काठमाडौं पुस १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सविधान संशोधन लगायतको विषयमा निर्णय लिन सात दिनको समय माग गर्नुभएको छ ।
सविधान संशोधनलगायतको मुद्दाको बारेमा सरकार के गरिरहेको छ, हालसम्म त्यो समस्या किन समाधान नभएको भन्दै विषयमा छलफल गर्न राजपा नेपालका नेताहरु आज विहान बालुवाटार पुग्नु भएको थियो ।
प्रधानमन्त्री निवास अध्यक्षमण्डल छजना सदस्य नै पुग्नु भएको थियो । अध्यक्षमण्डलका सदस्य बैठकका लागि पटक पटक प्रयास गर्दा छजना एक ठाउँमा बस्न सकिरहेको थिएन तर प्रधानमन्त्री निवास छजना नै पुग्नुभएको थियो ।
राजेन्द्र महतो अध्यक्षमण्डलको संयोजक भएको आज एक महिना ६ दिन भएको छ तर यो बीचमा एक दिन पनि बैठक बस्न सकेको छैन । आज बस्छ, भोली बस्छ भन्दा भन्दै बसिरहेको थिएन तर प्रधानमन्त्री ओलीसँग वार्ता गर्नुपर्यो भन्दै छजना नेता नै एकसाथ बालुवाटार पुगेका छन् ।
राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, अनिल कुमार झा, शरतसिंह भण्डारी र राजिकिशोर यादव एकसाथ पुग्नु भएको थियो ।
प्रधानमन्त्री ओलीले राजपा नेपालसँग कुरा गर्दा सविधान संशोधन लगायतको विषयमा सकारात्मक देखिनु भएको राजपा नेपालका नेताहरु बताउँनुहुन्छ ।
राजपा नेपालका नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफू संविधान संशोधनको विषयमा सकारात्मक रहेको र त्यसका लागि एक हप्ताको समय दिन माग गर्नुभएको राजपा नेपालका महासचिव केशव झाले जानकारी दिनुभयो ।
सरकार, आफ्ना पार्टीका शीर्ष नेताहरु र विपक्षि दलसँग समेत संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने र त्यसमा के गर्न सकिन्छ त्यसको बारेमा एक हप्तापछि जवाफ दिने कुरा प्रधानमन्त्री ओलीले भनेको राजपा नेपालले जनाएको छ ।
सविधान संशोधन, मुद्दा फिर्ता, बन्दी रिहाय लगायतका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको हो ।
सात दिनभित्र माग पुरा भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिने राजेन्द्र महतोले चेतावनी दिनुभएको छ ।
राजपा नेपाल अध्यक्षमण्डलको बैठक एक वजेबजे पार्टी कार्यालयमा बस्दैछ ।

No comments: