» » पत्रकारलाई जुत्ता हान्ने अभिव्यक्ति दिने मन्त्रीले माफी माग्नुभयो

काठमाडौ पुस १६ गते । समाजिक विकास मन्त्री नवलकिशोर साहले पत्रकारसँग माफी माग्नु भएको छ । जनकपुरमा घर भएका सांसद पनि घरभाडा वापत रकम बुझेको भनि भनि पत्रकारले मन्त्री साहसँग जिज्ञासा राख्दा उहाँले पत्रकारको बारेमा अपशब्द प्रयोग गर्नुभएको थियो ।

एक अनौपचारिक भेटघाटमा सप्तरीका केही पत्रकारले जनकपुरमा घर भएका सांसदहरुले पनि घरभाडा वापतको सुविधा लिएको विषयमा प्रश्न गर्दा मन्त्री साहले ‘पत्रकारहरु झुठमुठको कुरा लेख्छन्, नबुझिकन गलत लेख्ने त्यस्ता पत्रकारलाई जुत्ताले हान्नुपर्छ भनि प्रतिकृया दिनुभएको थियो ।

पत्रकारका लािग यस्तो अपशब्द प्रयोग गरेपछि मन्त्री साहको चारैतिर विरोध शुरु भएको थियो । मन्त्री साहले आज एक विज्ञप्ति जारी गरी जनकपुरमा आफ्नो घर हुँदा हुँदै संसद सचिवालयबाट घर भाषा वापत पैसा लिने गरेको समाचार केही संचारमाध्यममा आएपछि मेरो ध्यानाकर्षण भएको छ , सोही विषयको क्रममा मैले प्रदेश २ का प्रदेशसभाका सभामुख मानीय सरोज यादवले जनकपुरमा आफ्नो घर हुँदा हुँदै घरभाडा लिएको समाचारको बारेमा चर्चा चलिरहेको सुने भनि उल्लेख गर्नुभएको छ ।

सोही क्रममा मानीय सभामुख माथी आरोप लगाउँदा मैले विरोध गरेको र सभामुख ज्यको घर जनकपुरमा समेत नरहेकाले उहाँको चरित्र हत्या हुने खालको समाचार लेख्न वा सम्प्रेषण गर्न नहुने र यदि गलत समाचार लेखेर कसैको राजनीतिक नै हत्या खालका समाचार लेख्ने पत्रकारलाई मैले अपशब्द प्रयोग गर्दा सञ्चारकर्मी मित्रहरु तथा सञ्चारमाध्यमहरु को मर्यादामा ठेस पुग्न गएकोमा म आफ्नो शब्द जस्ताको त्यस्तै फिर्ता लिन्छु भनि उहाँले आफ्नो विज्ञप्तिमा उल्लेख छ ।  

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..