» » योगी आदित्यनाथ आइपुग्नुभयो जनकपुर, जनकपुरमा उहाँ ६ घण्टा


काठमाडौ मंसिर २६ गते । विवाह महोत्सवमा जन्तीका रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् ।

१०ः ३० वजे जनकपुर आइ पुग्नु भएका उहाँले त्यहाँबाट उहाँ ११ वजे जानकी मन्दिरमा पूजापाठका लागि जानेछन् ।

३० मिनेट पूजा गरेर उहाँ जनकपुरको मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा जानु हुनेछ । त्यहाँ उहाँलाई मैथिली परम्परा अनुसार स्वागत सत्कार गर्नुको साथै भेटघाटका कार्यक्रम पनि बन्दोवस्त गरिएको छ । १२ः३० वजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिने दिवा भोजमा सरिक हुनु हुनेछ । १ः३० वजेसम्म दिवा भोज लगायत भेटघाटका कार्यक्रम समेत त्यहाँ राखिएको छ ।

दिवा भोजपछि उहाँ २ बजे जनकपुरको बाह्रविघामा रामजानकी स्वयंवरमा सहभागी हुन जानु हुनेछ  । उहाँ त्यहाँ ३ वजेसम्म रहने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ जनकपुरको विमानस्थल आएर आफ्नो विषेश विमानबाट उहाँ उत्तर प्रदेशको लखनउ फर्किने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनाएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..