कात्तिक २४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष एवं प्रदेश २ सरकारका सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश २ को खेलकुद नीति खेलमैत्री हुने बताउनुभएको छ।
विगतमा मधेसका खेलाडीहरु अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाउन सफल भएपनि अहिले केन्द्रीय खेलकुद नीतिले मधेसलाई पाखा लगाएको दावी गर्दै उहाँले खेलमा एकल वर्गको नीति अपनाएकाले खेलकुद जगत तहसनहस भएको र अब नयाँ सोचका साथ अगाडि बढनुपर्ने बताउनुभयो ।
राधाकृष्ण युवा क्लब ,गोविन्दपुर ,सवैला, धनुषाद्वारा आयोजित जिल्ला स्तरीय कवाडी प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री साहले मधेशमा पुनः खेलकुदलाई अगाडि बढाउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ।

No comments: