» » काठमाडौमा बोलाउनुभयो त्रिपाठीले समूहको भेला

काठमाडौ मंसिर १४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्तरिक विवाद चलिरहेको बेला सो पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन गरेका ह्रदयश त्रिपाठीले काठमाडौमा समूहको भेला बोलाउनु भएको छ । 

मंसिर २८ गते हुने सो भेलाको तयारी भइरहेको समूहका संयोजक ह्रदयश त्रिपाठीले जानकारी दिनुभयो । भेलामा देशैभरिका सिमित व्यक्तिको मात्र उपस्थिति रहने बताउँदै उहाँले यो भेलामा चुनावदेखि हालसम्म देशमा भएका घटनाक्रमको बारेमा छलफल हुने बताउनुभयो ।

राजपा नेपाल गठनमा विशेष भूमिका खेलेका त्रिपाठी सो पार्टी छाडेर समूह गठन गरी तत्कालिन एमालेको सूर्य चिन्हबाट चुनाव लड्नु भएको थियो । त्यसमा नवलपरासीबाट त्रिपाठी र कपिलवस्तुबाट वृजेष गुप्ता प्रतिनिधिसभा र नवलपरासीबाट अजय शाही र कपिलवस्तुबाट धर्मबहादुर लाल श्रीवास्तव प्रदेशसभामा जित्नुभएको हो ।

समूहका नेता इश्वर दयाल मिश्रले भन्नुभयो, यो भेलामा समूह बाहिरबाट पनि सहभागी हुन्छन् । समसामयिक विषयमा छलफल हुने भएकाले यसमा बौद्धिक छलफल हुने भएकाले बाहिरका व्यक्तिलाई पनि बोलाउने कुराकानी भएको छ ।’

उहाँले समूहप्रति थुप्रै नेता तथा कार्यकर्ताहरुको आकर्षण छ । राजपा नेपालदेखि फोरम नेपाल, काँग्रेस र नेकपाबाट पनि समूहमा आउन तयार रहेको उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, राजपा नेपाल र फोरम नेपालबाट सबभन्दा बढी आकर्षण हाम्रो समूहप्रति रहेको छ ।’

यसअघि एउटा भेला नवलपरासीमा पनि सम्पन्न भएको छ । त्यो भेला जिल्ला स्तरीय भेला थियो । यो भेला राष्ट्रिय स्तरको हो । तर त्रिपाठीले यसलाई राष्ट्रिय भेला भनेको छैन । उहाँले भन्नुभयो, यो एउटा भेला मात्र हो, यसमा छलफल हुन्छ त्यसपछि अगाडि के गर्ने कुरा हुन्छ ।’

राजपा नेपालमा विवाद शुरु भएपछि समूहले गर्न लागेको भेलाले ठूलो अर्थ राख्छ । सो समूहमा अधिकाँश राजपा नेपालबाट गएका नेताहरु छन् । यदि राजपा नेपाल विभाजन भयो र तमलोपा पुर्नगठन भयो भने समूह त्यसमा मिसिन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

महन्थ ठाकुरलाई राजपा नेपालको संयोजकबाट हटाएको भोलीपल्ट त्रिपाठीले उहाँलाई भेट्नु भएको थियो । तर इश्वर दयाल मिश्र भन्नुहुन्छ, राजपा नेपालको विवादसँग आफ्नो यो भेलाको कुनै कनेक्सन छैन । राजपा नेपालमा विवाद आउनु भन्दा पहिले नै यो कार्यक्रम तय भएको थियो ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

..