» » संसदमा छक्का हान्ने सांसद यादव दाव

पर्सा मंसिर १९ गते । प्रतिनिधिसभा सदस्य एवं संघीय समाजवादी फोरम नेपाल, पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले नारायणी रंगशालालाई स्तरोन्नती गरी राष्ट्रिय स्तरको बनाउने पै्रतिवद्धता जनाउनु भएको छ ।

नारायणी रंगशालाको क्रिकेट मैदानमा आयोजित नेपाल मेडिसिटी प्याब्सन टी–ट्वान्टी नक आउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले यस क्षेत्रमा खेलकुद निकै पछाडी परिरहेको छ, यसलाई अगाडि बढाउन र खेलकुदको विकासका लागि यो रंगशालाको स्तरोन्नती हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले खलाडीले जसरी खेलको मैदानमा छक्का हान्छन् त्यसरी नै आफूले जनताको लागि संसदमा छक्का हान्ने बताउँदै उहाँले मधेशको हक र अधिकारका लागि खेलको मैदान जस्तै आफू मैदानमा उत्रेको बताउनुभयो । आफ्नो जीतका लागि जसरी खेलाडीहरु मैदानमा लडिरहेका हुन्छन् त्यसरी नै आफू पनि मधेशको जितका लागि संसद तथा सरकारमा लडि रहने प्रतिवद्धता जनाउनुभयो ।

टुर्नामेन्टका विजेता सेन्ट जेभियर्स हार्इस्कुलको टीम र अन्य उत्कृष्ट खेलाडीलाई सांसद यादवले पुरस्कार तथा उपाधि वितरण गर्नुभएको थियो । टुर्नामेन्टमा मनोकामना बी उपबिजेता भएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..