» » नेपाल–भारतको सम्बन्ध बनाउनमा वनारस–काशीको महत्वपूर्ण योगदान

काठमाडौ पुस १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको वनारश विश्व विद्यालयले नेपाल र भारतको सँस्कृतिलाई जोड्ने काम गरेको बताउनु भएको छ ।

भारतको बनारस र काशी नेपालको साँस्कृति, राजनीतिक र समाजिक विकासमा निकै महत्वपूर्ण योगदान पुर्याएको बताउँदै उहाँले वनारस विश्वविद्यालयबाट अध्ययन गरेका व्यक्तिहरु विश्वमै छरिएर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, नेपालको राजनीतिज्ञ र व्यक्तित्वहरु भारतको बनारससँग कुनै नकुनै रुपमा जोडिएका छन् । म पनि विद्यार्थी नेताको रुपमा पहिलो पटक वनारस विश्वविद्यालयमा एउटा कार्यक्रममा भाग लिन गएका थिए ।’

नेपालको लागि सम्मानित नाम वनारस विश्वविद्यालय रहेको उल्लेख गर्दै उहाँले यस्तैखालको विश्व विद्यालय नेपालमा पनि बनाउनु पर्ने धारणा राख्नुभयो । उहाँले वनारस विश्व विद्यालय जस्तै हिन्दु विश्व विद्यालय नेपालमा बन्न लागेको चर्चा गर्दै सो विश्व विद्यालय बनाउन आफूबाट हुने हरेक सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

नेपालमा हिन्दु विश्व विद्यालयको स्थापना भयो भने शिक्षाको क्षेत्रमा मात्र होइन, नेपाल–भारतको सम्बन्धमा पनि महत्वपूर्ण सहयोग पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

काशि विश्व विद्यालय स्थापना गरेका मदन मोहन मालमियको १५७ औ जन्मजयन्तीको उपलक्ष्यमा आइतवार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले मदन मोहन भारतका लागि मात्र होइन, विश्वका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो ।

मदन मोहनबाट संसारले प्रेरणा लिने गरेको उल्लेख गर्दै उहाँले उहाँ बहुअयामिक प्रतिभाका धनी रहनु भएको र राजनीतिक, शिक्षा लगायत समाजिक सेवामा समेत उहाँको योगदान रहेको धारणा राख्नुभयो ।

सो अवसरमा नेपालका लागि भारतीय दुतावासका डिसिएम अजयकुमारले पनि मदन मोहनको योगदानको चर्चा गर्नुभयो । मदन मोहन पत्रकार, प्रध्यापक, वकिल, राजनीतिज्ञ लगायतको क्षेत्रमा चिर्चित व्यक्तित्व रहेको उल्लेख गर्दै शिक्षाको क्षेत्रमा उनले पुर्याएको योगदानलाई भारतले सदा सम्झाना गरिरहने बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता कृष्णप्रसाद भण्डारी, त्रिविका पूर्व उपकुलपति महेशकुमार उपाध्याय, पूर्व नेपाली सेना नाराचन्द्र मल्लको योगदानलाई कदर गर्दै सम्मान पनि गरेको गरिएको थियो । उहाँहरु वनारश विश्व विद्यालयमा अध्ययन गर्नुभएको छ । कार्यक्रममा नेपाल भारत पुस्तकालयका प्रमुख डा.महेश शर्माले पनि आफ्नो धारणा राख्नुभएको थियो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..