» » मधेशको कृषिमा स्त्रीकरण– भागः १

–कृष्णकुमार साह
नेपालमा कृषि पुरmष र महिलाको रोजगारका लागि एक महत्वपूर्ण क्षेत्र रहेको छ, त्यसमा अहिले महिलाका लागि विशेष नै भएको छ । कृषि क्षेत्रमा महिला सहभागिता विगतको तुलनामा बढ्दै गइरहेको तथ्याङ्कहरुले बताउँछन् ।

१५ वर्षभन्दा माथि उमेर समूहका महिलामध्ये ६६ प्रतिशतका लागि कृषि मुख्य पेसा रहेको छ भने सोही उमेर समूहका ५३ प्रतिशत पुरmषको मुख्य पेसा कृषि रहेको छ (महर्जन, बओर र नेर सन् २०१२) ।

 सामान्यतया उत्पादन स्रोत तथा प्रविधिमा महिलाको पहुँच कम भए पनि कतिपय महिलाले ती स्रोतमा पहुँच बढाएर घरपरिवारका लागि मुख्य भूमिका खेलिरहेका छन् (अगुलियार र अन्य सन् २०१५) । सन् १९९१ देखि २००१ को दसकमा कृषि रोजगारको चित्रमा पुरmष तथा महिला दुवैको अङ्क घटेको थियो भने सन् २००१ उप्रान्त महिला सहभागिता अर्थपूर्ण रुपले बढेको छ ।

दिन प्रतिदिन मानिसका आधारभूत आवश्यकता तथा चाहना बढ्दै जाँदा, कृषिबाट सो आवश्यकता पूरा नहुने अवस्था सृजना हुँदै जाँदा गैरकृषि–कार्यमा आकर्षण दिनानुदिन बढ्दै छ ।

 गैरकृषिलाई आम्दानीको स्रोत बनाउन बाध्य रहेका मानिसको ठूलो जमात देशका अन्य शहरी क्षेत्र तथा खाडी मुलुक जाने गरेका छन् । र, काम गर्ने उमेर समूहका पुरmषको अनुपस्थितिको कारण नेपालको कृषिमा महिलाको सहभागिताले ठूलो रुप धारण गर्दैछ, परिणामस्वरुप यहाँको कृषि स्त्रीकरण भइरहेको छ (महर्जन, बओर र नेर सन् २०१२) ।

दक्षिणी एसियाले भूमिगत जल तथा ऊर्बर जमिनको उपहार पाएको छ । र यही क्षेत्र असिञ्चित, खण्डित तथा बाँझो भूमिको शिकार पनि भएकोले नै गरिबहरुको घर बनेको छ ।

जतिसुकै ठूल–ठूला विकासे परियोजना सञ्चालन भए पनि गरिबी उन्मूलन हुन सकेको छैन । कतिपय परियोजनाले लिङ्गलाई उच्च प्राथमिकतामा राखी गरिबी उन्मूलनका कार्यक्रम सञ्चालन गरेका छन् । ठाउँ–विशेषमा समयानुकूल केही परिवर्तन भए पनि यसले दीर्घकालीन परिवर्तन ल्याउन सकेको छैन । यस क्षेत्रका गरिब र विकासोन्मुख देशका युवक कृषिकर्मलाई महिलामाथि थोपर्दै विदेश पलायन भइरहेका छन् ।

त्यसैको परिणाणस्वरुप महिलाहरु सेवासुविधा, कृषि पूर्वाधार र बजारमा सहज पहुँचको समस्यासँगै उत्पादन, घरायसी र प्रजनन् जिम्मेवारीको भारी बोझ उचाल्न बाध्य छन् (सनाम र मेक्कार्थी सन् २०१५, तामाङ र अन्य सन् २०१४, सुग्डेन सन् २०१४) ।

ग्रामीण विकास र रुपान्तरणको प्रक्रियामा कृषि–कर्म गर्नेको सङ्ख्यामा कमी आइरहेको छ । किनभने पुरmषलगायत महिला पनि गैरकृषि रोजगारमा आकर्षित भइरहेका छन् । तुलनात्मक रुपमा महिलाभन्दा पुरmषको पलायन धेरै नै ठूलो सङ्ख्यामा भइरहेको विभिन्न तथ्याङ्कले बताउँछन् । त्यसैको परिणामस्वरुप कृषिमा स्त्रीकरण भइरहेको छ ।

ग्रामीण रुपान्तरण तथा पारिवारिक खेतीले जसरी चर्चा पाइरहेको छ, त्यसैगरी कृषि–कर्ममा बढ्दै गएको महिला भूमिकाले चर्चा पाएको छैन । यस लेखमा पूर्वी मधेशको सिरहा जिल्लाका फुलकहाकट्टी र भगवानपुर तथा सुनसरी जिल्लाका एकम्बा र अमडुवा गाउँमा कृषि, सिँचाइ तथा लैङ्गिक विषयमा गरिएको अनुसन्धानमा आधारित कृषिमा स्त्रीकरणबारे विश्लेषण गरिएको छ ।

के हो स्त्रीकरण ?
कृषिमा स्त्रीकरणको अवधारणा कृषिको अविस्कारदेखि नै ग्रामीण महिलाहरु कृषि उत्पादनमा संलग्न छन् । ठाउँ र परिवेशअनुसार कृषिमा महिला सहभागिताको सङ्ख्या तथा प्रतिशत फरक छ । कृषि–कार्यमा महिलाको सहभागिता बढे पनि घरायसी धन्दा र बच्चाको लालनपालनमा उनीहरुको बोझ खासै कम भएको छैन । केही दसकदेखि मौसमी तथा बेमौसमी कृषि उत्पादनबाट महिलाहरुले घरपरिवार निर्वाहमा ठूलो भूमिका खेल्दै छन् भने उनीहरु व्यावसायिक खेतीबाट मनग्य आम्दानी समेत गरेका तथ्याङ्क छन् ।

रोमाको फुड एण्ड एग्रिकल्चर अर्गेनाइजेशन (एफएओ) को एक रिपोर्टले सन् १९९० को दसकमा कृषि–कार्यमा मानिसको उपस्थिति हराउँदै गएको र गैरकृषिमा आकर्षण बढेसँगै विकासोन्मुख देशमा कृषिमा महिलाको उपस्थिति अर्थपूर्ण रुपमा बढेको बताउँछ (एफएओ सन् १९९९ ः १२–१३) । कृषि–कार्यमा अफ्रिका तथा एसियाजस्ता क्षेत्रमा त आधाभन्दा बढी उपस्थिति महिलाकै रहेको छ । यसरी कृषिको स्त्रीकरण भइरहेको देखिन्छ ।

सामाजिक विकास अध्येता कार्मेन डायना डीरेका अनुसार कृषि–कार्यमा महिला सहभागिताको सङ्ख्या वा प्रतिशतमा भएको वृद्धिलाई कृषिको स्त्रीकरण भनिन्छ (डीरे सन् २००५ ः १७) । चाहे ज्यालादारी होस् या बिनाज्यालाको, पारिवारिक खेती, निजी खेती, सामूहिक खेती, व्यावसायिक खेती वा अन्य जे भए पनि त्यसमा महिला श्रमिकको वृद्धिलाई स्त्रीकरण भनेर बुझाउँछ । थप महिलाको जनसङ्ख्या वृद्धि भएर होस् वा पुरmषले काम नगरेर होस्, कृषि श्रमिकको सङ्ख्यामा महिलाको उपस्थिति वृद्धि भएको छ भने त्यसलाई कृषि स्त्रीकरण भनिन्छ ।

दुखद् पक्ष के छ भने एकातिर अन्तर्राष्ट्रिय स्तरमा कृषिमा महिलाको सङ्ख्यामा वृद्धि हुँदैछ, अर्काेतिर सामाजिक र पारिवारिक खेतीको रुपान्तरणको बहसमा महिलालाई उचित ग्राह्यता दिइएको छैन । कृषि–कार्यबाट परिवार धान्न नसक्ने कारणले होस् वा गैरकृषि क्षेत्रको आकर्षणले होस् वा अन्य कुनै कारणले, पुरmषले छाडेर जाने खेतबारीमा महिलाको श्रमले परिवारमा धेरै नै ठूलो सहयोग पुगिरहेको छ ।

पितृसत्ताको सिद्धान्त जुन समाज र विचारले पुरmषलाई महिलाभन्दा सर्वोत्कृष्ट ठान्छ, त्यसले पितृसत्ता निर्माण गरेको देखिन्छ । पितृसत्ता भनेको पुरmषको प्रभुत्व भएको सामाजिक संरचना हो, जहाँ परिवारदेखि समाजका अन्य अङ्गमा पिता वा पुरmषको शासन (रmल अफ फादर) हुन्छ, जहाँ महिलालाई पुरmषको अधीनमा राखिन्छ ।

धेरैजसो ठाउँमा महिलालाई पुरmषको अधीनमा मात्र राखिने होइन, उनीहरुलाई विभेद, हिंसा तथा नियन्त्रणजस्ता विभिन्न अपमानजनक कार्य पनि गरिन्छ । लैङ्गिकता विद् सिल्भिया ओल्बी भन्छन्, पितृसत्ता भनेको समाजको यस्तो संरचना हो, जहाँ महिलामाथि पुरmषको दमन, विभेद तथा नियन्त्रणलाई सामान्य मानिन्छ । पितृसत्तामा लिङ्गको आधारमा मात्रै पुरmष प्रभुत्वशाली हुने र महिला अधीनस्थ हुने गर्छ ।

स्त्रीमाथी नियन्त्रण
पितृसत्ता सामाजिक संरचना र विचारधारा दुवै हुन् । महिलाहरु शिक्षा, स्वास्थ्य, रोजगार, निर्णय प्रक्रियाजस्ता आधारभूत अधिकारबाट वञ्चित हुनुमा उसको लिङ्ग तथा जैविकजस्ता प्राकृतिक पक्षले होइन, समाजले निर्माण गरेको संरचनाले मुख्य भूमिका खेलेको हुन्छ (ओल्बी सन् १९९० ः २०) । पितृसत्तात्मक प्रणालीमा महिलालाई नियन्त्रण गर्न तथा अधीनमा राख्न विभिन्न किसिमका हिंसालाई संस्कृति र संस्कारकै रुपमा अभ्यास गरिएको हुन्छ ।

सिल्भिया ओल्बीले पितृसत्ताको चारवटा सिद्धान्तमा वर्णन गरेका छन् (ओल्बी सन् १९९०) ः १) कट्टरपन्थी सिद्धान्तले भन्छ ः पुरmष समूहले महिला समूहमाथि वर्चस्व कायम गरेर त्यसको फाइदा लिन्छ । यो वर्चस्व कुनै प्रणालीको प्रतिफल होइन, बरm यो नितान्त पितृसत्ता नै हो । नारीवादी कट्टरपन्थीहरु लैङ्गिक असमानतालाई महिला र पुरmषको बहसमा छुट्टै हेर्न चाहन्छन् ।

उनीहरुको बुझाइअनुसार यौनिकता एउटा मुख्य क्षेत्र हो, जहाँ पुरmष महिलामाथि हाबी हुन्छ र महिलाहरुलाई नारीवादी बनाउँछ । किनभने आफ्नो शरीरमाथि समेत महिलाको नियन्त्रण हुँदैन र उनीहरु पुरmषको दास सरह हुन्छ । २) माक्र्सवादी सिद्धान्तअनुसार लैङ्गिक असमानताको उत्पत्ति पुँजीवादको कारण भएको हो ।

 श्रममाथि पुँजीको प्रभुत्व र पुँजीमाथि पुरmषको एकाधिकारका कारण पुरmषहरु महिलामाथि हाबी हुन्छन् । महिलाले घरायसी धन्दा ः पालनपोषण, सरसफाइ तथा अर्को श्रमिक समेतको उत्पादन गरेर पुँजीगत हिसाबमा खासै केही पाउँदैनन्, तर पुरmषले त्यही समयमा काम गरेर पारिश्रमिक पाउँछन् । ३) उदारवादीहरुका अनुसार महिलाहरु पुरmषको अधीनमा रहनुको कारण सामाजिक संरचनाभन्दा पनि अधिकारको समानपूर्वक वितरण नहुनु हो ।

