» » तराई मधेशको मनोदशा र वैकल्पिक शक्ति (लेख)

–राजकिशोर यादव
असोज ३ गते राज्यले सविधान दिवस मनाई रहँदा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) त्यसको विरोधमा एक्लै सडकमा ओर्लियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजपा नेपाल अपूर्ण तथा विभेदकारी सविधानको विरोधमा प्रदर्शन गर्यो । यसले फेरि एकपटक पुष्टि गरेको छ कि राजपा नेपाल मात्र यस्तो पार्टी हो मधेशी, आदिवासी जनजाति, अल्पसँख्यक, उत्पीडित समुदायको पक्षमा वकालत गर्न सक्छ उसको लागि लड्न सक्छ ।

यसको भूमिका अहिलेको परस्थिति अनुसार फरक रहेको छ । सामान्य अवस्थामा भएको भए प्रतिपक्ष वा विपक्षको भूमिका हुन्थ्यो तर अहिले परस्थिति फरक छ । सरकार बन्दै गर्दा देशलाई निकास दिनका लागि तथा सविधानको स्वीकार्यता सबैतिर हुनका लागि सविधान संशोधन गर्नुपर्नेमा राजपा नेपालले जोडदिएको थियो ।

सविधान संशोधन होस् भनेर राजपा नेपालले सरकारलाई मत दिएको थियो । देशको परिवर्तन, आर्थिक समृद्धि, तथा सविधान संशोधनका लागि दुई तिहाई बहुमतको आवश्यकता थियोे, जुन नेपाल कम्युनिष्ट नेपालसँग मात्र थियो । र, त्यो सविधानलाई संशोधन गर्न सजिलो होस् भनेर हामीले सरकारलाई राजपा नेपालले समर्थन दिएका थियो । समर्थन दिनुको यो मतलब होइन, कि सरकारमा नै सहभागी भएको होस् । यो कुराको भ्रम धेरैलाई छ । राजपा नेपालले सविधान दिवसको दिन विरोधका कार्यक्रम गर्दा धेरैले त्यसको बारेमा टिकाटिप्पणी गरेको सुनिएको थियो ।

 तर, त्यस्तो होइन, सविधान संशोधन गराउनका लागि विश्वास बनाउन मात्र रापपा नेपालले समर्थन गरेको थियो । अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशका सबै समस्या समाधान गर्दै सविधान संशोधन पनि गर्छु भनि पटक पटक प्रतिवद्धता जनाउनु भयो । त्यसमा विश्वास गरेर राजपा नेपालले समर्थन गरेको थियो । समर्थन गर्दैमा उसको गुलाम वा पिछलग्गु हुनुपर्छ भने होइन, गुण दोषको आाधारमा विरोध गर्नुपर्छ, जुन कार्य राजपा नेपालले गर्दै आएको छ ।

समर्थन किन दिएको भनि कुराको पुष्टि एउटा अर्को कुराले पनि पनि पुष्टि गर्छ । नेकपासँग सैद्धान्तिक तथा वैचारिक कुनै कुरा मिल्दैन तैपनि समर्थन गरेको छ । किन ? सविधान संशोधन एक मात्र स्वार्थ थियो त्यही कारणले बाध्य भएर समर्थन दिएको हो ।

 यसमा कसैलाई भ्रम नहोस् । यदि सविधान संशोधनबाहेक अरु केही स्वार्थ भएको भए राजपा नेपालले असोज ३ गते सविधानको विरोधमा कार्यक्रम नै गर्ने थिएन, जसरी संघीय समाजवादी फोरम नेपालले गरेको थियो । फोरम नेपाल नेकपालाई समर्थन मात्र दिएको छैन केन्द्रमा सरकारमा सहभागी पनि भएको छ र प्रदेश २ को सरकारलाई नेतृत्व पनि गरेको छ । त्यसैले उसको लागि विरोधमा नजानुको बाध्यता पनि हुनसक्छ तर राजपा नेपालको त्यस्तो कुनै बाध्यता थिएन । उ खुलेर विरोधमा गयो ।

