» » नेपाललाई टेकेर उसको छिमेकीलाई हान्ने चीनको रणनीति

चीनको निकै महत्वकाँक्षी परियोजना वान बेल्ट वान बेल्ट रोडको चर्चा अहिले विश्वभरि नै हुन थालेको छ । त्यसमा चीनको छिमेकी देश नेपालमा त्यसको चर्चा हुनु अस्वभाविक होइन । नेपाल सरकारका सारा संयन्त्र यो परियोजनाको प्रचारमा लागेका छन् ।

यहाँसम्म कि यहाँका आफूलाई बौद्धिक र राष्ट्रवादी भन्नेहरु पनि यसको प्रचारमा दिनरात लागि रहेको छ । यसबाट उनीहरुले धेरै फाइदा पनि लिइरहेको छ । यसैको नाममा गोष्ठीहरुको गर्नुको साथै पटक पटक विदेश भ्रमण पनि भ्याइसकेका छन् ।

राष्ट्रपति सी जिङपिङको निकै महत्वकाँक्षी यो परियोजना वन बेल्ट वन रोड आखिर के हो, यसले नेपालमा के गर्छ, यसबाट नेपाललाई के फाइदा हुन्छ लगायतका कुनै विषयमा अध्ययन भएको छैन । यो परियोजनामा नेपालका कसरी लागु गर्ने विषयमा विस्तृत अध्ययन नै गरि सरकारले चीनसँग सम्झौता गरिसकेको छ । एशिया तथा युरोपदेशसँग सडक सञ्जाल जोड्ने चीनको सबभन्दा ठूलो लगानी भएको परियोजना हो यो । यो परियोजनामा नेपाल पनि सहभागीता जनाइसकेको छ । यो परियोजनाका लागि नेपाल र भारतबीच २०७४ वैशाख २९ गते एक सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।

तर यो परियोजना अन्तर्गत चीनले नेपाललाई अनुदान सहयोग दिन हो कि ऋण दिने हो यसको कुनै अध्ययन भएको छैन । जानकारहरु बताउँछन्, चीनले दिने ऋण निकै नै खतरनाक हुन्छ, यसले देशलाई नै निल्न सक्छ ।’ विश्वमा थुप्रै देशसँग यस्तो भएको छ । चीनले जुन जुन देशमा आफ्नो लगानी गरेको छ, ऋण दिएको छ त्यो देशको हालत कस्तो खराब भएको छ त्यो हेर्न लायक छ । फेरि वान बेल्ट वान रोडको परियोजना अन्तर्गत नेपाललाई ऋण दिएर सहायोग गर्यो भने नेपालको पनि यही हालत हुन्छ भनि त्यसमा दुईमत छैन ।

अन्तराष्ट्रिय मामिलाका जानकार एवं राजनीतिक विश्लेषक जय निसान्त भन्नुहुन्छ, चीनसँग ऋण लिन जति सजिलो छ, त्यति गाह्रो त्यसलाई चुक्ता गर्नुछ । यो वान बेल्ट वान रोड परियोजना चीनको निकै महत्वकाँक्षि परियोजना हो । तर यो नेपालमा कसरी शुरु हुन्छ, नेपाललाई यसमा कसरी सहभागी गराउँछ त्यसमा भर पर्छ ।’ यदि चीनले अनुदान दिएर परियोजनामा सहभागी गरायो भने ठिक नभए यसको काम छैन, ऋण लिएर विकास गर्यो भने नेपाल बर्बाद हुने उहाँको दावी छ । उहाँले भन्नुभयो, चीनको यो परियोजनामा अनुदान सहयोगमा काम गर्नुपर्छ, ऋणमा काम गर्नुहुँदैन ।’

परियोजनामा नेपालले सहमति जनाएको हो यो सकारात्मक कुरा हो तर चीनका लागि नेपालभन्दा पनि भारत मुख्य प्राथमिकताको विषय रहेको उहाँको दावी छ । चीन नेपालमार्फत भारतमा छिर्न चाहन्छ, उहाँले भन्नुभयो, खासगरि नेपाल हुँदै चीनको टर्गेटमा भारतको विहार र युपी रहेको छ । नेपालमार्फत भारतको युपी र विहारमा आफ्नो वजार विस्तार गर्न चाहेको छ ।’

आर्थिक मामिलाका जानकार हरिवंश झाले यो परियोजना नेपालमा कसरी लागु गर्ने त्यसको स्पष्टता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, सबै कुरा अहिले पर्दा पछाडी नै छन् । ग्रान्ट कस्तो हुने, लोन कस्तो हुने ती विषयहरु बाहिर आएको छैन ।

त्यसले गर्दा यो के हो बुझ्न अहिले गाह्रो छ ।’ यस्ता परियोजनाहरुमा कुनै पनि देशका सर्वसाधारण जनताको सहभागी हुँदैन, सरकार–सरकारको बीचमा मात्र सम्झौता भएको हुन्छ, र के सम्झौता भएको छ त्यो सम्बन्धित देशलाई नै थाह हुने भएकाले ओबीओआरभित्र के के छन् त्यो त्यसै भन्न नसकिने उहाँले बताउनुभयो ।’

यो परियोजनामा सहभागी भएपछि ऋणमा कार्य गर्नु हुँदैन, महँगो ऋण दिएर चीन आफै संलग्न भएर काम गराउँछ भन्दै उहाँले यो परियोजनामा जति चीनले दिनेछ त्यति लान्छ नै, यो परियोजनाको काम यहाँ भयो भने चीनको आफ्नै जनशक्ति हुन्छ, उसले आफ्ना काम आफै गर्छ त्यसैले परियोजना शुरु भएपनि नेपालमा यसले रोजगारी सृजना नगर्ने विश्लेषण गर्नुभयो ।

