्नैपर्छ ।

 अबको संघर्ष भनेको अधिकार प्राप्तिको संघर्ष र आर्थिक रुपमा सम्पन्न हुनका लागि संघर्ष हो । दुवैलाई सँगसँगै अगाडि बढाउनुपर्छ । मधेशी तथा आदिवासी जनजातिले धेरै माग गरेका होइनन्, राज्यमा समानता खोजेका हुन् । समान अधिकार र अवसरमा पनि समानता हुनुपर्यो । अधिकारमा समान छन्, तर अवसरमा छैन । जबसम्म अवसरमा समानता हुँदैन तबसम्म संघर्ष चलिरहन्छ ।

जनताको गुनासो
देशमा संघीय गणतन्त्र त आयो तर अपाङ्ग भएर आयो । त्यसलाई उपचार गरेर ठीक पार्ने दायित्व हाम्रो हो । त्यसको उपचार संघर्षबाट मात्र सम्भव छ । आन्दोलन भयो, त्यसबाट केही प्राप्ति पनि भयो तर त्यो नै पर्याप्त होइन, यसका लागि अझै संघर्ष गर्नुपर्छ ।  यो शुरुवात मात्र हो, यो सम्पूर्णता होइन । यो गन्तव्य होइन, यो यात्रा मात्र हो । यो यात्रा कहाँ गएर टुगिंने हो, त्यो कसैलाई थाहा छैन । यो राज्यको व्यवहार र बुद्धिमा भर पर्छ । यतिका आन्दोलन हुँदा पनि मधेशी, आदिवासी जनजाति, शिल्पी, मुस्लिम लगायतका जनताको माग पुरा भएको छैन । उहाँहरुको गुनासो अझै कायमै छन् ।

 र गुनासाहरु जायज छन् । कहीँ पनि समावेशीता देखिएको छैन । शासन, प्रशासन, सेना, प्रहरी, न्यायलय, संस्थान, कुटनीतिक नियोग, मिडिया हाउस कहीँ पनि समावेशी चरित्रको संरचना छैन । एउटै समुदाय, एउटै वर्गका हालीमुहाली छ । अहिले मधेशको अवस्था पञ्चायतकाल भन्दा पनि बत्तर (खराब) भएको छ । पञ्चायतकालभन्दा मधेशीहरु अहिले बढी हेपिएका छन् । अवसरको कुरा गर्ने हो भने मधेशीलाई पञ्चायतकाल भन्दा पनि पछाडी धकेलिको छ ।

मधेशीलाई ११–१२ प्रतिशतमा सिमित पारिएको छ । के आज मधेशीहरुको मातृभाषामा पढाई हुन्छ त ? आज पनि मधेशीलाई उच्च अदलातमा लिइन्छ त ? लिइँदैन । आज पनि राजनीतिक नियुक्तिमा मधेशीलाई देखिन्छ त ? देखिँदैन । भनेपछि अझै लडाई बाँकी छ भने कुरा प्रष्ट छ ।

प्रदेश २ मा हाम्रो दलले सरकारको नेतृत्व गरिरहेको छ । तर  प्रदेशका सरकार अधिकारविहीन छ । संघीय गणतन्त्रको भावना विपरित मन्त्रीभन्दा सिडियो बलियो बनाइँदैछ ।


राज्य संचालनको जुन प्रणाली छ त्यो नै एकात्मक र नश्लवादी छ । सबै संवैधानिक त्रुटी नै हुन् । त्यसैले हामी संविधान संशोधन हुनुपर्छ भनि कुरा उठाइरहेका छौं । संविधान संशोधन नगरेसम्म जो जहाँ सहभागी भएपनि त्यसले केही गर्न सकिँदैन । मधेशी जनतामाथि नरसंहार गरेर लादिएको संविधान हो नि यो । यो यस्तो संविधान यस्तो संविधान हो जुन संविधानसभामा पनि छलफल भएन । संविधानमाथि राखिएका संशोधनबारे पनि कुनै सुनुवाई भएन ।

प्रदेश २ मा हाम्रो दलले सरकारको नेतृत्व गरिरहेको छ । तर  प्रदेशका सरकार अधिकारविहीन छ । संघीय गणतन्त्रको भावना विपरित मन्त्रीभन्दा सिडियो बलियो बनाइँदैछ । यो हिजोको पञ्चायतकालिन अवषेश नै हो । पञ्चायतकालमा जसरी अञ्चालाधिश नियुक्त गरिन्थ्यो, अहिले त्यसरी नै सिडियोलाई शक्तिशाली बनाइँदैछ । त्यतिबेलाका राजाहरु अञ्चलाधिशमार्फत शासन गर्थे । पञ्चहरुबाट स्थानीय जनता थर्कमान हुन्थे । त्यो प्रणाली अहिलेको नेपाललाई सुट गर्दैन ।

(संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरिएको कुराकानीमा आधारित) 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..