» » ‘राजपा नेपालले चारदिनपछि सरकारबाट समर्थन फिर्ता लिने’

काठमाडौं, मंसिर १८ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल उपाध्यक्ष लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।

‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ’ उहाँले भन्नुभयो, हामी सरकारमा जानका लागि यो सरकारलाई समर्थन गरेका होइनौं, संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले दुईवटै विषयमा अहिलेसम्म सरकारले आफूसँग कुनै छलफल नगरेकाले समर्थन कायम राख्नुपर्ने औचित्य नरहेको बताउनुभयो ।

वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको पनि आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘सरकारले कुनैपनि गतिलो काम गर्न सकेको छैन् ।

स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको छ । बास्तवमा भन्ने हो भने यो सरकारले राम्रो काम केहीपनि गर्न सकेको छैन् ।’

चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आजपनि चर्चित नै रहेको बताउँदै उहाँले यसमा सरकार दोषी रहेको बताउनुभयो ।

सहअध्यक्ष कर्णले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पुर्याएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन । तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो ।

व्यक्तिगत रुपमा केपी ओली क्रिश्चियन बन्न सक्नुहुन्छ । त्यो उहाँको व्यक्तिगत छुटको कुरा हो । तर, उहाँ अहिले मुलुकको प्रधानमन्त्री हो ।

उहाँ प्रधानमन्त्री भईकन जुन एउटा धर्मको प्रचारमा लाग्नुभयो, यो विल्कुल गलत हो । यो हाम्रो संविधानको बर्खिलाप हो । संविधानले पनि यसलाई सहँदैन् । उहाँले जुन काम गर्नुभएको छ, त्यो विल्कुलै गलत काम हो ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..