» » समाचार सेयर गरेकै कारण जागिरबाट निकालिएका गुञ्जाको गुञ्जन

तराई मधेशमा दिन दिनै केही न केही घटनाहरु भइरहेका हुन्छन् । त्यसमध्येको एउटा घटना हो २०७५ असोज ३ को । असोज ३ नेपालीहरुको लागि ऐतिहासिक र स्मरणीय दिन पनि हो । त्यही स्मरणीय दिनमा एउटा यस्तो घटना भइदियो जसले गर्दा सबैका लागि झन स्मरणीय दिन बनाइ दियो । २०७२ असोज ३ गतेको दिन सविधान जारी हुँदा मधेशमा त्यो दिन एकजना मधेशी युवाको ज्यान गएको थियो भने थुप्रै युवाहरु घाइते पनि भएका थिए ।

 तर, त्यस अवस्थामा पनि सरकारले जवर्जस्ती सविधान जारी गर्यो ।
त्यही दिनको सम्झानामा मधेशवादी दलले प्रत्येक असोज ३ गतेको दिनलाई कलोदिनको रुपमा मनाउँदै आएको छ । यसपालीको असोज ३ मा एउटा अनौठो घटना भयो जो देशैभरि चर्चाको विषय बन्यो । मधेशवादी दलले कालो दिवस मनाउन लागेको भन्दै विभिन्न अनलाइनले समाचार बनाएको थियो । ती समाचारहरु फेसबुकमा पनि सेयर भएको थियो ।

त्यही सेयर भएका समाचारलाई महोत्तरीकी गुञ्जा रायले आफ्नो फेसबुकमा सेयर गर्नुभयो । जसले गर्दा उहाँले आफ्नो जागिरबाट हात धुनु पर्यो । धनुषा जिल्ला अदालतमा करारमा खरिदार पदमा कार्यरत ३१ वर्षीया गुञ्जा रायको कालो दिवसको समाचार सेयर गरेकै भरमा जागिर गुमाउनु पर्यो । त्यसले गनर्दा उहाँ मधेश आन्दोलनका एउटा जिँउदो सहिद हुनुभएको छ ।

गुञ्जा राय भन्नुहुन्छ, जागिरवाट निकालिएपछि श्रीमानलाई सबै कुरा सत्य तथ्य सुनाएका थिए । उहाँले नराम्रो मान्नु भएन तर घर परिवारका अन्य सदस्यले भन्नु हुन्थियो किन समाचार किन सेयर गर्नु पथ्र्यो किन ठूलो बन्नु पथ्र्यो । श्रेष्तेदार कहाँ गएर गल्ती भएको स्वीकार गर्नुपथ्र्यो भनि सम्झाउन खोज्नु भएको थियो तर मैले मलाई जागिरको कमी छैन तपाईहरु चिन्ता नगर्नुस् भनि सम्झाए बुझाए ।’


मधेश आन्दोलनमा सहिद तथा घाइते भएका बारेमा मधेशी दलका नेताहरु कति कुरा उठाइरहेका छन् त्यसको बारेमा सबैलाई सबै कुरा अवगत नै छ । तर, गुञ्जा रायको जागिर आन्दोलनकै क्रममा गएको छ त्यसको बारेमा अहिलेसम्म मधेशवादी दलका नेताहरु कुनै सुनुवाई गरेको छैन । कुनै ध्यान पनि दिएको छैन तर गुञ्जा राय अझै हिम्मत हारेको छैन । हुन त कुनै कुनै नेताले फोन गरेर जागिर हामी लगाउँछौ तपाई चिन्ता नलिनुस् भनि गुञ्जालाई भनिरहेका हुन्छन् । तर गुञ्जालाई आफ्नो मात्र जागिरको चिन्ता छैन । अन्य करारबालाहरुलाई आफू जस्तै नहोस् भनि चिन्ता लिनुभएको छ ।

