» »Unlabelled » इन्जिनियर बन्न भारत गएका पियुष मोडेल बनेर फर्के

कुनै काममा यदि तपाई एकदमै दत्तचित्त मनले लाग्नुभयो भने एक न एक दिन त्यसको परिणाम अवश्य हात लाग्छ । कुनै क्षेत्रमा सफलता हासिल गर्न ‘प्यासन’ छ र त्यसको लागि दिनरात मेहनत गर्दे हुनुहुन्छ भने जुनसुकै क्षेत्रमा सफलताको शिखर चुम्न सक्नुहुन्छ । त्यस्तै सफलताको शिखरमा आफ्नो ठाउँ बनाउन सफल हुनु भएको छ पियुष कर्ण ।

इन्जियर पढ्नु भएका उहाँलाई अहिले विभिन्न नामले चिन्न थालेका छन् । भिजे, मोडल, कोरियोग्राफर र नायकको रुपमा नाम स्थापित गर्न सफल हुनु भएका पियुष मैथिली फिल्मबाट आफ्नो क्यारियरको डब्यु गर्नुभएको छ । अहिलेसम्मकै सबभन्दा महँगो मैथिली फिल्म ‘प्रेमक वतास’ फिल्मबाट आफ्नो फिल्मी क्यारियर  शुरु गर्नुभएका पियुष कलाकै क्षेत्रका जम्न चाहनु भएको छ । भारत, नेपाल लगायत विभिन्न देशमा चलिरहेको सो फिल्मबाट पियुषले निकै आशा गर्नुभएको छ । प्रस्तुत छ पियुषकै शब्दमा उहाँको भोगाईहरुः

मोडलिङ प्यासन 
मेरो जन्म पर्सा जिल्लाको वीरगञ्जमा भएको हो । मेरो बुवा राजनीतिमा सक्रिय हुनुहुन्छ । म एउटा सुखी, सम्पन्न परिवारको छोरा हुँ । मेरो बाल्यकाल निकै नै राम्रोसँग बित्यो । कक्षा ५ सम्मको पढाई नेपालबाट गरेपछि थप शिक्षाका भारतको हरियाणास्थित गुरुकुल स्कूलमा गए । जहाँ मैले १० कक्षासम्म अध्ययन गरे । घरको माहौल राजनीतिक भएपनि त्यतातिर लाग्ने मन कहिले भएन । मेरो उद्देश्य एउटा मात्रै थियो त्यो थियो
मोडलिङ ।

मोडलिङको ‘प्यासन’ ममा यति थियो की पढाईकै क्रममा मैले सन् २०१३ मा भारतको पुनेको एक कलेजमा आयोजित कार्यक्रममा आफूलाई एक कोरियोग्राफरको रुपमा प्रस्तुत गरे र त्यही कार्यक्रमबाट मैले आफूलाई मोडेलको रुपमा शुरुवात गरे ।

पहिलो सफलता
मोडलिङको शुरुवातमै मेरो जीवनको पहिलो सफलताले मलाई झन ताजा बनायो । र मैले यसलाई निरन्तरता दिए । सन् २०१४ मा नेपालमा तराईकै सबैभन्दा पहिलो पुरुष सौन्दर्य प्रतियोगिता पर्सा जिल्लाको वीरगञ्जमा आयोजना भएको थियो । मिस्टर ह्याडसम वीरगञ्ज २०१४ मा पनि मैले आफूलाई एक कोरियोग्राफरको रुपमा प्रस्तुत गरेका थिए । जसमा मैले राम्रो सफलता हात पारेका थिए ।

त्यसमा मैले प्रथम उपाधि प्राप्त गरे । त्यो कार्यक्रमले मेरो जीवनमा नयाँ मोड ल्याइ दियो । मोडलिङको लागि आफूलाई सदैव तयार राख्ने उत्साह समेत जागायो । वीरगञ्जको त्यो कार्यक्रमले मलाई छुट्टै पहिचान दियो र मेरो नाम देशैभरि मोडेलको रुपमा परिचित भयो ।

 त्यसपछि मलाई मोडलिङ प्रतिको चासो र ‘प्यासन’ झन झन बढदैँ गयो । त्यो सौन्दर्य प्रतियोगिताले मलाई यति ‘कन्फिडेन्स’ बढायो कि मैले आफ्नो मोडलिङको क्षेत्रमा कुनै पनि प्रकारको बाधा आउँन दिइनन् । सन् २०१४ मा भारतको बेङलौरमा आयोजित मिस्टर कर्नाटिका २०१४ मा मैले सेकेन्ड रनर अपको उपाधी हासिल गरे । त्यक्तिबेला त्यो कार्यक्रममा नेपालबाट ‘रिप्रेजेन्ट’ गर्ने म नै पहिलो नेपाली थिए । भारतमा आयोजित सौन्दर्य प्रतियोगितामा नेपालबाट भागलिने म पहिलो मोडेल थिए सायद ।

