» » अध्यक्षमण्डलको बैठक महन्थ ठाकुर नजाने

काठमाडौ मंसिर १४–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोले आज एकवजेका लागि बोलाउनु भएको बैठकमा महन्थ ठाकुर नजाने भएको छ ।

संयोजक फेरिएका कारण पार्टी विवाद रहेको कारण केही दिनदेखि अध्यक्षमण्डलको बैठक बसिरहेको थिएन । तर आज बैठक बोलाएको छ ।

पार्टीका महासचिव केशव झाका अनुसार छजना अध्यक्ष उपस्थित रहने गरि आज अध्यक्षमण्डलको बैठक बस्नेछ ।’

यद्यपी महन्थ ठाकुर बैठकमा आउने कि नआउने विषयमा अन्योल रहेको बेला राजेन्द्र महतो आफै उनीसँग वार्ताका लागि सानो ठिमी निवास पुग्नुभएको थियो । कुराकानी के भयो त्यो अझै खुलेको छैन ।
राजपा नेपाल अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो आएपछिको यो पहिलो बैठक हो ।

राजेन्द्र महतो संयोजक बनेपछि पार्टीमा आन्तरिक विवाद शुरु भएको हो । कात्तिक ४ गते बसेको अध्यक्षमण्डलको बैठकले महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई बहुमतको निर्णयबाट संयोजक बनाएको थियो ।

महतो संयोजक बनेपछि पार्टीमा विवाद उत्पन्न भएको हो । अध्यक्षमण्डलको बैठक मंसिर १० गते बोलाएको थियो तर त्यसमा महन्थ ठाकुर र राजिकिशोर यादव अनुपस्थित भएपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..