» » डाक्टर बन्न आउनु भएका आश्विनी कोरियोग्राफर हुनुभयो

पर्सनालिटी डेभवलमेन्ट, क्षमता अभिबृदी अहिले हरेक मानिसको चाँहना हुन्छ । यी दुबैका लागि कोरियोग्राफीको भुमिका महत्वपुर्णं हुन्छ । सिधै भन्नुपर्दा कोरियोग्राफी मानिसको व्यक्तित्वसँग जोडिएको पेसा हो । यसले मानिसलाई उच्च व्यक्तित्व सहित जिउँन सिकाउँछ । त्यसैले हरेक मानिसका लागि कोरियोग्राफी आवश्यक रहेको बताउँनुहुन्छ आश्विनी झा ।

उहाँ विगत एक दशकभन्दा बढि समयदेखि कोरियोग्राफीमा क्षेत्रमा आफुलाई क्रियाशिल राख्दै आउनु भएको छ । बालबालिकादेखि विवाहित महिलासम्मको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा उहाँको महत्वपुर्ण भुमिका रहँदै आएको छ ।

पछिल्लो समय नेपालमा सौन्दर्य प्रतियोगीताको बाढि नै आएको छ । वार्षिक १०० भन्दा बढी सँख्यामा विभिन्न नामका सौन्दर्य प्रतियोगीता आयोजना हुने गरेका छन् । ति मध्ये ४० देखि ५० प्रतियोगीतामा उहाँले कोरियोग्राफरको भुमिका निर्बाह गर्दै आउनु भएको छ ।

डाक्टर बन्ने इच्छा
कोरियोग्राफी उहाँको सानैदेखि इच्छाएको पेसा थिएन । सानोमा उहाँलाई डाक्टर बन्ने रहर थियो । समुदायमा भएको डाक्टरको शान र मानबाट उहाँ यो पेशाप्रति आकर्षित हुुनुहुन्थ्यो । साइन्स पढेर डाक्टर बन्ने लक्ष्य सहित उहाँ सन् २००२ मा सर्लाहीको कबलासी नगरपालीकाबाट काठमाडौं छिर्नुभएको थियो । काठमाडौ आएपछि उहाँले धेरै साथीहरुको संगत गर्नुभयो । तिमध्ये केही अभिनय तिर रुचि भएका थिए । साथीहरुको संगतले उहाँको पनि अभिनय तिर चाख जाग्यो ।

 अभिनेता बन्ने उद्देश्यले उहाँले मोडलिङ शुरु गर्नुभयो ।
सन् २००३ बाट अनौपचारीक मोडलिङ सुरु गरेका उहाँले सन् २००५ मा सुर्यकला ग्रुपबाट औपचारीक मोडलिङ शुरु गर्नुभयो । त्यतिबेला आयोजना हुने सानातिना मोडलिङ प्रतियोगीतामा भाग लिदै गर्दा उहाँले २००५ को ‘सुपर मोडल कन्टेस्ट’ मा प्रतियोगीको रुपमा भित्रिने अवसर पाउनुभयो ।

होटल याक एण्ड यतिमा आयोजना भएको यो प्रतियोगीताबाट उहाँको हातमा ‘मोष्ट ट्यालेन्टेड’ उपाधि पर्यो । यस अगाडि उहाँले भारतको कसिकोसले हयातमा आयोजना गरेको एक फेसन शोमा ‘फेस अफ द इयर’ जित्नुभएको थियो । मिस इण्डियाको समेत सहभागीता रहेको कार्यक्रमले उहाँमा मोडलिङ प्रति झन् उत्साह बढायो ।

यसरी पुगे भारत
त्यतिबेला नेपालमा सौदर्य प्रतियोगीता धेरै थिएन । त्यसमा पनि पुरुषहरुको पाउन मुश्किल थियो । मोडलिङ र प्रतियोगीताबाट पाएको उपाधिले भने उहाँमा मोडलिङ र अभिनयमा अगाडि बढ्ने आत्मविश्वास पलायो । उहाँले पाएको ‘मोष्ट ट्यालेन्ट’ उपाधि अभिनय विधाबाटै थियो । यसले आफूमा अभिनयको प्रतिभा पनि रहेको उहाँले थाहा पाउनुभयो । ‘अभिनयको भुतले पुरै मन भरिएपछि डक्टर बन्ने सपना कुल्चिदै यसैमा होमिएँ’ उहाँले भन्नुभयो ।

त्यो समयमा भारतमा अभिनेता जोन अब्राहम, अर्जुन रामपाल, सोनु सुद जस्ता हिरो मोडलिङबाट भित्रिएका थिए । मोडलिङमा लागेर  हिरो बन्न सकिने र पैसा पनि राम्रो आम्दानी हुने निष्कर्षले उहाँले आफुलाई अभिनय र मोडलिङ क्रियाशिल बनाउनुभयो । मोडलिङ र अभिनयमा आफुलाई निखार्न उहाँ सन् २००७ मा दिल्ली पुग्नुभयो । दिल्लीमा उहाँको भेट कशिस घोषसँग भयो । बलिउडमा जति पनि अभिनेता, अभिनेत्री, मिस इण्डियादेखि टेलिसिरियलका स्टार छन्, ति सबैको पहिलो खुड्किलो घोष नै हुन् ।

उहाँले पनि घोषबाट ट्रेनिङ लिनुभयो । सिक्दै जाँदा घोषकै सहायक भएर काम गर्न थाल्नुभयो । बलिउडको कोरियोग्राफी बुझ्दै र काममा हुनुहुन्थ्यो उहाँ । सन् २००८ मा उहाँ फुर्सदमा हुनुहुन्थ्यो । नेपालमा ‘मिस टिन काठमाडौ’ आयोजना हुने खबर उहाँको कानमा पर्यो । आयोजकले कोरियोग्राफरको रुपमा उहाँलाई नेपाल बोलायो । यो कार्यक्रम सकिए पछि उहाँ फेरि भारत फर्किनुभयो ।

सन् २०११ मा उनी ‘मिस इण्डिया’, ‘मिस इण्डिया अर्थ’ शोमा सहभागी हुनुभयो । आफै आयोजक भएर ‘इण्डियन सुपर मोडल’ र ‘नेपाल सुपर मोडल’ कार्यक्रम चलाउनुभयो । यो कार्यक्रमले उहाँलाई भारतभर चिनायो ।

प्रतियोगीताले उहाँका लागि अनेक बाटो पनि खुल्दै गयो । फेरि उहाँले भारतमै ‘मिस्टर एण्ड मिस इण्डिया एटिच्युट’, ‘फेस अफ इण्डिया’ नामक सौदर्य प्रतियोगीता पनि गर्नुभयो । सन् २०१४ मा उहाँ एक सौदर्य प्रतियोगीताका लागि फेरि नेपाल आउनुभयो ।

त्यसपछि उहाँ भारत फर्किन पाउनु भएको छैन । किनभने उहाँले नेपालमा आयोजना हुने विभिन्न सौदर्य प्रतियोगीतामा लगातार कोरियोग्राफरको जिम्मेवारीले फुर्सद पाउनु भएन ।

सौन्दर्य कोरियोग्राफर
गीत, फेसन र सौन्दर्य प्रतियोगीता गरेर तीन प्रकारका कोरियोग्राफी नेपालमा चलेका छन् । उहाँ सौन्दर्य प्रतियोगीताको कोरियोग्राफर हुनुहुन्छ । ‘सौन्दर्य प्रतियोगीताको कोरियोग्राफी भनेको प्रतियोगी डिस्प्लेस गर्नु हो,’ उहाँले भन्नुभयो, ‘अहिले प्रतियोगीत सौदर्यता भन्दापनि  बौद्धिकता नाप्न गरिन्छ ।

‘शारिरिक सुन्दरताबाट सुरु भएको सौदर्य प्रतियोगीता अहिले आएर बौद्धिकता नाप्ने कसि भएको छ’ यो उहाँको बुझाई हो । सौन्दर्य प्रतियोगीता अमेरिकाबाट सुरु भएको थियो । विश्वको सबैभन्दा पुरानो सौदर्य प्रतियोगीता ‘मिस युएसए’ हो । त्यसपछिको चर्चित ‘मिस युनिभर्सल’ मानिन्छ ।
यी दुवै प्रतियोगीतामा पछिल्लो समय शारिरिक सौन्दर्यताले भन्दा बौद्धीक सौन्दर्यताले प्रथामिकता पाउन थालेको उहाँले बताउनुहुन्छ । यस कारण प्रतियोगीलाई उहाँ कसरी बोल्ने, कसरी राम्रो देखिने लगायतका व्यक्तित्व विकासका विषयमा ज्ञान दिन्छन् ।