अभिनय
मोडलिङको क्षेत्रमा नेपाल र भारतमा अलिअलि आफ्नो पहिचान बनाइसकेको थिए र पढाई पनि सकिएको थियो । त्यसपछि मनमा अनेक प्रश्नहरु खेलिरहेको थियो । फेरी मैले मोडलिङलाई अझै केही समय दिने सोच बनाए । एक चर्चित मोडल र नायक बन्ने सपना मेरो बन्यो । त्यस रुपमा आफूलाई चिनाउनका लागि नेपालमा शुरु भएको मिस्टर राजधानी नेपाल २०१५ मा भाग लिए । त्यतिबेला मधेश आन्दोलन चर्किएको थियो । मधेशीलाई हेर्ने दृष्टिकोणमा नै फरक थियो त्यतिबेला । म त्यो कार्यक्रममा भाग लिनेमध्येको एक्लो मधेशी थिए । तैपनि मैले आफूलाई त्यो कार्यक्रममा एउटा नेपाली भएर प्रस्तुत गरे ।

अन्ततः म त्यो कार्यक्रमको विजेता भए । मोडलिङको क्षेत्रमा केही सफता हासिल गरिसकेपछि अभिनय तर्फ मेरो ध्यान गयो । र त्यहीक्रममा दुईटा हिन्दी म्युजिक भिडियो र एउटा नेपाली म्युजिक भिडियो गरे । नेपालीमा म्युजिक भिडियोमा हिमालमा हिउँ झर्यो फुसुक्कै..... गीतको बोल थियो । सो म्युजिक भिडियोबाट मैले वेस्ट पप सङ्ग द इयरको उपाधी हात पारे ।

म्युजिक भिडियो पश्चात बेलायतको लण्डनमा हरेक बर्ष आयोजित हुने फेस अफ वर्ड इन्टरनेशनल जसमा ५३ देशबाट सहभागिताका लागि मोडेलहरुको छनौट हुने गर्छन् । त्यसमा म पनि सलेक्सन भए । एउटा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा नेपालबाट भाग लिने म नै पहिलो मोडेल थिए । फेस अफ वर्ड इन्टरनेशनलमा मैले सेकेण्ड रनर अपको उपाधि हात पारे । त्यो उपाधिले मलाई फेस अफ द वर्डको राष्ट्रिय निर्देशकको रुपमा स्थापित गर्यो र म अहिले पनि फेस अफ द वर्डको राष्ट्रिय निर्देशकको पदमा यथावत नै छु ।

व्यावसाय
मोडलिङको बाहेक मेरो आफ्नो व्यवसाय पनि छ । मेरो एउटा इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि छ, जसको म सिइओ पनि हुँ । व्यापार अथवा व्यवसाय गरे पनि मेरो उद्देश्य भने परिवर्तन भएको छैन । मोडलिङमा अन्तराष्ट्रिय र राष्ट्रियस्तरमा आफूलाई चिनाउन, स्थापित गर्नमा सफल भएपछि अब भने मेरो चाहना अभियन तर्फ लाग्ने रहेको छ । जसको शुरुवात मैले गरिसकेको छु ।

फिल्मको अफर
सन् २०१७ मा आएर एउटा मैथिली फिल्मको अफर आयो । त्यो दिन मैले एउटा फेसन शो को होस्ट गरिरहेको थिए । त्यही क्रममा मलाई एउटा फोन आयो । मैले अहिले विजी छु, भोली कुरा गरौं हुन्न, भने । मैले त्यसलाई टार्ने प्रयास गरेका थिए। किनभने त्यो एउटा मैथिली फिल्मको अफर थियो । त्यही भएर मैले त्यति वास्ता गरिनन् । तर, त्यसको भोलीपल्ट ह्वाट्स अपमा कुराकानी भयो । त्यही स्क्रीप्ट पनि पठाइ दिएको रहेछ । मैले पढे । कथावस्तु राम्रो लाग्यो अनि म त्यसमा काम गर्ने तयार भए । मैले यति राम्रो फिल्म यति सजिलो तरिकाले पाउँछु भने मलाई विश्वास लागेको थिएन ।

र, यो मेरो लागि खुशीको कुरा थियो । म आफूलाई एकदमै भाग्यमानी ठान्छु किनभने मैले मेरो पहिलो फिल्म मातृभाषा मैथिलीमा गर्न पाएको थिए । सन् २०१८ नभम्बर २ का दिन नेपाल र भारतमा एकै साथ रिलिज हुने मेरो पहिलो फिल्म ूप्रेमक बसातू जसमा मेरो मुख्य भूमिका रहेको छ । भेतान्त झा द्धारा निर्मित ूप्रेमक बसातू  फिल्मको निर्देशक रुपक शरर हुनुहुन्छ ।