उहाँले भन्नुभयो, चीनले केरुङदेखि काठमाडौसम्म रेल ल्याउने ८ विलियन डलरको प्रोजेक्ट बनाएको छ । यो नेपालको टोटल जिडिपीको एक तिहाई बजेट हो । यो निकै नै हेवी हो । यो प्रोजेक्ट लिएर कमर्सियल युज भएन भने लिनुको कुनै अर्थ रहदैन । यो नेपालका लागि एउटा बर्डन हुन्छ ।

 रेल्वे लाइन लिएर मात्र के गर्ने, त्यो रेलमार्फ नेपालले आफ्नो उत्पादन केही निर्यात गर्न सक्दैन किनभने नेपालसँग त्यस्तो उत्पादन नै छैन, उताबाट आयात मात्र हुन्छ । ल आयात भएर नेपालमा राखे एउटा कुरा आयात भएर पनि सबै नेपालको बाटो भएर भारत जान्छ । त्यसैले यो प्रोजेक्ट नेपालको हितमा छैन जस्तो लाग्छ । रेल आएर वा सडक बनाएर मात्र देशको विकास हुँदैन ।’ झा प्रदेश २ का नीति आयोगका अध्यक्ष पनि हुनुुहुन्छ ।


तराई मधेशको देहात (ग्रामिण क्षेत्र) मा घुमि रहने पत्रकार चन्द्रकिशोरले वान बेल्ट वान रोड चीनको महत्वकाँक्षि परियोजना भएपनि यो भावनात्मक रुपमा नआएको बताउनुभयो । चीनले यो परियोजना पुरै व्यावसायीक रुपमा ल्याएको छ, त्यो पनि क्रुर व्यावसायीक । तर यो परियोजनामा नेपाल कसरी सहभागी हुन्छ त्यसमा भर पर्ने कुरा रहेको उहाँले धारणा राख्नुभयो ।

चीनको यो परियोजनामा मधेशलाई कसरी सहभागी गराउन सकिन्छ वा मधेशमा यसको चर्चा के छ भनि जिज्ञासामा उहाँले भन्नुभयो, मधेश नेपालको एउटा भुभाग हो, यसलाई मधेशको नजरले हेर्नुभन्दा पनि काठमाडौले के गरिरहेको छ त्यो कुरा पहिला आउनुपर्छ ।’

मधेशमा पनि यो परियोजनाको बारेमा छलफल हुनुपर्ने बताउँदै उहाँले परियोजनाको स्पष्ट भएपछि मात्र हात हाल्दा राम्रो हुने बताउनुभयो । चीनको यो निकै महत्वकाँक्षि परियोजना भएकाले यसमा सतर्क रहनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

पूर्वराजदूत विजयकान्त कर्णले पनि यो परियोजनाको बारेमा नेपाल स्पष्ट नरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, चीनको यो परियोजनामा नेपालले कसरी काम गर्छ, यो परियोजना अन्तरर्गत नेपालको के के परेका छन्, यो परियोजनामा नेपालले कुन शर्तमा हस्ताक्षर गरेको छ केही कुरा स्पष्ट भएको छैन भने मधेशको कुरा कसरी गर्न सकिन्छ । पहिला देश यो विषयमा स्पष्ट हुनुपर्छ र त्यो कुरा जनतालाई जानकारी गराउनुपर्छ ।’

यत्रो ठूलो परियोजनामा सहभागी हुने गरि नेपाल हस्ताक्षर गरिसकेको छ तर जनतालाई यसको बारेमा जानकारी गराएको छैन, जनता अर्थात संसदलाई यसको जानकारी दिनुपथ्र्यो, संसदमा यसको बहस चलाउनु पथ्र्यो तर त्यसको बारेमा कही कतै चर्चा भएन एकैचोटी हस्ताक्षर गरिसकेपछि कुरा बाहिर आएको उहाँले गुनासो गर्नुभयो ।

 नेपालले ३५ वटा प्राजेक्टका लागि हस्ताक्षर गरेको कुरा आफूले सञ्चार माध्यममार्फत थाह पाएको बताउँदै उहाँले ती ३५ वटा प्रोजेक्ट के के हुन् त्यो कुरा आफूले फेला पार्न नसकेको पनि बताउँनुभयो ।

जनकपुरका प्रध्यापक डा.सुरेन्द्र लाभले ओविओआर नेपालका लागि विवादस्पद परियोजना रहेको दावी गर्नुभयो । यो परियोजनाप्रति नेपाल सकारात्मक देखिए पनि भारत नकारात्मक देखिएको छ त्यसले गर्दा नेपालमा यो परियोजना विवादमा पर्ने सक्ने उहाँले संकेत गर्नुभयो । मधेशमा त झन यो परियोजनाको काम शुरु गर्न पनि अप्ठ्यारो हुने उहाँको तर्क छ ।

 उहाँले भन्नुभयो, खासगरि यो परियोजना मधेशमा सञ्चालन भयो भने भारतका कारण प्रभावमा पर्नसक्छ । किनभने भारतले यो परियोजनामा सहभागी भएको छैन र नेपालको मधेश क्षेत्र भारतको बिल्कुल नजिक छ । खुल्ला बोर्डर छ त्यही भएर मधेशमा यसलाई कार्यान्वयनमा ल्याउन गाह्रो छ । यद्यपी, चीनको यो परियोजनाबाट नेपाल कति फाइदा लिनसक्छ त्यसमा भर पर्छ ।’

मधेश पनि नेपालकै एउटा भूभाग भएका हुनाले समग्र नेपालको विकास भयो भने मधेशको पनि विकास हुन्छ तर पहिलो कुरा नेपाल यस परियोजनाको बारेमा स्पष्ट हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..