» » निषादलाई श्रद्धाञ्जली दिन पुग्नुभयो सांसद प्रदीप यादव

वीरगन्ज,पुस १० गते । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवं सांसद प्रदीप यादवले भारतीय सरकारका पूर्व केन्द्रीय मन्त्री मुजफ्फरपुरका लोकप्रिय नेता कैप्टन जय नारायण प्रसाद निषादलाई  अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

राजकिय समानका साथ  मुजफ्फरपुरमा आयोजन गरिएको श्रद्धांजलि कार्यक्रममा सहभागी हुदै सांसद यादवको नेतृत्वमा नेपालबाट पुगेको टोलीले फुलमाल चढाउदै श्रद्धान्जली अर्पण गरेका थिए ।नेता निषादको आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुन नेपालबाट सांसद प्रदीप यादवको नेतृत्वमा बुद्धिजिवि एवम संचारकर्मी लगायतको टोली पुगेको थियो ।

हार्दिक श्रद्धासुमन अर्पण गर्दै सांसद प्रदीप यादवले नेपाल–भारतको मैत्रीसम्बन्धको प्रगाढता बारेमा सदैव चिन्तीत रहने एउटा कुशल अभिभावक गुमाएको बताउनुभयो । भारतीय अग्रणी पुस्ताका रुपमा रहनु भएका नेता निषाद जनताको भलो चिताउने नेताको रुपमा परिचित रहेको बताउदै  सांसद यादवले भन्नुभयो, नेपालको उन्नती प्रगती र विकास चिताउने र नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउनु कुरामा नै सधै उहाको चिन्ता रहने गर्दथ्यो ।’

श्रद्धांजली कार्यक्रममा नेपालबाट मुजफ्फरपुर पुगेको टोलीमा मीडिया फार बोर्डर हार्मनी नेपालको अध्यक्ष पत्रकार अनिल तिवारी ,उपाध्यक्ष एवम फोटो पत्रकार राम सर्राफ लगायतका अन्य सामाजिक राजनीतिक कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 

श्रद्धान्जली एवम शवयात्रा कार्यक्रमा उत्तर बिहारका मुजफ्फरपुरका साथै समस्तीपुर, सीतामढ़ी, शिवहर, वैशाली, रक्सौलबाट व्यापक सहभागीता रहेको थियो ।

 श्रद्धांजली कार्यक्रममा रक्सौलबाट पुग्नु भएका विधानसभा प्रत्याशी एवम राष्ट्रिय जनता दलका नेता सुरेश यादवले  कैप्टन निषाद सोशित पिडित वर्गको नेता भएको बताउदै सधै आर्थिक विपन्नहरुको अधिकारको लागि लड्ने समाजवादी नेता भएको बताउनु भयो । कैप्टेन निसादको निधनको समाचारसँगै सबैक्षेत्रबाट विहारको पटना, मुजफ्फरपुर र हाजिपुरमा शोक संवेदना व्यक्त गर्नेहरुको  भिड लागेको थियो ।

नेता निषादको अंतिम संस्कार हिंदू रीति रिवाज अनुसार उहाँका पुत्र सांसद अजय निषादले दागवत्ती दिनुभएको थियो ।  शव यात्रा विहारको पटना,  मुजफ्फरपुर सहर परिक्रमा गर्दै  हाजीपुरको कोनहारा घाटमं दाह संस्कार भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..