» » नहाय खाय वर्तबाट आजबाट जितिया पर्व सुरु

रोहित कुमार मण्डल
लहान असोज १५ गते । तराई मधेशका प्रायःसबै जातका विवाहिता हिन्दु नारीले आफ्ना पति तथा सन्तानको लामो आयूको कामना गर्दै आज (सोमबार) देखि नहाय खाय वर्तबाट निष्ठा पूर्वक जितिया पर्व शुरु गरेको छ ।

यस पर्वमा सन्तान तथा पतिको सुख सम्बृद्धिका लागि पुकार गर्दै स्याल, बाज, तथा मृत श्रेष्ठाजनको पुजा गर्ने गर्दछ । तराई क्षेत्रमा लोकप्रिय रहेको यो जितिया पर्व प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ । यस वर्षको पहिलो दिन अर्थात सप्तमीका दिन नहाय खाय वर्तबाट शुरु हुन्छ ।

नहाय खाय व्रतका दिन व्रतालु महिलाहरु स्थानिय नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर, सुर्य पुत्र शालिवाहानका छोरा जितवाहानलाई चढाउने गर्दछ । यस पर्वमा नहाय खायको दिन अनिवार्य रुपमा व्रतालु महिलाहरुलाई माछा तथा मरुवाको रोटि खानै पर्ने परम्परा रहेको वर्तालु महिला बिमला देवी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो— ‘यस पर्वमा माछा तथा मरुवाको ठूलो महत्व रहेको बताउनुभयो ।

पर्वको दोस्रो दिन अर्थात अष्टमी तिथिका दिन वर्तधारी महिलाहरु २४ घण्टाको लामो निराहार उपवास बस्ने गर्दछन् । उपासका दिन व्रताधारी महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवन गर्ने गर्छन् । यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरेका छन् ।

प्रत्येक वर्ष झै यस वर्ष पनि सिरहाको पडरिया र सप्तरीको सुरुङ्गा नगरपालिका कदमाहामा तथा खडक नगर पालिकाको करमनिया बजारमा भब्य जितिया मेलाका आयोजना गरिएको मेला कमिटिका सदस्य दुखिलाल चौधरीले जानकारी दिनुभयो । मेलाको सम्पूर्ण तयारी पुरा भईसकेको चौधरीले बताउनुभयोण् ।

यो पर्व खास गरी तराईका थारु समुदायले महान पर्वको रुपमा मनाईने भएकोले प्रत्येक थारु समुदायको घरमा एक वा एक भन्दा बढी पहुना आएकै हुन्छ पोखरीयाका अर्का व्रतालु  महिला सुशीला देवी चौधरी बताउनु हुन्छ । उहाँका अनुसार, थारु समुदायले आफनो दिदि, बहिनीलाई सासुरालबाट माईतिमा आई यो पर्व मनाउने प्रचलन रहेको बताउनुभयोण् ।

पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन व्रतालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दहि तथा सखरको प्रसाद बनाई अर्ध दिएर मात्र व्रत समाप्त गर्ने गर्छन् ।



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..