सविधान संशोधनको समयमा मतको आवश्यकता पर्दा त्यतिबेला पनि समर्थन गर्दा हुन्थ्यो नि भनि धेरैको प्रश्न हुनसक्छ । तर त्यस्तो हुँदैन । त्यो त पुरै स्वार्थी पारा भइहाल्यो नि । काम परेको बेला मात्र खोज्ने, अरु बेला वास्ता नगर्ने चरित्र राम्रो होइन ।

राजपा नेपालले केपी शर्मा ओलीलाई मत दिएर यो पुष्टि गर्यो कि ल हामी तपाईको साथ छौं, हामीले तपाई समर्थन गर्यौं अब पालो तपाईको छ । सविधान संशोधन लगायतका कामका लागि आगामी बढ्नुस् । यदि सरकारलाई समर्थन नगरेको भए त्यसलाई मसाला बनाएर भ्रम छर्ने काम गर्न सक्थ्यो । जनताको हितका लािग, राष्ट्रको हितका लागि जतिखेर पनि राजपा नेपाल तयार छ भनि सन्देश दिनका लागि समर्थन दिएको हो । अब बल भनेको सरकारको कोर्टमा छ । अब राजपाले साथ दिएन भनि भन्ने आधार सरकारलाई नेतृत्व गर्ने दलसँग छैन ।

समस्याको पहिचान
अहिलेको टे«न्ड के छ भन्दा पनि परस्थितिलाई कसरी मूल्यांकन गर्ने त्यो मुख्य कुरा हो । हामीसँग सविधान संशोधन गर्नुपर्ने बाध्यता छ । र त्यो नगरिकन यो मुलुक आगाडी बढ्न सक्दैन भने कुरा सबैले बुझेका पनि छन् । सविधान संशोधन भएन भने मुलुकको भावनात्मक एकीकरण आगाडी बढ्न सक्दैन । राजनीति परिवेश भनौं वा शक्ति सन्तुलनको कुरा भनौ ती सबैमा दुई तिहाई चाहिने भएको छ ।

तर त्यसका लागि चाहिने दुई तिहाईका लागि ती शक्तिहरु आगाडी बढ्नुले यो समस्या उत्पन्न भएको हो । त्यसैले कहिले काँही आगाडी बढ्ने र कहिले कहाँ पछाडी हट्ने ‘अपस एण्ड डाउन’ हुने परस्थिति छ । जनताले जुनप्रकारको एजेण्डा दिएको छ, जुन प्रकारको साथ दिएको त्यो अनुसार आगाडी बढ्नुपर्ने सबैको बाध्यता छ । नेपालको जुन स्ट्रक्चरल समस्या छ त्यो रातारात समाधान हुने कुरा होइन ।

 यो समस्याको जड नेपाल निर्माणको क्रमसँगै शुरु भयो हो । त्यसैले यसलाई ठिक ठाउँमा ल्याउनका लागि केही समय त लाग्छ । शुरुदेखि नै तराई मधेशको बारेमा गलत बुझाउने काम गर्यो । तराई मधेशको बारेमा विभिन्न भ्रमहरु छर्ने कामा भयो । त्यसैले त्यो अवस्थालाई अब चिर्नुछ । समस्या जटिल हो र यसलाई समाधान गर्नका लागि यो १०–१२ वर्षलाई धेरै लामो समय भएको भन्न सकिदैन ।

स्वभाविक रुपमा देशमा परिवर्तन भएको हो । हिजोका रैतीहरु अहिले जनतामा परिवर्तन भएको छ । राज्यले जनतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको छ । र, त्यो लामो आन्दोलनबाट मात्र सम्भव भएको छ तर हामीले राष्ट्रिय मुक्तिको कुरा गरिरहेका छौं । राष्ट्रलाई रिस्ट्रक्चर गर्न खोजेका हौं ।

 तर शक्तिको हिसाबले त्यो प्रकारको शक्ति निर्माण हुनसकेन । आफ्नै बलमा परिवर्तन नगर्ने अवस्था सृजना गर्नुपथ्र्यो तर त्यो भएन । परिवर्तन गर्नका लागि हामीलाई अर्कोको शक्तिको आवश्यकता पर्यो । र, त्यो शक्ति हामीप्रति अनुदार भइदियो । दशकौंदेखि उठाउँदै आएको मुद्दा सुल्भिएन । त्यसलाई सुल्झाउनका लागि बाध्य भएर कम्युनिष्ट र काँग्रेसलाई पटक पटक साथ दिनु पर्ने अवस्था आयो । तर ती दलहरुले कहिल्यै पनि साथ दिएन ।

