काठमाडौ पुस ३० गते । भारत सरकारले नेपाल सरकारले को माग अनुसार अर्थ मन्त्रालयका ६२ जना कर्मचारीलाई तालिम दिन थालेको छ ।
तीन चरणमा हुने सो तालिमको पहिलो चरणको तालिम २० जनालाई आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको हो ।
भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत विश्व परिपेक्ष्यमा आर्थिक व्यवस्थापनको विषयमा नेपालका अर्थ मन्त्रालयका ६२ कर्मचारीहरुलाई विशेष तालिम दिन लागेको भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
अर्थ मन्त्रालयको आवश्यकता अनुरुप तयार पारिएको सो तालिम कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्समा दिइरहेको छ ।
यस तालिममा विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा जानकारी दिने बताइएको छ ।

No comments: