» » कमला र बलानमा पुल निर्माण गराउन अनसन

काठमाडौ पुस १७–वर्षौदेखि निर्माणधिन अवस्थामा रहेको कमला र बलान नदीको पुल निर्माण कार्य सम्पन्न गर्न माग गर्दै हुलाकी सडक सघर्ष समितिको अगुवाईमा आजदेखि रिले अनसन शुरु भएको छ ।
सिरहा सदरमुकाम सिरहा महावीर चौकमा आजदेखि रिले अनसन शुरु भएको हो । कमला र बलान नदी ६ महिनाभित्र निर्माण गर्नुपर्ने माग गर्दै रिले अनसन शुरु भएको समितिका संयोजक एवं नयाँ शक्ति नेपालका नेता रामरिझन यादवले बताउनुभयो ।
सिरहा र धनुषलाई जोड्ने कमला नदीको पुल निर्माण २०६८ सालदेखि शुरु भएको थियो तर हालसम्म पूर्णता पाएको छैन । साढे तीन वर्षमा पुरा गर्ने गरि पप्पु कन्स्ट्रक्सन कम्पनीले २८ करोड १५ लाखमा ठेक्का लिएको थियो ।
तर ९ वर्ष बित्न लाग्दा पनि त्यसको काम पुरा नभएको भन्दै हुलाकी सडक संघर्ष समितिका संयोजक समेत रहेका रामरिझन यादवको अगुवाईमा आजदेखि अनसन शुरु भएको हो ।
कम्पनीले सरकारबाट ५० प्रतिशत रकम लिइसकेको छ तर हालसम्म आधा काम पनि नभएको दावी यादवले गर्नुभएको छ । यादवले एक अपिल जारी गर्दै पुस १७ गतेदेखि डा.गोविन्द केसी जस्तै अनिश्चितकालिन रिले अनसन शुरु भएको बताउनु भएको छ । 
अनसनमा रामरिझन यादवका साथै सिरहाको संयोजक मनोज पासवान, पूर्व संयोजक रामबालक यादव कार्यकारणी सदस्य सुरेन्द्र कामत, महेन्द्र यादव, हरेराम यादव, सुरेन्द्र यादव, उमेशकुमार झा, विनय शर्मा, दिवाकर यादव, भोला यादव, जगदीश यादवलगायतका व्यक्तिहरु अनसनमा रहने बताइएको छ ।
यसअघि रामरिझन यादवको अगुवाइमा हुलाकी सडक निर्माणमा दवाव दिन सप्तरीदेखि धनुषासम्म हुलाकी सडकमा पैदल यात्रा गरी कार्यक्रमहरु भएको थियो । यादव हुलाकी सडक निर्माणका लागि निरन्तर संघर्षमा लाग्नु भएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..