मधेशलाई चिनाउने गजेन्द्रनारायण सिंहको अवस्था आज कस्तो छ, त्यो मधेशवादी दललाई अध्ययन गरे पुग्छ । काँग्रेसबाट विद्रोह गरि २०४० सालमा सद्भावना परिषद् गठन गरि मधेशका लागि आन्दोलनमा होमिनु भएका गजेन्द्रनारायण सिंहको अस्तित्व समाप्त भएको छ ।
२०४६ सालको आन्दोलनपछि उहाँले नेपाल सदभवना पार्टी गठन गर्नुभयो । त्यहाँबाट उहाँले संसदीय राजनीतिक शुरु गर्नुभएको थियो । उहाँका पार्टीमा थुप्रै मधेशीहरु जोडिनु भयो र सोही पार्टीको नामबाट ठूला नेता हुनुभयो । यहाँसम्म कि पटक पटक मन्त्री हुनुभयो । पार्टीको नेतृत्व गर्ने हैसियतमा पुग्नुभयो, नेताहरु छँदैछन् तर गजेन्द्रबाबुल गठन गर्नु भएको पार्टी र उहाँले देख्नुभएको सपना अझै पुरा भएको छैन ।
गजेन्द्रनारायण सिंहले उठाउनु भएको मुद्दा अझै जिवितै छ । उहाँले सविधानसभा, संघीयता, गणतन्त्र, नागरिकता, भाषा, आरक्षणाको कुरा जोडतोडले उठाउनु भएको थियो । ती मुद्दाहरु अझै जिवितै छन् । त्यही मुद्दामा केन्द्रीत भएर अहिलेका नेताहरु राजनीतिक गरिरहेका छन् । उहाँको मुद्दा मधेशी नेताहरुले बोकेका छन् तर उहाँको विचार र पार्टी सबैले छाडेका छन् ।
जनसँख्याको आधारमा निर्वाचन क्षेत्रको गठनसम्बन्धी उहाँको मुख्य माग थियो । नेपाली सेनामा मधेसी युवाहरूको सामूहिक प्रवेश कुरा पनि उठाउनु भएको थियो । संघीय लोकतान्त्रिक शासन प्रणालीलाई विश्वमा अहिलेसम्मकै सर्वाधिक उत्तम शासन प्रणाली मानिएको छ किनभने जननिर्वाचित प्रतिनिधिहरूको नेतृत्वमा सरकारको गठन भएको हुन्छ । जननिर्वाचित प्रतिनिधिहरू देशको संसद्प्रति जिम्मेवार हुन्छन् ।
गजेन्द्रनारायण सिंहले उठाएका केही प्रमुख मुद्दामध्ये मधेसी भूमिहीनलाई पनि बसोवासका निम्ति अन्य सुकुम्वासीहरूले पाउने गरेका सुविधा प्रदान गरिनु, हिन्दीलाई नेपालको दोस्रो राष्ट्रभाषाको दर्जा तथा मातृभाषामा प्राथमिक शिक्षाको प्रावधानजस्ता विषय अहिले त्यति प्राथमिकतामा रहेको देखिँदैन ।
उहाँले स्थापना गर्नुभएको नेपाल सद्भावना पार्टीको कुनै अंश कही बाँकी छैन । विभिन्न टुक्रामा विभाजित सद्भावना पार्टीहरु अहिले सबै बन्द भएको छ । कोही कसैसँग त कोही कसैसँग पार्टी एकीकरण गरेर सद्भावना पार्टीको अस्तित्व समाप्त पारि दिएका छन् ।
पञ्जा छाप भएको सद्भावना पार्टी सरिता गिरीसँग बाँकी थियो अन्तिममा फोरम नेपालसँग एउटा संसदमा साट्नुभयो । राजेन्द्र महतो, रामनरेश राय यादव, अनिल झाहरु राजपा नेपाल बनाए । ह्रदयश त्रिपाठी नेकपाको चुनाव चिन्हबाट चुनाव लडेर सांसद भए । रामेश्वर राय यादव अहिले नेकपामा हुनुहुन्छ । अर्थात त्यसबेला अधिकाँश नेताहरु जिवित छन् । राजनीतिकमा सक्रिय छन् तर न उहाँहरुसँग नेपाल सद्भावना पार्टी छ, उहाँको विचार छ ।
