» » अनाथालयलाई सहयोग गर्दै ‘किवानीज’

काठमाडौं, माघ ६ गते । अन्तर्राष्ट्रिय सहयोगी संस्था किवानिज इन्टरनेशनलको ताईपेई सिटी क्लबले काँडाघारीस्थित फ्युचर होप नेपाल बाल आश्रमलाई सहयोग गरेको छ ।
किवानिज ताईपेई सिटि डिभिजनकी प्रमुख कोकोलिको नेतृत्वमा आएको २० जनाको समूहले बाल आश्रमलाई खाट, हिटर, खेलौना, राईसकुकर, जुस मेकर लगायतका सामाग्री वितरण गरेको हो । २१ जना बालबालिका रहेको फ्युचर होप अनाथालयमा किवानीज ताईपेई सिटि क्लबले बिहिबार करिब २ लाख रुपैयाँ बाराबरको सहयोग सामाग्री उपलब्ध गराएको हो ।
‘सर्भिगं द चिल्ड्रेन अफ दि वल्र्ड’ भन्ने मुल नाराका साथ करिब १ सय ३ वर्ष अगाडी स्थापना भएको यो क्लबले पहिलोपटक नेपाली बालबालिकालाई सहयोग गरेको हो ।
१६ जनाको समुहमा ताईवानबाट आएका क्लबका सदस्यहरुले नेपाली बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी महसुस गरेको बताए । क्लबलाई नेपालमा सहयोग गर्न प्रोत्साहित गर्ने जोय लियागंले बालबालिकालाई आफ्नो कथा सुनाउँदै भनिन, ‘९ वर्षको उमेरमा पोलियोले मेरा खुट्टा चल्न छाडे । तरपनि मैले हार मानिन् । र, आज म दक्षिण एसियाकै राम्रो ह्विलचेयर डान्सर हुँ ।’ ह्विल चेयरमै काँडाघारी पुगेकी जोयले आफ्नो कथा सुनाईरहँदा उपस्थित सबै भावकु बनेका थिए ।
८० भन्दा धेरै देशमा कार्यरत किवानी इन्टरनेशनलेले बुधबार पनि जोरपाटीमा रहेको अपागं पुनस्थापना केन्द्रलाई पनि २ लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो । किवानीजको ताईपेई सिटि क्लब ‘लभ अराउण्ड द वल्र्ड’ भन्दै ६ दिनको नेपाल भ्रमणमा आएको हो ।
ताईपेई सिटि क्लबकी अध्ययक्ष कोकोली राष्ट्रका सीमाविहिन भएर पनि पहिलो प्राथमिकतामा बालबालिकालाई राख्ने अभियानस्वरुप नेपालमा सहयोग गरेको बताउँछिन् ।
किवानीज इन्टरनेशनल क्लबले अब निरन्तर नेपाली बालबालिकालाई सहयोग गर्ने बताए किवानीज नेपाल डिस्र्टीकका अध्ययक्ष सुजन कुमार श्रेष्ठले ।
‘लभ अराउण्ड द वल्र्ड’ नाम दिईएको यो भ्रभणमा ताईवानका १३ वटा किवानीज क्लब सहभागि छन् । ताईवनका १३ वटै क्लबले नेपालमा रहेका अनाथ बालबालिकालाई सहयोग पठाएका हुन् ।

About Staff Reporter

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..