भावनात्क आन्दोलन
त्यही दलको विभेदकारी नितीको विरुद्धमा तराई मधेशमा पटक पटक आन्दोलन भयो । आन्दोलनमा काँग्रेस, कम्युनिष्टका नेता तथा कार्यकर्ताले साथ दिए । आआफ्नो मत आफ्नै पार्टीको बक्सामा हाले । आन्दोलन भने कुरा भावनामा हुने चिज हो ।

भावनात्मक रुपमा तत्कालका लागि साथ दिने कुरा हो । तर चुनावमा विभिन्न फ्याक्टरले काम गरेका हुन्छन् । त्यसमा पनि हाम्रो नेपाल जस्तो मुलुकमा हाम्रो समाजिक परिवेश, समाजिक बनोट, राजनीतिक अवस्था, राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिको सन्तुलन, त्यो भित्र भएका आर्थिक चलखेल र संगठनका आधारहरुले चुनाव तथा मतदानलाई प्रभाव पारेको हुन्छ ।

राजपा नेपाल बनेको धेरै भएको छैन । राजपा नेपालमा सहभागी भएको दल पनि धेरै पुरानो होइन, । सबै दलको इतिहास १० वर्षभन्दा कमको रहेको छ । भर्खरै वामे सर्दै गरेका पार्टी भएको र हामीले त्योसँग लड्नु परेको छ । जो दशकौंदेखि यो राज्य सञ्चालन गरेको छ । राज्यमा हैकम चलाएको छ । त्योसँग हामीले लड्नु परेको छ जोसँग देशमा सबै साधान स्रोत रहेको छ ।

त्यसका लागि हामीले आन्दोलन गर्दा सबैले साथ दिन्छ तर मतदानमा हामीलाई सहयोग गर्दैन यो हाम्रो लागि ठूलो चुनौति हो । अब त्यसका लागि मुलधारको वैकल्पिक शक्ति निर्माण गर्न सकिएन भने जनताको मत पाउन गाह्रो हुनेछ । वास्तवमा भन्ने हो भने अहिले हामीसँग त्यो शक्ति छैन । त्यही भएर उनीहरुले आफूतिर तान्नका लागि सफल हुन्छन् ।

२०–२५ वर्षको चुनावी परिणालाई अध्ययन गर्ने हो जनताले विकल्प खोजिरहेको देखिन्छ तर हामीले विकल्प दिन सकिरहेका छैनौ । विकल्प दिन नसक्दा फेरि पुरानै शक्तितिर जान जनता बाध्य हुन्छ । त्यसैले अब राजपा नेपाल नयाँ वैकल्पिक शक्तिको रुपमा आगाडी आउन थालेको छ ।

पावरको साइन्स हुन्छ । त्यो चिजलाई हाम्रा नेतृत्वले बुझ्न सकेको छैन । मधेशको राजनीतिक भावनामा अलि बढी नै बग्यौं । त्यसले गर्दा पटक पटक धोका पाएको छ ।

अहिले जुन प्रकारको ग्याप भएको छ । जुन प्रकारको ठाउँ खाली भएको छ त्यसलाई पुर्नका लागि एउटा वैकल्पिक शक्तिको आउनुपर्छ । त्यसका लागि राजपा नेपाल तयार भइरहेको छ । अर्को कुरा मधेशको राजनीतिक दल छिटो छिटो परिवर्तनको आन्दोलनमा लाग्यो ।

२०४६ देखि हालसम्मको अवस्था हेर्नुस् परिवर्तनको रेस्यु कुन अवस्थामा आगाडी बढिरहेको छ । परिवर्तनकै लडाईमा नै अधिकाँश समय गएको छ ।

मधेशी समाजको मनोदशा
तराई मधेशको मनोदशा वा मनोविज्ञान किन यस्तो तयार भयो । त्यसको पछाडीको कारण हेर्नुपर्छ । यसको पछाडी ठूलो रणनीतिक ग्रयाण्ड डिजाइन छ । आज एउटै देशमा पहाड र मधेशलाई हेर्ने दृष्टिकोणमा किन फरक भयो । पहिलो कुरा त्यो बुझ्नु पर्ने हुन्छ ।

राज्यले तराई मधेशलाई योजनाबद्ध तरिकाले मनोविज्ञान तथा उसको मनोदाशामा पनि प्रहार गरेको छ । नत्र एउटै देशमा एउटै जनतासँग फरक फरक व्यवहार किन हुन्थ्यो । एउटै देशमा फरक फरक संरचना किन हुन्थ्यो । यी सब राज्यले गर्दा भएको खाडल हो ।

मधेशका सबै कुरा कब्जा गरेर त्यसलाई ‘आइसुलेट’ गरेर कमजोर गर्ने काम भयो । त्यसले अब मधेशमा पहिलो कुरा शक्ति निर्माणका लागि मधेशी जनतालाई जगाउने काम शुरु भएको छ ।


सरकार पनि राज्यको हिस्सा हो तर सरकार सम्पूर्ण रुपमा राज्य सत्ता होइन । राज्यसत्तामा हाम्रो भागेदारी जसरी हुनुपथ्र्यो त्यो कहिल्यै भएन । यहाँ न्यायलय, प्रहरी, सेना, नीजामति कर्मचारी लगायतमा हाम्रो भागेदारी भएन । हो हामी केही दिनका लागि मन्त्री भयौं सेवा सुविधा लियौं तर राज्यसत्तासम्म हामी पुग्न सकेनौ । जसका कारणले हामीले चाहे जस्तो काम गर्न सकेनौ ।

हामीले गर्न सक्ने, हामीलाई बुझ्ने खालको ब्युरोक्राइटस भएन । न हामी राजनीतिक रुपमा शक्तिशाली भएर आयौं, न राज्यले हामीलाई मुख्य हिस्सेदार ठान्यो त्यसकारणले हामी अझै अधिकारबाट बन्चित भएका छौं ।
ब्युरोक्राइटस कहाँबाट सन्चालित छन् त्यो कुरा मनन गर्नुपर्ने हुन्छ ।

देशको शिक्षा नीति कसले बनाउँछ, त्यो कुरा पनि बुझ्नु पर्ने हुन्छ । शिक्षा नीति बनाउँदा तराई मधेशका मनोभावना, त्यहाँको भाषा, त्यहाँको सँस्कृति, त्यहाँको रहनसहन, भेषभुषालाई कति ख्याल गरेको छ, त्यो कुरा पनि बुझ्नुपर्ने हुन्छ । अर्थात शिक्षा नीति यस्तो बनाईएको छ कि सबै कुरा लादिएको जस्तो महसुस हुन्छ । त्यसमा अपनत्व फिल नै हुँदैन । अनि त्यहाँको शिक्षाको अबस्था कसरी सुध्रिन्छ । स्वास्थ्यको अवस्था पनि त्यही छ ।

यो देशको आर्थिक स्रोतमा मधेशीको कब्जा छैन । त्यसले गर्दा मधेशी आर्थिक रुपमा कमजोर हुँदैगयो । र, आफ्ना विद्यार्थीलाई समुादायिक विद्यालयमा पढाउन बाध्य भयो । र, सामुदायिक विद्यालयको अवस्था तपाईले आफै बयान गरिसक्नु भएको छ ।

राज्यले नै सामुदायिक विद्यालयलाई दोस्रो दर्जाका नागरिकले पढ्ने र पढाउने विद्यालय हो भनि बनाई दिएको छ । त्यहाँ सामान्य एउटा शिक्षकलाई चलाउने काम शिक्षा अधिकारीले गरेका हुन्छन् र त्यो शिक्षा अधिकारी केन्द्रबाट परिचालित हुन्छ भने त्यहाँका स्थानीय सरकार वा स्थानीय नेताले केही गर्न सक्दैन । यी सबै केन्द्रीकृत वा जातीय रुपमा बर्चस्व देखाएको कारणले भएको हो ।

जबसम्म नीतिमै आमूल परिवर्तन गर्न सक्दैन तबसम्म जे गरेपनि केही सुधार हुनेबाला छैन । मधेशको समाजिक प्रवेश, मनोदाशा, मनोविज्ञान, समाजिक संरचनालाई राज्यले जानी जानी यस्तो बनाई दिएको छ कि दुई चार वर्षका आन्दोलनले केही हुँदैन ।

जडा गाडी सकेकोलाई उखाल्न त्यति नै शक्ति प्रयोग गर्नुपर्छ । राणा, त्रिभुवन, महेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र र अहिलेका प्रचण्ड, ओली, देउवा, कोइरालाहरुले मधेशलाई जुन स्कुलिङ गरेको छ । त्यसको परिणाम आजको मधेशी जनताले भोगीरहेको छ । राज्य सत्ता निर्माणको प्रकृया गलत भएको परिणाम हो यो ।

वैकल्पिक शक्ति
अब राजपा नेपालका लागि यो सही समय हो । यो समयलाई सही ढंगबाट सदुपयोग गर्नुपर्छ । वैकल्पिक शक्ति आकाश चिरेर ल्याउने चिज होइन । त्यसलाई हामी आफै निर्माण गर्नुपर्छ । साना साना स्वार्थ त्याग्नुपर्छ । वृहत सोच बनाउनुपर्छ । एउटा जिल्ला, एउटा क्षेत्र वा एउटा गाउँमा मात्र सिमित रहनु हुँदेन । थ्रेस होल्ड नलगाउँदा यो फलानोको पार्टी, यो फलानोको पार्टी भन्ने थियो ।

तर अहिले आएर चारवटा पार्टीमा सिमित भयो । यसले पनि खाल्डो पुर्ने अवस्था छैन । १६–१७ वटा सांसदले मात्र राजपा नेपालले केही गर्न सक्दैन । भोली गएर ३४ वटै सांसद भएपनि केही गर्न सक्दैन । त्यसका लागि  मुलधारको शक्ति निर्माण गर्नुपर्छ ।

देशको नेतृत्व लिने खालको वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ ।

 जसलाई हिमालका जनतालाई पनि अपनत्व फिल होस् । बोर्ड मात्र झुण्ड्याउने खालको संगठन नहोस् । अब दक्षिणबाट उत्तरतिर संगठन निर्माण गर्दै नेतृत्व लिनुपर्छ । एउटा ब्लकको नेतृत्व कम्युनिष्ट गरिरहेको छ भने अर्को ब्लकको नेतृत्व काँग्रेसले गरिरहेको छ । अब थर्ड पोलको नेतृत्व राजपा नेपालले गर्ने निश्चित छ ।

तर हरेक संगठनमा समाजको रिफलेक्सन हुन्छ । जस्तो समाज हुन्छ त्यही अनुसार र विचारको संगठन निर्माण भएको हुन्छ । तर, जसले संगठनको नेतृत्व लिएको हुन्छ त्यसले समाजलाई ती पुराना स्कूलिङबाट परिवर्तन गर्नुपर्ने हुन्छ ।

 नेतृत्वले बाटो देखाउनु पर्छ । जनतालाई बाटो देखाउने राजनीतिक दल हो । यो नेपालमा मात्र होइन, विश्वमै यस्तो हुँदो रहेछ । समाज परिवर्तनका लागि राजनीतिक दलको ठूलो भूमिका हुन्छ । विश्वमा जति परिवर्तन भएको छ ती सबै वैकल्पिक शक्तिका कारणले भएको छ ।

परम्परागत शक्तिले आजसम्म परिवर्तन भएको छैन । नेपालकै कुरा गर्ने हो भने माओवादी र मधेशवादी दल नयाँ वैकल्पिक शक्तिको रुपमा आयो अनि मात्र परिवर्तन सम्भव भयो । अब अझै आमुल परिवर्तन गर्नका लागि एउटा वैकल्पिक शक्तिको आवश्यकता छ जसको नेतृत्व राजपा नेपालले गर्नेछ ।

(राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग गरिएको कुराकानीमा आधारित)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..