गजेन्द्रनारायण सिंहको निधन भएको १७ वर्ष बितिसकेको छ ।
उहाँको निधनपश्चात्का १७ वर्षमा राष्ट्रिय राजनीतिमा धेरै आरोह–अवरोह भए । जननिर्वाचित संविधानसभामार्फत संविधानको निर्माण भएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । देशमा राजनीतिक स्थायित्व कायम भई स्थायी शान्तिको अनुभूति जनताले गरिरहेका छन् । जननिर्वाचित प्रतिनिधिहरू संघीय सरकार तथा प्रादेशिक सरकारको नेतृत्व गरिरहेका छन् ।
संघीय फोरम संघीय सरकारमा सहभागी छ भने मधेसवादी दलले प्रदेश २ को सरकारको नेतृत्व पनि गरिरहेका छन् । तर, गजेन्द्रनारायण सिंह जुन मूल्य–मान्यता एवं सिद्धान्तमा आधारित राजनीति गरिरहेका थिए, अब त्यसको पटाक्षेप भइसकेको पत्रकार श्रीमनारायण बताउँनुहुन्छ । श्रीमननारा सद्भावना पार्टीमा लामो समयदेखि राजनीतिक गर्नुभएको हो ।
गजेन्द्रनारायण सिंहका अनुयायीहरूले पनि परिवारवाद, जातिवादको राजनीतिलाई महत्व दिएका छन् तथा मधेसको मुद्दालाई कमाई खाने भाँडो ठानेका छन् ।
गजेन्द्रनारायण सिंह मधेसवादी नेता हुनुहुन्थ्यो, त्यसमा कुनै दुईमत थिएन । तर उहाँले देश एवं लोकतन्त्रका लागि पनि योगदान दिएको कुरा दमननाथ ढुगांना जस्ता हस्तीले प्रसंसा गर्नुहुुन्छ । इमानदारी, नैतिकता, सदाचार, अनुशासन एवं दलित प्रेम उहाँको राजनीतिको प्रमुख अस्त्र रहेको कुरा नेपाली काँग्रेसका नेता प्रदीप गिरी बताउनुहुन्छ । जातिवाद, परिवारवाद र भ्रष्टाचारका उहाँ घोर विरोधी हुनुहुन्थ्यो । मधेसी समस्याको समाधानका निम्ति उहाँले शान्तिपूर्ण संघर्षको बाटोलाई राज्नु भएको थियो ।
नेपालको भूगोलभित्र तथा देशको संविधानअन्तर्गत मधेसी समस्याको समाधान होस् भन्ने उहाँको चाहना थियो । उहाँले देशमा व्याप्त आर्थिक, सामाजिक एवं राजनीतिक असमानताको अन्त्य भएको हेर्न चाहन्थे । गजेन्द्रनारायण सिंहको नाम अब केही व्यक्तिका निम्ति कमाई खाने भाँडो मात्रै भएको छ । अनिल झा र राजेन्द्र महतोले त उहाँको नाममा एनजीयो नै स्थापना गर्नुभएको छ ।
उहाँको नाममा अरु अरुले पनि विभिन्न नाममा संगठन खोलेका छन् तर उहाँले स्थापना गर्नुभएको नेपाल सद्भावना पार्टीलाई जोगाएर राख्नुपर्छ भनि कसैले चासो देखाएनन् । बरु त्यसलाइ मास्ने, समाप्त पार्ने काम धेरैबाट भएको छ ।

No comments: