» » सोनललाई हटाउन मन्त्रीद्धारा हस्ताक्षर सङ्कलन


काठमाडौ पुस १० गते । महन्थ ठाकुर पक्षधर मानिएका जितेन्द्र सोनललाई राजेन्द्र महतो पक्षका नेताहरुले हटाउनका लागि दौडधुपमा लागेका छन् ।

प्रदेश २ को प्रदेशसभाको संसदीय दलको नेताबाट जितेन्द्र सोनललाइ हटाउनका लागि राजेन्द्र महतो पक्षधर नवलकिशोर साहले हस्ताक्षर अभियान नै  सञ्चालन गर्नुभएको छ । 

समाजिक विकास मन्त्रीसमेत रहनु भएका नवलकिशोर साहले भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहनु भएका सोनललाई संसदीय दलको नेताबाट हटाउन दिनरात एक गर्नुभएको छ ।

सोनलई हटाएर आफू संसदीय दलको नता बन्नका लागि प्रदेशसभामा रहनु भएका प्रदेश सांसदको हस्ताक्षर संकलन शुरु गर्नुभएको छ ।

तर नवलकिशोर साह भन्नहुन्छ, सोनलाई हटाउनका लागि हस्ताक्षर संकलन गर्नैपर्दैन, संसदीय दलको बैठक बसाएर उहाँलाई हटाउन सकिन्छ ।’ हस्ताक्षर संकलन नभएको उहाँले दावी गर्नुभयो ।

 राजपा नेपालका २५ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यसमध्ये हालसम्म उहााले ८ जनाको हस्ताक्षर संकलन गर्नुभएको छ । अरुलाई पनि हस्ताक्षर गर्न उहाँले कन्भिन्स गरिरहनु भएको छ । 

मन्त्री साहले आफ्नै निवासमा नेताहरूलाई बोलाएर हस्ताक्षर गर्न भनिरहनु भएको छ । त्यसमध्ये हालसम्म नवलकिशोर साह, सुरिता कुमारी साह, गौरीशङ्कर साह, नेत्र विक्रम साह, जानकीशरण साह, जैनुल राइन, डा। रिता यादव र अल्का झाले हस्ताक्षर गरिसक्नु भएको स्रोतले जनाएको छ ।
रातोपाटीमा उल्लेख समाचार अनुसार बबिता कुमारीले पनि हस्ताक्षर गरिसक्नु भएको छ तर उहाँले आफ्नो हस्ताक्षर फिर्ता लिनु भएको छ । 

बबिता कुमारी सहिद परिवारबाट प्रदेश सांसद बन्नुभएको हो ।

स्रोतका अनुसार नीरा कुमारी साहलाई मन्त्री नवलकिशोर साहले बोलाए पनि उहाँ जानु भएन । नीरा साह पनि राजेन्द्र महतो पक्षधर हुनुहुन्छ । उहाँका श्रीमान प्रमोद साह प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । त्यस्तै, मन्त्री नवलकिशोरले अर्का सांसद एवम् मन्त्री रामनरेश राय यादवलाई पनि हस्तक्षरका लागि आग्रह गर्नुभएको छ तर उहाँले आफू अहिले हस्ताक्षर नगर्ने सबैले गरून् त्यसपछि देखा जाएगा भन्दै टार्नुभएको छ । रामनरेश राय यादव अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादव पक्षधर हुनुहुन्छ । 

राजेन्द्र महतो पक्षधर मानिएका मनिष सुमन, विक्की यादव, उपेन्द्र महतो, अञ्जु यादव लगायतले पनि हस्ताक्षर गर्नुभएको छैन ।

महन्थ ठाकुर पक्षका सुरेश मण्डललाई पनि हस्ताक्षर गरिदिनका लागि दबाब आएको थियो तर उहाँले गर्नुभएको छैन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..