उहाँ भन्नुहुन्छ, अहिले लोकतन्त्र हो, यसमा सबैलाई सम्मानजनक जिउने अधिकार छ । के करारको कर्मचारी कर्मचारी होईन त्यसको लागी कुनै नियम हुनुहुदैन । करारका कर्मचारीको बारेमा पनि नियम बनोस्, यतातिर पनि सरकारको ध्यान जायोस् भनि मेरो चाहना रहेको छ ।’

न्युज सेयर गरेर गल्ती भएको छ भन्ने कुरा गुञ्जाले पनि स्वीकार गर्नुभएको छ तर गल्ती गर्दैमा एकचोटी जागिरबाट हटाउन नहुने बताउदै गुञ्जाले एक पटक स्पष्टीकरणको मौका पनि दिनुपर्ने बताउनु भएको छ ।

उहाँ भन्नुहुन्छ, म काम गरेको मान्छे, म कहि पनि काम गर्न सक्छु । तर आज मसँग भएको छ भोली गएर अन्य करारका कर्मचारीमाथि हुनसक्छ । र, यस्ता घटना नभएको पनि होइन, थुप्रै घटनाहरु भएको हो तर बाहिर नआएको मात्र हो ।’ गुञ्जा राय यो जागिरबाट हटाइए पछि मात्र अवाज उठाउनु भएको होइन, यसअघि पनि थुप्रै केसहरुमा उहाँ बोल्नु भएको छ । महिलाको हक अधिकारका लागि उहाँले डटेर सामना गर्नुभएको छ ।

पहिलादेखि हक्की स्वभावका उहाँले अवाज विहिनहरुका लागि आवाज बन्ने कसम नै खानु भएको छ । विशेष गरी मधेशका महिलाहरुलाई यो आधुनिक युगमा पनि समाजमा टिक्न गाह्रो बनाएको छ । जति सावधानीपूर्वक हिडे पनि पाइला पाइलामा अप्ठ्याराहरु आइरहेका हुन्छन् । तर ती अप्ठ्याराहरुसँग डराउन नहुने उहाँको तर्क रहेको छ ।

गुञ्जाको पत्रकारिता
गुञ्जा राय सरकारी जागिरेमा आउनु भन्दा पहिले पत्रकारितामा हुनुहुन्थ्यो । रेडियोबाट प्रसारण हुने कार्यक्रमहरु सुन्दा उहाँमा पनि यस्तै गरि बोल्ने रहर जागेको थियो र उहाँले बोल्ने अठोट गर्नुभयो । अन्ततः उहाँले जनकपुरको रेडियो जनकपुर ९७ मेघाहर्ज एफएममा काम गर्ने मौका पाउनु भयो । २०६३ सालमा रेडियो जनकपुरमा जागिर खुलेपछि गुञ्जा रायले पनि फर्म भर्नु भएको थियो । उहाँले त्यहाँ अन्तरवार्ता दिनुभयो । अन्तरवर्तापछि उहाँले त्यहाँ काम गर्ने मौका पाउनु भयो । शुरुमा उहाँले त्यहाँ रेकर्ड गरेर कार्यक्रम चलाउनु भएको थियो ।

 घरमै उपलव्ध भएको घरेलु सामग्रीहरुलाई कुनै किसिमको विरामी पर्दा औषधीको रुपमा कसरी प्रयोग गर्ने बारे उहाँले स्वास्थ्य टीप्स दिनुहुन्थ्यो । उहाँलाई पहिलादेखि नै त्यस्ता टिप्सहरुमा चासो थियो । विभिन्न किताबहरुको अध्ययन गरेर संकलन गरेका टिप्सहरु उहाँले स्थानीय पत्रिका जनकपुर एक्प्रेसमा साथीहरुको आग्रहमा प्रकाशन गराउनु भएको थियो । पछि त्यसैलाई रेडियो कार्यक्रममा सदुपयोग गर्नुभएको थियो ।

उहाँ सम्झनु हुन्छ, त्यहाँ स्टेशन म्यानेजरको रुपमा काम गर्नुभएका महेन्द्र मलङ्गियालाई । गुञ्जाले महेन्द्रबाट मैथली भाषामा स्कृप्ट लेख्न सिक्नु भएको थियो । त्यही कारणले उहाँले रेडियोमा विभिन्न अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्नुभएको थियो । पछि त उहाँले लाइभ कार्यक्रम पनि सञ्चालन गर्न थाल्नुभयो । विस्तारै विस्तारै गुञ्जाको चर्चा गञ्जयमान हुन थाल्यो । उहाँ भन्नुहुन्छ, विहान ६ वजेदेखि १० वजेसम्म क्याम्पस पढ्थे ।

११ वजेदेखि ४ वजेसम्म स्कूल पढाउथे र ४ वजेपछि रेडियोमा कार्यक्रम चलाउथे ।’ पछि त गुञ्जालाई रेडियोमा भ्याइ नभ्याई भएपछि उहाँले स्कूल पढाउन छाड्नु भएको थियो । र रेडियोमा समाचार वाचन रिर्पो्टिङ्ग र कार्यक्रमहरु सञ्चालन गर्न थाल्नुभयो । पत्रकारितामा नै आफ्नो क्यारियर बनाउनका लागि उहाँले विभिन्न तालिमहरु पनि लिनु भएको थियो । तालिमहरु लिन जानका लागि कहिले काही बाहिर पनि जानु पथ्र्यो ।

त्यसका लागि उहाँका बुवाले इजाजत दिनुहुन्थेन । तैपनि गुञ्जाले आफ्नो बुवालाई कन्भिन्स गर्नुहुन्थ्यो । एकचोटी जान दिनुस््, त्यहाँ केटाहरु मात्र होइन, थुप्र्रै केटीहरु पनि आउँछन् केही हुँदैन, प्लिज एकपटक जान दिनुस् भनेर बुवालाई उहाँले मिलाउनु भएको थियो । उहाँका बुवा शिक्षा कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

पछि त छोरीले राम्रो गर्दैछन् भनि चारैतिरबाट चर्चा आउन थालेपछि विश्वास गरेर छोरी गुञ्जालाई पत्रकारितामा केही गरोस् भनि सहयोग पनि गर्न थाल्नुभयो । केही दिनपछि गुञ्जालाई स्पोन्सर कार्यक्रमहरु पनि सञ्चालन गर्न अफर आयो । पहिलो पल्ट सर्च फोर कमन ग्राउण्डको प्रायोजनमा कार्यक्रम खुल्लाधर्ती जसमा समसमायिक विषयमा सम्वन्धित निकायका व्यक्तिलाई आमन्त्रित गरी टक शो कार्यक्रम पनि चलाउनुभयो । त्यति बेला गुञ्जाको झन चर्चा शुरु भएको थियो ।

यो कार्यक्रममा सिमान्तकृत व्यक्तिहरुले भोगिरहेको दुःख पिडालाई सम्वन्धित निकायसँग साक्षात्कार गराउने काम उहाँले गर्नुहुन्थ्यो । जसको कारणले विभिन्न गाविसमा हुने अनियमितता तथा भ्रष्टाचारका कुराहरु बाहिर आउँथ्यो । त्यसले गर्दा गाविसका सचिवहरु गुञ्जा रायलाई धम्की दिने, डराउने काम पनि गर्थे ।
तर उहाँ कहिले पनि आफ्नो कामबाट विचलित हुनुभएन । उहाँ भन्नुहुन्छ, काममा लगनशिलता, आत्मविश्वास र जिन्दगीमा केहि गर्ने अठोट राखे पछि कसैको धाकधम्कीले केही असर गर्दैन र यस्तै अठोटका साथ म अगाडी बढ्दै गए ।’

काम गर्दै जाँदा जनकपुरका लागी राष्ट्रिय समाचार समितिको स्टिङ्गरको रुपमा पनि उहाँले. काम गर्नुभयो । त्यस्तै एन्टेना फाउन्डेशन नेपालमा पनि काम गर्ने मौका उहाँले पाउनुभयो । फाउन्डेशनबाट संचालन हुने कार्यक्रम नेपाल चौतारीमा उहाँले बनाउनु भएको विभिन्न समसमायिक विषयवस्तुमा आधारित रेडियो फिचरहरु व्रोडकास्ट हुन्थ्यो ।


एउटा फिचर बनाउन महिनौ लाग्थ्यो, आफ्नो अनुभव सुनाउँदै गुञ्जा राय भन्नुहुन्छ, मलाई अहिले पनि सम्झना छ ०६२ र ०६३ को मधेश आन्दोलनपछि केही फिचर बनाउँदा निकै अफ्ठयारो भएको थियो । ‘किन हुदैछन् मानिसहरु तराईवाट विस्थापित’ विषयमा फिचर बनाउँदा पहाडी समुदायको व्यक्तिहरु बालवालिकासँग उहाँलाई अवाज लिनु थियो तर उनीहरुले आफ्नो आवाज दिन मानिराखेको थिएन ।

कसरी कसरी गुञ्जाले मिलाउनु भयो । निकै अप्ठ्यारो अवस्थामा उहाँले त्यो फिचर बनाउनु भएको थियो । त्यस्तै सशस्त्र समूहको फिचर बनाउन पनि भएको थियो । सशस्त्र समूहको फिचर बनाउन कम्ती चुनौति थिएन त्यतिबेला । फिचर बनाउन लाग्दा उहाँकै साथीहरुले विभिन्न कुराहरु भनेर डराइएको थियो । तर उहाँले आँटेर त्यो काम पुरा गर्नुभयो ।

रेडियोमा काम गर्दा कुरा काट्ने मान्छेको कमी थिएन । गुञ्जाको मुखमै कसैले केही नभने पनि पिठ्यु पछाडि कुरा काट्नेको कमी थिएन । उहाँ भन्नुहुन्छ, रेडियोमा काम गर्दा मेरो मुख अगाडी केही नभने पनि मैले त्यहाँ काम गरेकोलाई राम्रो मानिरहेको थिएन । कसै कसैले भन्ने गर्थे त्यहाँ खाली केटा मान्छेहरु काम गर्छन् रे । केटाहरुसँग काम गर्छन् ।
छ्या कसरी गर्दो होला पनि कुरा काट्थे । तर मैले कसैको कुरामा कहिले ध्यान दिइनन् । आफू सत्यको बाटो दृढता र लगनशिलताका साथ अगाडी बढदै गए । पछि कुरा काट्नेले नै प्रसंशा गर्न थाले ।’ एउटा भनाई छ, कसै माथि हिंसा गर्नु र आफुमाथि भएको हिंसा सहनु, हिंसा गर्नु भन्दा ठूलो अपराध आफुमाथि भएको हिंसा सहनु हो त्यसैले हिंसा, अन्याय सहनु हुदैन भनि गुञ्जाको बुझाई छ ।

गुञ्जाको समाजिक सेवा
२०६६ सालमा बीएडको पढाई सकाएपछि गुञ्जा रायले विहे गर्नुभयो । हुन त गुञ्जालाई विहे गर्ने इच्छा थिएन । उहाँलाई केही गर्ने (जागिर) त्यसपछि मात्र विहे गर्ने सोच थियो तर आमाको स्वास्थ्य राम्रो नभएको कारण बाध्य भएर गुञ्जाको केही चलेन । छोरी पत्रकारितामा लागेको कारण विहेमा समस्या हुन्छ कि भनेर गुञ्जाको बुवाले पत्रकारिताको विषय लुकाउन चाहनु भएको थियो । छोरी पत्रकरिता गर्दैछन् । रेडियोमाा बोल्दैछन् भनेर कसैले कसैलाई नभन्नु भनेर घरमै उहाँको बुवाले भन्नुभएको थियो ।

तर, गुञ्जालाई यो कुरा लुकाउन मन लागेको थिएन । उहाँले विहे हुने केटालाई फोन गरेर भेट्नु भयो र आफ्नो बारेमा सबै कुरा बताई दिनुभयो । गुञ्जाले आफ्नो बारेमा भन्नुभन्दा पहिलेदेखि केटालाई सबै कुरा थाह थियो । पत्रकारिता उहाँलाई मनपर्ने कुरा हो रे । त्यसैले गुञ्जालाई कुनै कुराको समस्या भएन र विहे भयो । विहे भएपछि पनि उहाँले आफ्नो पत्रकारिता कामलाई निरन्तरता दिनुभएको थियो । त्यसका साथै उहाँले पत्रकारिताका साथै विभिन्न संघ संस्थाबाट चलिरहेको मानव अधिकार महिला अधिकार, वालअधिकार जस्ता परियोजनामा काम गर्न थाल्नु भएको थियो ।

महोत्तरी जिल्लाको वर्दिवास स्थित सामुदायिक विकास पैरवी मञ्चवाट संचालित हुने महिला सशक्तिकरण कार्यक्रम ३० वटा गाविसमा संचालित थियो । त्यसको जिल्ला संयोजक भएर उहाँले काम गर्नुभएको थियो । त्यो कार्यक्रममा महिलामाथि हुने विभिन्न किसिमका हिंसा जस्तै घरेलु हिंसा, वहुविवाह, वालविवाह, दाईजोप्रथा, बलात्कार जस्ता हिंसा अपराध सम्वन्धी कानूनी जनचेतना जगाई महिलाहरुलाई शसक्तीकरण गर्ने काम सँगसँगै न्यायका लागि सम्वन्धित निकायमा पुप्याउने काम समेत उहाँले गर्नुहुन्थ्यो ।

एकपटक महोत्तरीको विजलपुरा गाउँमा भएको बलात्कारका घटना, औरही गाविसमा भएको वालविवाह र माईस्थान गाविसमा भएको वहुविवाहको घटना बाहिर ल्याएर सम्वन्धित निकायसम्म पुर्याउँदा उहाँले त्यतिबेला निकै धाकधम्की सहनु परेको थियो ।

तर उहाँले पिडितलाई न्याय दिलाउनका कहिले पछाडी हट्नु भएन । बलात्कारका मुद्दामा मान्छे समातिएपछि पिडितलाई न्याय दिलाउन सफल त हुनुभयो तर फितलो कानून र पिडकमूखी प्रहरी प्रशासनका कारण बालविवाह र वहुविवाहका पिडक फरार भएका कारण पिडितलाई न्याय दिलाउन सफल भएको थिएन । त्यस्तै महोत्तरी जिल्लाकै मानव अधिकार संरक्षण केन्द्रबाट अन्तराष्ट्रि आयोग र जुरिस्टिसको सहयोगमा संचालित महिलाको न्यायमा पहुँच परियोजनाको जिल्ला संयोजक भएर समेत काम गर्नुभएको थियो । यो परियोजनामा काम गर्दा विर्सनै न सक्ने एउटा घटना भएको थियो ।

जलेश्वर नगरपालिकका खैरा ११ बस्ने एक जना महिला आफनो छिमेकीबाट पिडित थिइन् । छिमेकीले विभिन्न निहुमा कुटपिट गर्दा गुञ्जाले सो घटनालाई लिएर प्रहरीमा जानुभएको थियो । तर त्यहाँ कुनै सुनुवाई नभएपछि बाध्य भएर एसपी कहाँ पुग्नु भएको थियो । एसपीले उहाँहरुको कुरा सुन्नुको सट्टा पिडितलाई झन गाली गरेर पिडित बनाउनु भएको थियो ।


यो कुरा लिएर उहाँले जिल्ला प्रशासन कर्यालयमा प्रमूख जिल्ला अधिकारी रामप्रसाद थपलिया समक्ष गालीवेज्जती र दुरव्यवहार सम्वन्धी निवेदन दिई बोधार्थ राष्ट्रिय महिला आयोगमा पठाउनु भएको थियो ।

त्यतिबेला राष्ट्रिय महिला आयोगको सदस्य रहनु भएकी मोहना अंसारीले गुञ्जालाई निकै सहयोग गर्नु भएको थियो ।

अन्सारीले जिल्ला प्रशासनलाई पत्र लेखेपछि प्रमूख जिल्ला अधिकारी रामप्रसाद थपलियाले गुञ्जा र पिडितहरुलाई बोलाएर चुनावको प्रेसरका कारण तपाईहरुसँग त्यस्तो व्यवहार गर्नुभयो । आइन्दा यस्तो हुँदैन भनि एसपीबाट माफी माग्न लगाउनु भएको थियो । पिडितले न्याय पाएको थियो ।
गुञ्जाको श्रीमान काठमाडौ बस्नु भएको कारणले उहाँलाई पनि त्यही जानु पर्ने भयो ।

काठमाडौमा पनि गुञ्जाको सेवा
काठमाडौमै बसिरहेको बेला २०७२ सालको भूकम्प आएको थियो । भूकम्प आएपछि उहाँले त्यहाँ पनि त्यतिकै बस्न सक्नु भएन । भूकम्प पिडितहरुको लागि उहाँले भोलेन्टियरी काम गर्न थाल्नु भएको थियो । त्यसपछि ओरेक नेपालद्धरा भूकम्पवाट प्रभावित गर्भवती, प्रसुती महिलाहरुको लागि ठाउँ ठाउँमा स्नेह केन्द्रहरु राख्दा उहाँले त्यसका लागि काम गर्नु थाल्नु भएको थियो ।

भूकम्पका बेला महिलाहरुसँग विभिन्न किसिमका घटनाहरु हुन थालेपछि ती महिला किशोरीहरु टहरामा बस्दाको क्रममा आत्मसंरक्षण कसरी गर्ने विभिन्न किसिमका मान्छेहरु आईरहेको हुनाले उनीहरुको गलत प्रलोभनबाट कसरी बच्ने भन्ने बारे महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु गरी जनचेतना जगाउने जस्ता कामहरु उहाँले गर्नुहुन्थ्यो ।


युनिसेफको सहयोगमा आसमा नेपालद्धरा सञ्चालित परियोजना गुणस्तरीय शिक्षाका लागि स्थानीय निकायको सबलीकरण कार्यक्रम महोत्तरी जिल्लकाको १० वटा गाविसका लागि जिल्ला संयोजकको रुपमा उहाँले काम गर्न थाल्नु भएको थियो ।

यसै परियोजनामा काम गर्दाको क्रममा उहाँलाई स्वास्थ समस्या आउँदा उहाँले सर्जरी गराउनु परेको थियो । जसका कारणले उहाँलाई फिल्डमा गएर काम गर्न गाह्रो भइरहेको थियो । उहाँ त्यहाँवाट राजिनामा दिनुभएको थियो ।

गुञ्जालाई अदालतमा जागिर
उहाँलाई धेरै दिनसम्म रेस्ट गर्न मन लागेन । फिल्डमा गएर काम गर्न नसकेपनि बसि बसी गर्न सकिने काम गर्नुपर्छ भनि सोच आयो उहाँमा । पहिला देखि नै महोत्तरी जिल्ला अदालत र धनुषा जिल्ला अदालतमा मेलमिलापकर्ताको रुपमा गुञ्जा सूचिकृत हुनुहुन्थ्यो ।

 मेलमिलापकर्ताका लागी कुनै मुद्दामा छनौट भएका बखत ती मुद्दा हेर्ने काम गर्दै आएको हुनाले एक दिन यस्तै मेलमिलापकै कामले उहाँ धनुषा जिल्ला अदालतमा पुग्नुभएको थियो । त्यहाँ कम्प्युटर सम्बन्धी जान्ने केही कर्मचारीको अवश्यक्ता छ भनि उहाँले थाह पाउनु भएको थियो । उहाँले आफूले यो काम गर्न सक्छु सोचेर उहाँले फर्म भर्नुभयो । उहाँले जाँच दिनुभयो । त्यही दिन मौखिक पनि थियो ।

 मौखिक परीक्षा दिन जाँदा प्रमुख जिल्ला न्यायधिश ऋषी अधिकारी आफै अन्तरवार्ता लिइरहनु भएको थियो । गुञ्जाले भन्नुभयो, मलाई सोध्नुभयो तपाई त धेरै ठाउँमा काम गर्नु भएको छ । पत्रकारिता, समाजिक क्षेत्रमा, मानवअधिकार सम्वन्धि जस्ता काम गर्नु भएको छ । यति धेरै अनुभव भएर पनि यहाँ किन काम गर्न आउनु भएको ।

अनि मैले आफ्नो स्वास्थ्यको समस्या नबताई, श्रीमान रहर जागेर जागिर खान आएको भनेको थिए । त्यसपछि उहाँले जवाफ दिनु भयो कि यो काम तपाईको लागि राम्रो छैन मेरो सल्लाह मान्नुस् तपाईको लागि मानव अधिकार क्षेत्र नै राम्रो छ एति धेरै अनुभव भएको मान्छे के यो करारको जागिर खानुहुन्छ । तैपनि मैले भने, श्रीमान म एकपल्ट यो काम पनि गर्न चाहन्छु । यो क्षेत्रको पनि अनुभव लिन चाहन्छु ।’

एक नम्बरमै उहाँको नाम निस्केछ । २०७३ पौष १७ गतेको नियुक्ति पत्र लिई त्यही दिनदेखि काम गर्न थाल्नु भएको थियो । त्यतिवेला अदालतमा श्रेष्तेदारको रुपमा रहनुभएका नन्दकिशोर यादवले गुञ्जालाई अदालतको छिनुवा फाँटमा फैसला भएको मुद्दाहरुलाई कम्पुटरमा इन्ट्री गर्ने काममा लगाउनु भएको थियो । त्यसबाहेक अन्य पत्रहरु लेख्ने काम पनि उहाँले नै गर्नुहुन्थ्यो । श्रेष्तेदारको रुपमा राधाकान्त झा आएको तीन चार महिनापछि गुञ्जालाई सो फाँटबाट मुद्दा फाँट नम्बर ५ मा सारिएको थियो ।

 त्यहाँ गुञ्जाको जिम्मेवारी झन बढ्यो । उहाँ आफ्नो बलबुत्ताले भ्याएसम्म सबै काम भ्याउनु हुन्थ्यो । उहाँलाई कामको चापले चिया खान समेत फूर्सद हुँदैन्थ्यो । साथी भाइलाई भेट्ने फुर्सद हुँदैन्थ्यो । उहाँ लगनशिल भएर काम गर्दै आइरहेको थियो । एक दिन अचानक २०७५ असोज ३ गते एक घटना भयो । जसले उहाँको जागिर नै खोस्यो ।


असोज ३ गते कर्यालय विदा भएकाले गुञ्जाले दिनभरी घरमै मोवाईलमा नेट चलाउदै विभिन्न अनलाईनहरुमा आएको समाचारहरु पढदै बस्नु भएको थियो । कुनै समाचार पढेपछि त्यो समाचार अरुले पनि पढुन् भनेर आफ्नो फेसबुकमा सेयर गर्ने बानी थियो गुञ्जाको । र, त्यो दिन पनि उहाँले त्यस्तै गर्नुभयो । कालो दिवसको विषयमा आएको समाचारलाई आफ्नो फेसबुकमार्फत सेयर गर्नुभएको थियो । त्यसको भोलीपल्ट अर्थात असोज ४ गते कार्यालय जाँदा गुञ्जालाई श्रेष्तेदार राधाकान्त झाले बोलाउन लगाउनु भयो ।

तपाईले संविधानको विरोधमा के के पोष्ट गर्नु भएको छ भनि श्रेष्तेदार झाले गुञ्जालाई सोध्नु भएको थियो । त्यसपछि गुञ्जाले आफू संविधानको विरोधमा केही पनि पोस्ट नगरेको दावी गर्नुभएको थियो । त्यसपछि श्रेष्तेदारले .फेसबुकमा समाचारको लिंक सेयरको कुरा गर्नुभएको थियो ।

लिंक सेयर गरेको तर त्यसमा आफ्नो केही पनि विचार व्यक्त नगरेको धारणा गुञ्जाले दावी गर्नुभएको थियो ।
लिंक सेयर गर्नु गलत हो भने कुरा आफूलाई थाह नभएको अब यस्तो हुँदैन भन्ने कुरा गुञ्जाले श्रेष्तेदार झा समक्ष राख्नुभएको थियो.उहाँले । यति भनेर गुञ्जा काममा लाग्नुभयो । असोज ५ गते गुञ्जा अफिस जाँदा अवकाशपत्र हातमा थमाई दियो । घर फर्केर उहाँले न्यायधिलाई फोन गरेर सबै कुरा जानकारी गराउनुभयो ।

न्यायधिशले पनि लिंक सेयर गर्नुहुँदैन भन्ने कुरा तपाईलाई थाह छैन भन्नुभएको थियो । गुञ्जाले त्यहाँ पनि आफूलाई त्यो कुरा थाह नभएको दावी गर्नुभएको थियो । त्यसपछि न्यायधिले यो प्रशासनको कुरा हो, प्रशासन मै गएर सम्पर्क गर्न गुञ्जालाई भन्नुभएको थियो तर गुञ्जालाई आफ्नो नैतिकता दाउमा राराखेर प्रशासनको अगाडि घुँडा टेक्न मन लागेन ।

उहाँले जागिर छाड्नु भयो तर संघर्ष गर्न छाड्नु भएन । उहाँले भन्नुभयो, मेरो आफ्नो जागिरको सवाल होइन, मैले त आज चाहियो भने आजै कुनै ठाउँमा जागिर हुन्छ तर लाखौ व्यक्ति करारमा जागिरे छन् । उहाँहरुलाई पनि यस्तै गरि नहटाइयोस् भनेर आवाज उठाएको हुँ हेरौ कतिसम्म सफल हुन्छु ।

अन्त्यमा, 
महोत्तरी जिल्ला पिगौना गाविस वडा नं. ८ लोचना हाल जलेश्वर नगरपालिका ११ मा जन्मनु भएका गुञ्जाको आमाको नाम राम कुमारी देवी र वुवाको नाम लक्ष्मण राय हो ।

गुञ्जाको अर्को सौख भनेको नृत्य हो । घरमा गाउँमा स्कूलमा वा कुनै पर्वहरुको उपलक्ष्यमा कुनै कार्यक्रम हुदाँ भाग लिनुहुन्थ्यो उहाँले नृत्य गरेर विभिन्न पुरस्कार समेत पाउनुभएको छ । वाल्यकाल पार गर्दै २०५९ सालमा महोत्तरीको सदरमुकाम जलेश्वर स्थित लक्ष्मी चण्डी मुरारका विद्यालयबाट म एसएलसी पास गर्नुभएको छ ।

गाउँबाट क्यामपस पढन धेरै टाढा भएकोले उच्च शिक्षा आर्जन गर्न जनकपुर बस्न थाल्नु भएको थियो । ११ कक्षाका लागी एस एम क्यामपस  जनकपुरमा आर्ट लिई उच्च शिक्षा अध्ययन शुरु गर्नुभएको उहाँ स्नातकका लागी जनकपुरकै राजर्षी जनक क्यामपसमा अध्ययन गर्न थाल्नुभएको थियो ।

 परिवारको आर्थिक स्थिति राम्रो भएपनि एलएलसी दिएर नै गुञ्जाले काम गर्न खोज्नु भएको थियो । तर उहाँको बुवाले अनुमति दिनुभएको थिएन । स्नातक पहिलो वर्षको कक्षा समापनपछि जनकपुरकै शंकर शिशु सदन वोर्डिङ्ग स्कूलमा ५ कक्षासम्म पढाउन थाल्नु भएको थियो र साथमा पत्रकारिता पनि । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..