» » कानुनी सहायता लिन मुख्यमन्त्रीको आह्वान


पर्सा  गते १४ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्यायमा परेका गरिब, दलित, मुश्लिम महिला लगायतका समुदायलाई प्रदेश सरकारले स्थापना गरेको प्रदेश कानूनी सहायता कार्यालयबाट निःशुल्क कानूनी सेवा लिन आह्वान गर्नु भएको छ ।

विरगंज जिल्ला अदालत अगाडी प्रदेश कानूनी सहायता कार्यालयको आज विहानै उद्घाटन गर्नु हुँदै उहाँले समाजिक अन्यायमा परे पनि कानूनी न्याय पाउन नसकेका वर्गको लागि कानूनी सहायता उपलब्ध गराउन प्रदेश सरकारले यो कार्यालयको स्थापना गरेको बताउनु भयो ।

उहाँले जातीय तथा लैङ्गिक हिंसा एवं अन्याय मा परेका गरीब तप्काहरुले न्याय पाउन नसकेको महशुस गर्दै प्रदेश सरकारले उनिहरुको सहयोगको लागि कार्यालय स्थापना गरेको बताउनु हुँदै अब उपरान्त असहाय वर्गले निशुल्क कानूनी सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले मुख्य न्यायाधिवक्ता कार्यालयको मातहत रहने प्रदेश कानूनी सहायता कार्यालयले आठवटै जिल्लाबाट सेवा दिने बताउनु भयो । आठवटै जिल्ला प्रदेश कानूनी सहायता कार्यालय राख्ने गरि मुख्यन्यायधिवक्ता कार्यालयले यसअघि नै आठवटै जिल्लाका लागि प्रदेश कानूनी सहायता अधिकृत नियुक्त गरि सकेका छन् ।

उद्घाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..