» » संघीयता कार्यान्वयनका लागि एकधक्का अझै दिनुपर्छ-मन्त्री साह

कार्तिक २२, गते । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष एवं समाजिक विकास मन्त्री नवलकिशोर साहले संघियताका कार्यान्वयनका लागि एक धक्का अझै दिनुपर्ने बताउनु भएको छ ।

मित्र युवा क्लव सप्तकोसी नगरपालिका द्वारा आयोजित एक कार्यक्रममा उहाँले संघीयतालाई धरापमा पार्नका लागि मधेशी र आदिवासी जनजातिबीच फुट ल्याउने षड्यन्त्र भइरहेको बताउनुभयो । अब कुनै लोभलालचमा नपरि संघियता बचाउनका लागि सबैले एकधक्का दिनु पर्ने उहाँले बताउनु भएको छ ।

उहाँले प्रदेश २ का सरकारले संघीयता बचाउनका लागि अगुवाई गरिरहेको बताउँदै यसमा सातै प्रदेशको ऐक्यबद्धता रहेको दादव् पनि गर्नुभयो ।

सो कार्यक्रममा नीति आयोगका सदस्य एवं राजपा नेपालका महासचिव राजकुमार लेखीले प्रदेश २ को नीति संघीयतामुखी हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा राजनितीक विश्लेषक उपेन्द्र झा, राजपा केन्द्रीय सदस्य गणेशलाल साह, आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्ष वृजमान तामाङ, रोयल वोडिङग स्कुलका प्रधानाध्यापक दिनेश यादव, राजपा नेता जयसुन्दर यादव, सप्तकोसी नगरपालिकाका उपप्रमुख आशा चौधरी लगायतका बक्ताहरुले नयाँ नेपालका लागि उत्पिडित वर्गहरु, थारु, जनजाति ,आदिवासी,मधेशी ,मुश्लिम, दलितलाई एक हुनुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा भर्खरै नीति आयोगका सदस्य भएकोमा राजकुमार लेखीलाई बधाई समेत दिनु भएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..