» » मन्त्रीको कार्यकक्षमै मन्त्रीमाथि सचिव जाई जागेपछि...

काठमाडौ पुस २९ गते । प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेको कुरा बाहिर आएको छ ।

तर प्रत्यक्षदर्शीका अनुसार सचिव झाले नै मन्त्री झामाथि हातपात गर्न खोजेपछि त्यहाँ उपस्थित रहनु भएका प्रदेश २ का सभामुख सरोज यादव र प्रदेश सांसद उपेन्द्र यादवले छोडाउनु भएको थियो । सभामुख र प्रदेश सांसदसँग कुराकानी भइरहेको छ, तपाई एकछिन बाहिर बस्नुस् भनि मन्त्री यादवले सचिव झालाई भन्नुभएको थियो ।

एकचोटी मन्त्री यादवले भनेपछि सचिव झा बाहिरिनु भएको थियो । एकछिनपछि पुनः छिर्नुभयो र सभामुख यादव बसेकै सोफामा गएर थच्चक बस्नुभयो । त्यसपछि मन्त्री यादवले तपाईलाई एकछिन बाहिर बस्न भनेको थिए तपाई फेरि आउनुभयो, कुर्सी तानेर बस्नुस् भन्नुभएको थियो ।

सभामुखको मर्यादा राख्न मन्त्री यादवले भन्नुभएको थियो ।

त्यसपछि सचिव झा कार्यकक्षमै गनगन गर्न थाल्नुभएको थियो । तपाईले मसँग कुरा नै गर्नु थिएन भने किन बोलाउनु भएको हो, सचिव झाले मन्त्री यादवलाई भन्नुभयो ।

अनि मन्त्री यादवले झालाई भन्नुभयो, ‘तपाईलाई मैले बोलाएको छैन, उल्टै तपाईले मसँग पटक पटक भेट्नका लागि फोन गर्नुभएको छ, म्यासेज गर्नुभएको छ, आज पनि तपाईलाई बोलाएको छैन, आफै कार्यकक्षभित्र छिर्नुभयो । यहाँ दुईजनासँग म कुराकानी गरिरहेको छु एकछिन बाहिर बस्नुस् भन्दा पनि तपाई मान्नु भएन उहाँहरुसँग कुरा सकेपछि मात्र तपाईसँग कुरा गर्छु भनि भन्दैछु त ।’

त्यसपछि सचिव झा झन कड्केर बोल्न थाल्नुभएको मन्त्री यादवले बताउनुभयो ।

सचिव झा आफूसँग धेरै पहिलादेखि नै भेट्न खोज्नु भएको र आफूले आफ्ना सचिवसँग भेट्न भन्दै आइरहेका थिए, उहाँले आफूसँग भेट्न खोजेको एसएमएस मोबाइलमा रहेको बताउँदै उहाँ दिमागको डिस्टर्व व्यक्ति हुनुहुन्छ यसअघि पनि यस्तै यस्तै व्यवहार गरिसक्नु भएको मन्त्री यादवले बताउनुभयो ।

उहाँले आफू कुनै पनि योजना वा एनजीयो बारेमा केही पनि भनेको छैन, यदि भनेको छ भने सचिवले त्यसको प्रमाण दिनुपर्छ भन्दै छानविन समिति बनेको छ सबै कुरा आफै बाहिर आउने बताउनुभयो ।

तर आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर आफुलाई थप्पड हानेको सचिव झाको आरोप छ ।

सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नियन्त्रणमा लिएको छ  । कार्यकक्षमै होहल्ला गरेपछि मन्त्री यादवले प्रहरीलाई बोलाएर नियन्त्रणमा लिन निर्देशन दिनुभएको थियो ।

सचिव झाले प्रदेशका सभामुख र अर्का एकजना प्रदेश सांसदको अगाडी ‘म लोकल हुँ’ मन्त्रीको टुप्पी उखालिदिन सक्छु भन्दै झाले मन्त्री यादवलाई गाली गरेका थिए ।

सचिव झालाई यसअघि महोत्तरी जिल्लाको जिल्ला वन अधिकृत हुँदा स्थानीयले कालोमोसो समेत दलेका थिए । यसअघि सचिव झा कर्णाली प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयमा पनि विवादमा परेका थिए ।

वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उप–महानिर्देशक समेत भइसक्नु भएका सचिव झा गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवमा सरुवा हुनुभएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..