यो फिल्म एक प्रेम कथामा आधारित फिल्म हो । यस फिल्मको माध्यमबाट आफ्नो भाषा र सँस्कृति संरक्षणमा कही न कही मद्दत पुर्याउँछ । अभियन एउटा यस्तो कला हो । जसको माध्यमबाट समाजमा रहेका कुरिती, विकृतिलाई हटाई सभ्य समाजको निर्माण गर्ने गर्छ । समाजमा परिवर्तन गर्न सक्छौँ । त्यसैले एक पटक पनि न सोचिकन यस फिल्मा अभिनय गर्न तयार भएको थियो ।

बाल्यकाल
सानोमा मेरो रुची खेलकुद थियो । त्यसमा पनि क्रिकेटमा बढी रुची थियो । क्रिकेटका लागि म त्यतिबेला तालिम पनि लिन्थे । मेरो अध्ययन वीरगञ्जमा चलिरहेको थियो । सबै राम्रै थियो । तर त्यतिबेला माओवादी द्धन्दका कारण सानोमा म बिरगञ्ज मै पढिरहेको थिए र सबै रामै्र चलिरहेको थियो त्यसबो प्रभाव देशभरि नै थियो । माओवादीका कारण बन्द अड्ताल, हत्या, हिंसा भइरहेको कारणले विद्यार्थीको पढाई पनि असर गरेको थियो । त्यसले गर्दा पढाईमा निकै असर पर्यो । विद्यार्थीले पढन पाइरहेका थिएनन् । महिनौसम्म विद्यालयहरु बन्द हुन्थ्यो । त्यसले गर्दा मेरा आमाबुवा मेरो पढाई प्रति निकै चिन्तित हुन्थ्यो । छोराको पढाई न बिग्रिरियोस भनेर आमाबुवाले मलाई  अध्यक्षका लागि भारत पठाउनु भयो ।

सुखी परिवार
मेरो एउटा सानो र सुखी चार सदस्यीय परिवार छ । जसमा आमा, बुबा, ठूलो दिदी र म छु । मेरो बुबा एक व्यावसायीका साथै एक राजनितिज्ञ पनि हुनुहन्छ । आमा गृहनी हुनुहुन्छ । मेरो जेठी दिदी भारतमा बस्नुहुन्छ । उहाँ सँगै बसेर मैले आफ्नो पढाई सकाए छु ।

सायद म भाग्यमानी छु, जसलाई यस्तो आमाबुवा प्राप्त भएको छ । आमा बुवा मेरो साथी जस्तै हुनुहुन्छ । म सबै कुरा उहाँहरुसँग सेयर गर्छु । उहाँहरुको सहयोगले यहाँसम्म पुगेको छु । मोडलिङगको क्षेत्रमा हरेक कुराको आवश्यकता पर्छ ती सबै कुरा आमा बुवाले पुर्याउनु भयो । म आमा बुवाप्रति निकै नै अभारी छु ।

मलाई कलाकारिता कहिले रुची थिएन । म सानो छदा खेलमा रुची थियो तर पढाई भयो इन्जिनियरिङ् । कालकारितासँग कुनै संगत नै थिएन । म पढेर इन्जिनियर बन्न चाहन्थे । त्यसले गर्दा मैले आफ्नो पढाई पनि राम्ररी पुरा गरे । तर एम र प्यासन भन्ने दुइवटा अलग अलग कुरा हो । यी दुईको भिन्नता जब म पुनेमा कोरियोग्राफि गरे त्यति बेला मात्र अनुभुति गरे ।

मेरो घरमा मेरो दिदी पनि मोडलिंग गर्नुहुन्थो । र यस क्षेत्रमा लग्न म उहाँबाट नै प्रेरित भए । यसो भन्दा अनुपयुक्त नहोला कि उहाँले गर्दा नै आज म यो क्षेत्रमा आएको हुँ । यद्यपी दीदी अहिले मोडलिङमा हुनुहुन्न ।

मोडलिङ्को अवस्था
केही वर्ष यता नेपालमा पनि मोडलिङ क्षेत्रले राम्रो मार्केट लिएको छ । भारतमा यस क्षेत्रमा निकै नै मिहिनेत गर्नुपर्छ भने यस क्षेत्रमा जानु र काम गर्नु एकदमै प्रतिस्पर्धा रहेको छ । भारतको मोडलिङ एक दमै टफ हुन्छ । नेपाल भन्दा भारतमा मोडलिङ गर्नु एकदमै गाह्रो छ । तर भारतमा गाह्रो भए पनि मोडलिङको भविष्य त्यही छ । नेपालमा पुरुष भन्दा पनि महिलाको मोडलिंगले राम्रो ठाउँ पाएको छ । पछिल्लो समय नेपालमा पनि पुरुषको मोडिलिङ फस्टाउन थालेको छ । पुरुष मोडलिङलाई नेपालमा स्थापित गराउने उद्देश्य पनि मेरो रहेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

2 comments:

..