» »Unlabelled » प्रदेशको नामाकरण (सम्पादकीय)

सातवटा प्रदेशमध्ये तीनवटा प्रदेशको नाम चयन भइसकेको छ । प्रदेश नम्बर ७ को नाम सुदुरपश्चिम राखिएको छ । प्रदेश नम्बर ६ को नाम कर्णाली राखिएको छ भने प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश राखिएको छ । अब बाँकी एक, दुई, तीन र पाँच बाँकी रहेका छन् । राजनीतिक रुपले यी तीन प्रदेश पेचिलो प्रदेश रहेका हुनाले नामकरण गर्न ढिलाई भएको हो ।

एक नम्बर प्रदेश झापा, सुनसरी, मोरगं जस्ता राजनीतिक रुपले प्रशिक्षित प्रदेश भएका हुनाले नाम राख्नमा समय लागेको छ । दुई नम्बर प्रदेश झन राजनीतिक रुपले सबभन्दा बढी विवादित जिल्ला भएका हुनाले यहाँ अरु प्रदेश भन्दा नामाकरण गर्नमा ढिलाई हुने देखिएको छ । त्यस्तै, तीन नम्बर प्रदेश सबै प्रदेश भन्द ठूलो र राजनीतिक रुपले तथा अन्य रुपले सबभन्दा अगाडि देखिएको हुनाले यसको नामाकरण गर्न त्यति सजिलो देखिएको छैन ।

पाँच नम्बर प्रदेश पनि हरेक कुरामा अगाडि रहेको र राजनीतिक रुपमा पहिलादेखि चलयमान भएको हुनाले नाम राख्नमा गाह्रो भइरहेको छ ।
प्रदेश ३ देशको राजधानी भएको प्रदेश हो ।

त्यसबाहेक अरु हिसाबले पनि सबभन्दा बढी बलियो तथा बौद्धिक क्षेत्र रहेको छ । त्यस्तै, एक, दुई र पाँच नम्बर प्रदेश मधेशका जिल्ला भएका प्रदेश हुन् । यी तीनवटा जिल्लालाई मधेश प्रदेश बनाउनुपर्छ भनि पहिलादेखि विवाद थियो । यी तीनटै प्रदेशलाई मिलाएर एउटै प्रदेश बनाउनुपर्ने विवाद अझै रोकिएको छैन । अहिले पनि मधेशी जनता एक मधेश एक प्रदेशका लागि आन्दोलन गर्न तयार भएर बसेका छन् । तर, जति आन्दोलन गरेपनि राज्यले सुनेको छैन ।

सयजना भन्दा बढीले यसका लागि सहादत दिइसकेका छन् । सैयौं व्यक्ति घाइते भएर बसेका छन् । तैपनि राज्यले सुनेको छैन । अहिले यी तीनवटै प्रदेशमा आफ्नो पहिचानका लडाई बाँकी नै छन् । प्रदेश एकमा पनि मधेशी जनताले आफ्नो पहिचानसहितको प्रदेशको नाम राख्न खोजिरहेका छन् । त्यहाँ मधेशी, थारु लगायत मुस्लिम, जनजातिहरुको बाक्लो उपस्थिति रहेका छन् । उनीहरुले आफ्नो पहिचान खोजेका छन् ।


दुई नम्बर प्रदेशको बारेमा कसैलाई भन्नै पर्दैन । यो मधेश प्रदेश भएपनि यहाँ कसैले भोजपुरा, कसैले अवध त कसैले मैथिली त कसैले के भनेर माग गरिरहेका छन् । अहिले आएर मध्य मधेशको कुरा पनि उठि रहेको छन् । तराई मधेशका जनता मधेश प्रदेशका लागि आन्दोलन गरेका थिए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मधेशका २२ वटा जिल्लालाई एउटै मधेश प्रदेश बनाउनुपर्ने माग जवर्जस्त रुपमा उठेको थियो । २०६५ सालमा भएको आठ बुँदे सम्झौतामा ती सबै कुरा स्वीकार गरेको थियो ।

