» » उपेन्द्र यादव के गर्दै हुनुहुन्छ दिल्लीमा ?

काठमाडौ मंसिर २६ गते । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव साउथ एसिया स्वास्थ्य मन्त्री स्तरीय पार्टनर्स फोरम २०१८ मा सहभागी हुनुभएको छ ।

भारतको नयाँ दिल्लीमा भारतीय सरकारको आयोजनामा भएको कार्यक्रममा मन्त्री यादव नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभएको छ । दुई दिनसम्म चल्ने सो कार्यक्रममा सहभागी प्रतिनिधिहरुले आआफ्नो देशका अनुभव तथा कार्यक्रम सेयर गर्ने बताइएका छ । मन्त्री यादवका सल्लाहका डा.के के राईका अनुसार सो सम्मेलनमा फेमली हेल्था तथा बालबालिकाको स्वास्थ्यको बारेमा चर्चा हुने बताइएको छ ।

सो कार्यक्रममा सहभागी हुनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट समेत भएको बताइएको छ ।

कार्यक्रममा विभिन्न विषयमा कार्यपत्र पनि प्रस्तुत हुने बताइएको छ । मंगलवार पुग्नु भएका मन्त्री यादव विहिवार फर्किने कार्यक्रम रहेको बताइएको छ । यसअघि भदौंमा पनि यस्तै एक कार्यक्रममा भाग लिन उहाँ दिल्ली जानुभएको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..