» » शक्तिको दुरुपयोग गर्दै जग्गामा कुदृष्टि

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अनिरुद्धप्रसाद सिंह यादव र उहाँका छोरा मेयर अतिशकुमार सिंह यादवले सार्वजनिक जग्गालाई व्यक्तिगत बनाउन लाग्नु भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिकामा रहेको सो सार्वजनिक जग्गा उहाँले नीजिकरण गर्न खोज्नु भएको भन्दै स्थानीय जनता यतिखेर आन्दोलित भएका छन् । आतेशकुमार सिंह यादव बोदेबरसाइन नगरपालिका प्रमुख हुनुहुन्छ । यो जग्गा नगरपालिकाका प्रमुख आतेशकुमारको नाममा नामसारी गरिएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । 

सार्वजनिक जग्गा नीजिकरणबाट जोगाउन इन्जिनियर आलोककुमार यादवको अध्यक्षतामा गठित संर्घष समितिले बोदेबरसाईन नगरपालिकामा सार्वजानिक जग्गा माथि नीजिकरणको विरुद्ध आन्दोलन शुरु गरेको छ ।

पूर्व सभासद सुरेन्द्रप्रसाद यादवले पनि नगरपालिका भित्रको सार्वजनिक जग्गाको संरक्षण, सम्बद्र्धन गर्ने अभिभावक नगर प्रमुख नै हो तर, रक्षक नै भक्षक भएको आराप लगाउनुभयो । यस्तो कार्यले उनीहरुको सामाजिक, राजनीतिक तथा आर्थिक रुपमा हित नहुने भन्दै जनतामा अविश्वासको वातावरण बन्दै गइरहेको उहाँले बताउनुभयो करिब चार दशकअघि तत्कालिन गाउँ पञ्चायतलाई चार लाख रुपियाँमा बिक्री गरेको जग्गा अहिले सत्ताको बलमा नीजिकरण गर्न खोजेको आरोप लाग्न थालेको छ ।


जग्गमा वर्षौ पहिलेदेखि सार्वजनिक संरचना निर्माण गरिएपनि ती संरचना समेतलाई सत्ताको बलमा हड्प्न खोजेको आरोप आन्दोलनकारीको रहेको छ । सोही नगरपालिका वडा नम्बर–३ वडा अध्यक्ष अनोजकुमार यादवले यस्तो किसिमको सस्यालाई समाधान गर्न नगरपालिका अगाडि बढ्नु पर्ने बताउनुहुन्छ । बोदेबरसाइन ५ स्थित कित्ता नम्बर ६०९, ६१४ र ६१५ को जग्गामध्ये किता नम्बर ६०९ को दुई कठ्ठा १० धुर जग्गामा दुईतल्ले गाउँ पञ्चायत भवन २०२६ सालमा नै निर्माण भएको थियो ।


सोही भवनमा बोदेबरसाइन गाविसको कार्यालय रहँदै अहिले वडा नम्बर ५ को कार्यालय सञ्चालन भइरहेको छ । पञ्चायतकालमा भवन निर्माण गरेपछि कित्ता नम्बर ६०९ मध्येकै एक बिघा दुई कठ्ठा जग्गाको गाउँ पञ्चायत कार्यालयको नाममा रजिष्ट्रेशन गर्न त्यसबेला चार लाख अनिरुद्वप्रसाद यादवका बुवाले बुझि लिनुभएको आलोक यादवको दावी छ ।

रजिष्ट्रेशनका लागि आग्रह गर्दा आजभोली भन्दै हालसम्म नगरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, त्यसबेला जग्गाको पैसा बुझेको भरपाई गरिएको थियो, जग्गामा रहेको पोखरी ठेक्का लगाउँदै आएको रेकर्ड छ । अनि अहिले आएर उहाँकै सन्तानले नीजिकरण गर्न लागेको छ । बि.स. २०२६ सालदेखि २०४५ सालसम्म अनिरुद्वकै परिवारबाट गाउँ पञ्चायत÷गाविसको नेतृत्व गर्दै आएकोले जग्गा सरकारको नाममा रजिष्ट्रशन नगरिएको स्थानीय इन्जिनियर धनकिशोर साहको दाबी छ ।

सो सम्बन्धमा बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहले जग्गा नीजिकरण भएको कुरा बजारमा हल्ला गरेर नहुने समाधानको बाटो खोज्नु पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, जग्गा न त मेरो नाममा छ, न त मैले नीजिकरण गर्न खोजेको छु । मेरो परिवार दाता हो, हडप्ने होइन । अहिलेपनि नगरपालिका भवनका लागि १० कठ्ठा जग्गा दान गरेको छु ।’ जग्गाको बारेमा विवाद हुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीले नगरपालिकालाई पत्र लखेर त्यसको बारेमा जानकारी गराउन भनेको छ तर हालसम्म त्यसको प्रतिकृया पठाएको छैन । आन्दोलनकारीले यस विषयमा अख्तियारमा भदौंमा उजुरी हालेको छ तर हालसम्म यसको कुनै सुनुवाई भएको छैन ।