नयाँ सविधानमा पनि ती कुराहरु राख्ने कुराहरु भइरहेको थियो तर षड्यन्त्रपूर्वक ढंगबाट सविधानसभा नै विघटन गर्यो । यदि त्यो बेला सविधानसभा विघटन नभएको भए एकवटा प्रदेश नभएको भए दुईटा प्रदेश अवश्य हुन्थ्यो तर ठूला राजनीतिक दल भनाउँदाहरुले षड्यन्त्रपूर्वक सविधानसभा विघटन गराएर मधेशी, आदिवासी जनजाति, पिछडा तथा उत्पीडित समुदायलाई कमजोर बनायो ।


२०७० सालको दोस्रो सविधानसभा चुनावमा ती सामुदायको म्याजरोटी आउन सकेन । अर्थात बहुमत नहुँदा सोचेका र सम्झेका कामहरु पनि गर्न सकिएन । एक मधेश, एक प्रदेश कहाँ हरायो कहाँ । मधेशलाई आठवटा प्रदेशमा समिति गर्यो ।

 आठवटा जिल्लामा मधेशलाई समिति गरेको कुरा नीतिगत रुपमा मधेशवादी दलले स्वीकार गरिसकेका छन् । सोही संरचनामा आआफ्नो पार्टी गठन पनि गरेका छन् । त्यो प्रदेशमा भाग पनि लिए । भाग लिएर अहिले सरकारको नेतृत्व पनि गरेका छन् । यसबाट के प्रष्ट हुन्छ कि राज्यले षड्यन्त्रपूर्वक ढंगबाट बनाएको मधेश प्रदेशलाई यी दलका नेताहरुले स्वीकार गरिसकेका छन् ।

 फेरि अहिले अहिले आएर कतिपय अभियन्ताहरुले मधेश प्रदेशलाई आझेलमा पार्नका लागि त्यसमा मध्य लगाएर मध्य मधेश नामाकरण हुनुपर्ने बताउँदै आइरहेका छन् । मधेशका अरु जिल्ला समावेश भएका जिल्लालाई टुक्राएर मधेश प्रदेशमा गाँभ्ने कुनै अवस्था छैन । यता आठवटा जिल्लालाई पनि छाती ठोकेर मधेश प्रदेश राख्न सकिएन भने मधेशको नामो निशान समाप्त हुन्छ ।

 ल ठिक छ दुई नम्बर प्रदेशलाई मध्यमधेश राख्यो । के एक नम्बरलाई पूर्वी मधेश र पाँच नम्बरलाई पश्चिम मधेश नाम राख्न सकिन्छ त ? राख्नुपर्ने कुनै अवस्था छैन । र, अहिले एक नम्बर र पाँच नम्बर प्रदेशलाई दूई नम्बरमा मिलाउने वा यस्तै मधेशको पहिचान झल्किने खालको प्रदेश बनाउन नसकिने भएका हुनाले प्राप्त मधेश प्रदेशलाई पनि विग्राने षड्यन्त्र भइरहेको छ । अर्को कुरा, मिथिला र भोजपुरा प्रदेशका लागि मधेशी जनताले आन्दोलन नै गरेका थिएन ।

कुनै व्यक्ति वा संस्थाले आफ्नो ढंगबाट मिथिला, अवध र भोजपुरका लागि आन्दोलन गरेका होलान तर जसरी मधेश प्रदेशका लागि सिँगै मधेशी जनता सडकमा आएका थिए, त्यसरी अरु कुनै मागका लागि सडकमा यसरी आएका थिएन । त्यसैले मधेश प्रदेश नै उपयुक्त होला जस्तो लाग्छ । मधेश प्रदेश राख्यो भने यसका लागि सहिद भएकाहरुको पनि सम्मान हुन्छ । घाइतेलाई पनि सम्मान हुन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..