» » राजपा नेपालले कर्णलाई प्रमुख सचेतकबाट हटाउने

काठमाडौ पुस २५ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई हटाएर अर्को ल्याउने तयारी थालेको छ ।

प्रमुख सचेतक कर्ण संसदीय दलको सभापति समेत रहनु भएका हुनाले एउटै व्यक्ति दुईटा पदमा रहन नपाउने गरी सो दलमा छलफल शुरु भएको छ । राजपा नेपाल संसदीय दलको दुई दिनसम्म चलेको बैठकमा सो छलफल शुरु भएको थियो । 

संसदीय दलमा संसदीय दलको नेता तथा प्रमुख सचेतकले मात्र सुविधा पाउँने प्रावधान छ । उता कर्णले संसदीय सुनुवाई समितिको सभापतिको पनि सुविधा लिइरहनु भएको छ भने यता पार्टीको संसदीय दलको प्रमुख सचेतकको पनि सुविधान लिइरहनु भएको छ ।

एउटै व्यक्तिले दुईतिर सुविधा लिइरहेको हुनाले प्रमुख सचेतकबाट कर्णलाई हटाएर अर्को व्यक्तिलाई राख्ने छलफल शुरु भएको बताइएको छ । प्रमुख सचेतकमा अरुलाई राख्नका लागि स्वयं कर्णले नै बैठकमा प्रस्ताव ल्याउनु भएको स्रोतले जनाएको छ ।

तर, प्रमुख सचेतक कसलाई बनाउने विषयमा सहमती बन्न सकेको छैन । त्यस्तै, संसदीय दलको सचेतक पद पनि खाली रहेको छ । त्यसमा पनि कसलाई राख्ने विषयमा सहमति बन्न सकिरहेको छैन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..