» » ‘प्रदेश २ का छोरीहरु अब लखपति भएर जन्मीने‘

सर्लाही, पुस १५ गते । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा माघ १ गते पछि जन्मिने छोरीहरु लखपति भएर जन्मिने बताउनु भएको छ ।

सर्लाहीको पर्सा गाउँपालिकामा आज चलिसाहा दाहाको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले मुख्यमन्त्री बेटीपढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रदेशका ८ वटा स्थानीय तहमा यो कार्यक्रम लागु भएको र त्यसमा पर्सा गाउँपालिका समेत रहेको जानकारी गराउनु भयो ।

मुख्यमन्त्री राउतले भ्रुणमै छोरीको हत्या गरिने कार्यलाई निरुत्साहित गर्न प्रदेश सरकारले बेटी विमा योजना ल्याएको उल्लेख गर्नु भयो । उहाँले यो कार्यक्रम पहिलो चरणमा ८ वटा स्थानीयतहमा मात्र लागु गरिए पनि अगामी आर्थिक वर्षदेखि प्रदेशभरि नै लागु गरिने योजना आफूहरुको रहेको बताउनु भयो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले अहिले गरेका गतिविधिहरु बारे उल्लेख गर्नु हुँदै बेटी पढाउ बेटी बचाउ, मुख्यमन्त्री स्वच्छता अभियान, दलित सशक्तिकरण ऐन, मदरसा बोर्ड जस्ता कार्यहरुले समाजिक परिर्वतनमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरिक पाउन नसकेका प्रति लक्षित गर्दै उहाँले राज्यले कुनैपनि नागरिकलाई नागरिकता विहीन बनाएर राख्न नसक्ने बताउनु भयो । त्यस्ता व्यक्तिहरुको लागि सहज तरिकाबाट नागरिकता उपलब्ध गराउन उहाँले संघीय सरकारसँग माग समेत गर्नु भयो ।

मुख्यमन्त्री राउतले हिन्दु र मुस्लिम जोड्ने दाहा जस्ता पर्वहरु प्रदेशको धरोहर रहेको उल्लेख गर्नु हुँदै यस्ता पर्व संस्कृतिहरुलाई संरक्षण गर्दै अघि बढन् स्थानीय बासीहरुलाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा उद्योग , पर्यटन तथा सँस्कृति मन्त्री रामनरेश राय, प्रदेशसभा सदस्य संजय यादव, प्रतिनिधिसभा सदस्य रुहीनाज, फोरम नेपालका प्रदेश सचिव सल्लाउद्दिन अहमद सहितको उपस्थिति रहेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..