जनकपुर मंसिर २५ गते । जनकपुरमा यतिखेर सुरक्षा अवस्था कडा पारिएको छ । नेपाल भारतको दुवै सुरक्षा दल पुरा जनकपुरलाइ अहिले सुरक्षा घेरामा राखिएको छ ।
भोली सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भनिएपछि यस्तो सुरक्षा व्यवस्था कडा पारिएको हो ।
आदित्यनाथ बुधबार आउनुअघि नै भारतबाट बुलेटप्रुफ गाडी जनकपुर ल्याइएको छ । यसबाहकेक ज्यामर सहित सातवटा अन्य गाडी पनि उहाँको सुरक्षाका लागि भित्र्याइएको छ ।
सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेका छन् । भारतीय दूतावासका अनुसार मुख्यमन्त्री आदित्यनाथ भोली भारतको लखनऊबाट विशेष विमानबाट जनकपुर विमानस्थल आउने छन् ।
सुरक्षा निकायका प्रमुखहरुले कार्यालयमै बसेर आरसीएस प्रविधिको माध्यमबाट सम्पूर्ण जानकारी लिइराख्ने तयारी गरेका छन् ।
महोत्सवमा सम्भावित आपराधिक गतिविधि रोक्न तीन हजारको सँख्यामा नेपाल प्रहरी, एक हजार सशस्त्र प्रहरी र सयजना भन्दा बढी सादा पोशाकका प्रहरीहरु खटाइएको छ ।
सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराबाट निगरानी सँगै अत्याधुनिक र्या्पिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रहरीले जनाएको छ । आरसीएस प्रविधि अहिले नेपाल प्रहरीले प्रयोग गर्ने नयाँ प्रविधिहरुमध्येकै एक हो ।
सोमबार बारहबिघा रंगभूमि मैदानमा नेपाल प्रहरीले ड्रोेन क्यामराको परिक्षण गरी त्यसको माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको थियो । यस्तै आरसीएस प्रविधि प्रयोगको लागि समेत परिक्षण गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिनुभयो
सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन आजदेखि नै ड्रोन क्यामरा र आरसीएसको प्रयोग थालिन शुरु गरिएको छ ।
विवाह पञ्चमीमा सहभागी हुन जनकपुर आउने आदित्यनाथ जानकी मन्दिरमा पुजा आजा गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन पुग्ने बताइएको छ ।
दिवाभोजपछि उहाँ बाह्रबिघा मैदानमा आयोजना हुने सीताराम स्वयम्वरमा सहभागी हुने बताइएको छ ।
No comments: