» » छोरी जाह्नवीलाई लिएर बोनी कपुर चिन्तित



बलिउड अभिनेत्री जाह्नवी कपूर ‘धडक’ फिल्ममा काम गरेपछि निकै चर्चित बनेकी छिन् । अभिनेत्री स्वर्गीय श्रीदेवी र निर्माता बोनी कपूरकी छोरी जाह्नवीको परिवारसँगको सम्बन्ध पनि उत्तिकै प्रगाढ रहेको छ ।

तर, पछिल्ला दिनहरुमा बोनी कपूर छोरीको एउटा बानीले निकै चिन्तित रहेको भारतीय अनलाइन पत्रिका बलिउड तड्कामा उल्लेख छ ।

केहि दिन अघि मात्रै जाह्नवी र बोनीको वाट्सऐप च्याट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन च्याटको अंश जाह्नवी आफैले सेयर गरेकी हुन् । सेयर भएको च्याटको अंशमा बाबु बोनीले अखबारको कटिङ पठाएका छन् । उक्त अखबारको टुक्रामा लेखिएको छ,‘ के तपाईंलाई व्यायाम गर्ने लत लागेको छ ?, एक अध्ययनको अनुसार फिटनेस हुनका लागि यदि तपाईं आवश्यकताभन्दा बढी व्यायाम त गरिरहनुभएको छैन ? यदि यस्तो हो भने तपाईंका लागि यो बेफाइदाजनक हुनसक्छ ।’ त्यसको उत्तरमा जाह्नवीले एक इमोजी पठाएकी छिन् ।

यद्यपि जाह्नवीको बलिउडमा प्रवेश गर्ने समयमा निकै भद्दा शारीरिक बनावट थियो । तर, नियमित व्यायाम र सन्तुलित भोजनले उनले आफूलाई एकदमै फिट राख्न सफल भएकी छिन् । उनी पछिल्लो समय अक्सर जिम जाने आउने समयमा भेटिइन्छिन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..