» » राजपा नेपालले गर्यो यस्तो समिति गठन

काठमाडौ पुस २५ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत हुने विधेयक तथा त्यहाँ उठ्ने समसामयीक विषयहरुको अध्ययनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत हुने विधेयकहरु माथि बोल्नु भन्दा पहिले त्यसको बारेमा उपसमितिले अध्ययन गर्छ र त्यहाँ के के बोल्ने बारेमा छलफल गरेर मात्र दुईटै सदनमा प्रस्तुत हुने सहमति गरेको छ ।

सिंहदरवारस्थित राजपा नेपालको संसदीय दलको कार्यालयमा दुई दिनसम्म चलेको बैठकले राष्ट्रियसभाका सदस्य वृषेशचन्द्र लालको संयोजकत्वमा उपसमिति गठन गरेको हो । सो उप समितिमा प्रतिनिधिसभाका सदस्य प्रमोद साह, अकवाल मियाँ, चन्दा चौधरी र अमृता अग्रहरी रहनु भएको छ ।

बैठकले तराई–मधेशमा विभिन्न चरणको आन्दोलनमा भएको धनजनको क्षतिको बारेमा अध्ययन गर्न पूर्व न्यायधिश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन भएको उच्चस्तरीय छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि दुवै सदनबाट सरकारलाई दवाव दिन निर्देशन दिएको राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले जानकारी गराउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..