आम्दानी
गीत, संगीत र फेसनको बजार विश्वव्यापी भएकोले यसको कोरियोग्राफीको अवस्था पनि राम्रो छ । सौन्दर्य प्रतियोगीता अझै ब्यवसायी बन्न नसकेको धेरैको धारणा पाइन्छ । यो कोरियोग्राफी अहिले पनि गाह्रो विषय हो । यसमा काम पाउन र पहिचान पाउन सजिलो नभएको उहाँ बताउँनु हुन्छ । उहाँले पनि यसमा नाम बनाउन ठूलै मिहिनेत गर्नुभएको थियो ।

नयाँ फेशनका मोडलको व्यक्तित्व विकासमा कोरियोग्राफरको महत्वपुर्ण भुमिका रहने भएकोले पछिल्लो समय यो प्रथामिकतामा पर्न थालेको छ । सोही कारण पनि उहाँलाई अहिले नाम, दाम र कामको अभाव छैन ।
शुरुवाती चरणमा कोरियोग्राफी, यसको लेबल र चरण बुझाउन निकै मिहिनेत गर्नुभएको थियो उहाँले । त्यसका प्रतिफल उहाँ अहिले बार्षिक ४०–५० सँख्याका सौन्दर्य प्रतियोगीको कोरियोग्राफी गर्नुहुन्छ । यस हिसाबले उहाँको आम्दानी राम्रो छ । भनिन्छ ‘बार्षिक १० लाख माथि हुन्छ ।’

चुनौती  
हरेक सौन्दर्य प्रतियोगीतामा उहाँले नयाँ थिम दिनुपर्छ । यस हिसावले उहाँका चुनौती पनि धेरै छन् । हरेकमा नयाँ दिन नसके पब्लिकले पुरानो भनिदिन्छन् । विश्व मञ्चमा के चलेको छ, के नयाँ भित्रियो, के आउँदैछ । हरेक समय उहाँले आफुलाई अपडेट राख्नु पर्ने हुन्छ । ‘प्रतियोगीतामा प्रतियोगीले नयाँ अपडेट भएको छ भन्नु भन्दा पहिलै आफु अपडेट हुनु पर्ने हुन्छ,’ उहाँले थप्नुभयो, ‘हरेक समय विश्वबजारलाई नियाल्नु पर्छ ।’
अहिले नेपालमा विभिन्न वर्ग, उमेरको लागि सौन्दर्य प्रतियोगीता  भइरहेका छन् । उहाँ सम्पुर्ण वर्ग, उमेर समुहका रोजाइका कोरियोग्रार हुनुहुन्छ । यसको कारण उहाँले गर्ने कोरियोग्राफी उमेर अनुसार फरक हुनु स्वभाविक पनि हो ।

अहिले हरेक ठाउमा प्रतिस्पर्धा छ । उहाँ आफ्नो नाम र ब्राण्ड भएपछि आफैसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउँनुहुन्छ । हिजोभन्दा आज र आजभन्दा भोली उहाँले केही राम्रो गर्नुपर्ने हुन्छ । नत्र आजका प्रतियोगीताका आयोजकले उहाँलाई पछि निरन्तरता नदिन सक्छन् । यस विषयमा उहाँ सजक हुनुुहुन्छ । त्यसैले उहाँ हरेक कुरामा आफुलाई बढी भन्दा बढी ‘अपडेट’ राख्नुहुन्छ । उहाँ अहिले आफ्नो पहिलो प्रतिद्धन्दी आफैलाई देख्नुहुन्छ । ‘हिजो भन्दा आज राम्रो गर्नु छ । आजभन्दा भोली राम्रो गर्नु छ’ उहाँले सुनाउनु भयो । उहाँ कहिलेकाँही अरुबाट सिकेर पनि नयाँ दिने कोसिस गर्दछन् ।

उहाँसँग केही अन्तराष्ट्रिय कार्यक्रमहरु गरेको अनुभव छ । त्यसैले नेपाली मोडल, भारतीय मोडल, नेपाली र भारतिय सौदर्य प्रतियोगीताका विजेतलाई लिएर एक कार्यक्रम गर्ने उहाँको सोचाइरहेको छ । जुन प्रशंसा ‘मिस युनिभर्स’, ‘मिस वल्र्ड’ बाट पाइन्छ, सोही स्तरको चर्चा आफु आयोजक भएको प्रतियोगीतबाट प्रतियोगीलाई दिलाउने उहाँको चाहना छ । सानैदेखि ति लेबलका ट्रेनिङहरु दिन सकियो भने अन्तराष्ट्रिय जगतमा समेत नेपालका प्रतियोगीले सफल हुन सक्छन् भन्ने उहाँको बुझाइ छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..