वोदेवर्साइ ५ स्थित किता नम्बर ६१५, ६१४, ६०९ किताहरु वोदेवर्साइन १ बस्ने अनिरुद्द कुमार सिंहको नाउँमा थियोे । त्योमध्ये ६०९ नम्बर कितामा पञ्चायतकालदेखि नै करिव ०–२–१० धुरमा दुईतल्ला मकान २०२५÷२६ सालमा ईटाको कम्पाउण्ड लगाई बनाइएको थियो । यस भवनमा गा.वि.स. कार्यालय संचालन हुदै आएको थियो र हाल वडा कार्यालय संचालन भइरहेको थियो ।

पञ्चायतकालमा सो जग्गामा गा.वि.स.को भवन निर्माण गरिएको थियो । त्यतिबेला नै तत्कालिन प्रधानपञ्च वृजेन्द्रकुमार सिह यादवले कि.नं. ६०९ मध्ये पञ्चायत भवनदेखि दक्षिण १–०–० एक विगहा जग्गा जग्गा धनिको बुवाले पैसालिई पास गरिदिन्छु भन्दा भन्दै यति समय वितिसक्दा पनि २०२६ देखि २०४५ सम्म निज परिवारकै सदस्य दाजु भाईहरु प्रधानपञ्च भई कामकाज गर्दै आएको  हो तै पनि आजसम्म पैसा लिएको जग्गा सरकारको नाममा गरिएको छैन ।

उल्लेखित जग्गामा पशु किनबेच गर्ने बजार सञ्चालन शुरुदेखि नै हुँदै आएको हो र त्यसको लागि त्यस जग्गामा भवन समेत निर्माण गरिएको हो र त्यो आज पनि रहेको छ जसमा अहिलेका वर्तमान मेयरको परिवारका सदस्यकै अध्यक्षतामा त्यो भवन निर्माण भएको थियो  साथै त्यस जग्गामा पञ्चायतकालदेखि नै पोखरी रहेको छ र गा.वि.स.ले त्यस पोखरीलाई टेन्डर निकालेर ठेक्का दिने कार्य गर्दै आएको थियो । त्यो पैसा गा.वि.स.को खातामा जाने गर्दथ्यो जुन कुराहरुको प्रमाण सरकारी निकायमा छ । अनुशन्धानको क्रममा ठेक्का लिने व्यक्तिहरुले पनि उपलब्ध गराउन सक्नेछ ।
\
साथै त्यस सरकारी जग्गामा भएको दुरसञ्चारको टावर पनि उल्लेखित जग्गामा रहेको छ । जुनको भाडा पहिला गाविसले उठाउने गरेको थियो तर हाल आएर उक्त टावर राखे वापतको भाडा व्यक्तिगत रुपमा मेयरले उठाउने गर्नुभएको छ । पहिला पशु हाटवजार लाग्ने गरेको ठाउँमा पनि विभिन्न तरिकाले हाटवजार नलाउन नदिई अवरोध गर्ने गरेको समेत देखिएको छ ।

कानुन र संवैधानिक व्यवस्था अनुसार चिरभोग वा भोगको निरन्तरताले स्वामित्व ग्रहण गर्दछ भन्ने सिद्धान्त रहेको छ तर यहाँ यसको कुनै पनि प्रकारको वास्ता गरिएको छैन र एकलौटी रुपमा सता र स्वार्थको गलत दुरुपयोग गरि सरकारी हक भोग र स्वामित्वमा रहेको जग्गालाई अहिले आएर मेयरले आफ्नो जग्गा रहेको विभिन्न वहानामा कार्यव्यापारहरु गरी र गराई हडपन खोजेका छन् ।

\यसको साथ साथै २०७४।७५ मा यस नगरपालिकामा अनिरुद्धप्रसाद सिंहले ०–१०–० जग्गा नगरपालिकाको भवन निर्माण गर्नको लागि दान गरेको समाचार प्रकाशित भएको सबैलाई थाहा जानकारी रहैकै छ ।
\
यस जग्गामा भएको भवनको बाटोको सन्दर्भमा किता नं. ६१५ मा तत्कालिन नगरप्रमुख आतिश सिंह, नगरपालिका अधिकृत उमेश कुमार यादव, इन्जिनियर अरविन्द कुमार यादवले सो ६१५ नं. कित्तामा बाटो प्रायोजनको लागि कित्ता काट नगराई व्यक्तिगत रुपमा  अनिरुद्र सिंहको जग्गामा पक्कि बाटो ढलान समेत गरेकोले अख्तियारको दुरुपयोग हुन भएको हो ।

सार्वजनिक वा सरकारी विकासको कुनै काम हुँदा सरकार वा अर्को निकायको नाममा वा विना कुनै कागज नै नगरि अर्काको जग्गामा पक्की वाटो निर्माण गर्नुले पनि जनप्रतिनिधि र सरकारी कर्मचारीहरुको नियत र नाता दुवैलाई उजागत गर्दछ ।

 वोदेवर्साइन १ किता नं. १७३ मा रहेको पोखरी र किता नं. ८ मा रहेको सार्वजनिक पोखरीहरु अलानी वा सरकारको सम्पति भए पनि हाल आएर मेयरले आफुखुशी त्यस पोखरीहरुलाई भोगचलन गर्न लागिएको र त्यसबाट आएको मुनाफा पनि व्यक्तिगत रुपमा खाई आएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..