महिलाहरुलाई शिक्षा र रोजगारमा समान किसिमले पहुँच नभएको कारणले अधीनस्थ सम्बन्ध कायम भएको हो । ४) चौथो सिद्धान्तमा सिल्भिया ओल्बीले कट्टरपन्थी र माक्र्सवादी अवधारणालाई समिश्रित रुपमा परिभाषित गरेकी छन् । यहाँ ज्याला, घरगृहस्थी, यौनिकता, संस्कृति, तथा हिंसाको सवालमा पितृसत्ताले दमनकारी निर्णय लिन्छ । जहाँ महिलाले केही बोल्न पाउँदैन र पितृसत्ताको निर्णयलाई शिरोधार गर्न बाध्य हुन्छ ।

समाजवादी नारीवादअनुसार महिलाहरु साधारण राजनीतिक तथा कानुनी अधिकारबाट मात्रै विभेदित भएका छैनन्, यी विभेद त समान कानुनी अधिकार तथा अवसरबाट समाधान हुन सक्छन् । उनीहरु विभेदित तथा दमित हुनुको मुख्य कारण हो ः सामाजिक–आर्थिक संरचना ।

 महिलाहरुले बच्चापालनदेखि घरायसी कामको सम्पूर्ण बोझ बोकेर पुरmषलाई उत्पादक रोजगारमा लाग्न सजिलो गरिदिएका छन् । घरायसी धन्दा र बच्चापालनका काम गर्दा उनीहरुले ज्याला पाउँदैनन् । त्यसको फलस्वरुप उनीहरु स्वाभाविक रुपमा पुरmषमाथि आश्रित हुन पुग्छन् । पितृसत्तालाई परिभाषित गर्न माक्र्सवादीहरुले भन्दा फरक तरिकाले समाजवादी नारीवादीहरु उत्पादन र प्रजनन दुवै पक्षको सम्बन्धलाई जोडेर हेर्छन् ।

त्यस्तै लैङ्गिकताविद् गेर्डा लर्नर पितृसत्तालाई इतिहाससँग जोडेर परिभाषित गर्छन् (लर्नर सन् १९७४) । उनको भनाइअनुसार इतिहासको कुनै कालखण्डमा पितृसत्ता सुरm भएको थियो भने त्यसको अन्त्य पक्कै हुन्छ । परापूर्वकालदेखि इतिहास पनि पुरmषद्वारा नै लेखिएको हुनाले पितृसत्तालाई पनि पुरmषलाई केन्द्रमा राखेर वर्णन गरिएको छ । समय परिवर्तनशील छ ।


 १८औ शताब्दीसम्म महिलाले पुरmष सरह सोच्न पनि पाउँदैनथे, जबकि अबको सामाजिक, आर्थिक, राजनीतिक तथा लैङ्गिक रुपान्तरणलाई पहिलेजस्तो तोडमरोड गर्न सकिदैन, अब वास्तविकता लुकाएर लुक्ने अवस्था छैन । लर्नरको मतमा पुरmषको तुलनामा महिलासँग फुर्सद हुँदैन र फुर्सदको समयमा पनि उनीहरुको निजी स्वतन्त्रता हुँदैन । किनभने घरायसी धन्दा र बालबच्चाको लालनपालनको कुनै समय तालिका हुँदैन । यसै कारणले उनीहरु शैक्षिक रुपले पछाडि परेका छन् ।

लर्नरको विचारअनुसार महिलाहरुले आफ्नो जीवनको महत्व बुझ्नुपर्छ । जसरी किसानहरुले जमिन्दारसँग लड्न, औद्योगिक श्रमिकहरुले उद्योगपतिसँग लड्न आफ्नो काम र महत्वलाई बुझेर आफ्नो कुरा राख्छन्, पितृसत्ताविरmद्ध उभिन उनीहरुले त्यसरी नै आफ्नो कुरा राख्न सक्नुपर्छ (लर्नर सन् १९७४) । पितृसत्ता वास्तवमा सामाजिक संरचना हो, जुन फेर्नु जरmरी छ । अब कुनै पनि संरचनामा पुरmषको मात्रै वर्चस्व रहनु हुँदैन, महिलालाई केन्द्रमा राखेर सोच्ने र अघि बढ्नुपर्ने हुन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..