» » खुल्ला सीमा मधेशका लागि मात्र होइन (फरकमत)

-चन्द्रकिशोर
‘उन्ही लोगो ने इतिहास बनाया है यहाँ, जिन्पे इतिहास लेख्नेका वक्त न था ।’ त्यसले यहाँ इतिहास लेखेका छन् जसको बारे यहाँ इतिहास लेख्ने फुर्सद थिएन । सीमा, सरहद राम्रो पनि र खराब पनि यो कारणले हुन्छ कि कुनै पनि मुलुकको अस्तित्व छ भने कुराको अनुभूति त्यसले गराउँछ ।

खराब यसले कारणले हो कि पुर्खौदेखि बस्दै आएको समाजका बीचमा त्यसले दुरी ल्याई दिन्छ । सीमा भएकै कारणले कसैले आफ्नै सीमा बढाउन चाहन्छन्, अतिक्रमण गर्न चाहन्छन् । सीमामा आफ्नो प्रभाव बढाउने प्रयास गरेका हुन्छन् तजसले गर्दा दुरी पैदा हुन्छ । एक अर्काका पारीका शक्तिलाई मित्र वा शत्रुको रुपमा हेर्न थाल्छन् । आवत जावतमा नियन्त्रण गर्छन् ।

केन्द्र सरकारले त्यसलाई नियन्त्रण गर्नका लागि अधिनस्त बनाएको हुन्छ । यी र यस्ता कारणले सिमाञ्चलमा दुरीहरु पैदा हुन्छ । र, यो सबै सीमाको हकमा हुन्छ ।


तर, नेपाल र भारतबीच खुल्ला सीमा रहेका कारणले त्यो कुराको अनुभूति हुँदैन । जनकपुरका सरस्वती चौधरी भन्नुहुन्छ, हमको मालुम है सीमा रेखाका महत्व, दु दिलोको बीचमे कोई सीमा होता है ये नही हमे मालुम ।’ भारत र पाकिस्तानको बीचमा जसरी सीमा कोरियो ।

त्यसले दुरी बढाएको छ । तर नेपाल र भारतको बीचमा त्यस्तो छैन । सन् १९५० मा नेपाल भारतबीच सन्धी भयो तर त्यसमा पनि खुल्ला सीमाको बारेमा कुनै कुरा उल्लेख छैन अर्थात जहिलेदेखि यी दुई राज्यको स्थापना भयो त्यो बेलादेखि नै खुल्ला सीमा रहेको बुझ्न सकिन्छ ।


सीमा भएपछि हामी फरक फरक देशका छौ भने अनुभूति हुन्छ तर मन र अनुभूतिलाई विभाजन गर्न सकिदैन । भावनात्मक रुपमा कुनै फरक भइरहेको हुँदैन, सीमा क्षेत्रमा बस्नेहरुको बीचमा । जुन सीमा कोरियो त्यो राजनीतिक निर्णय हो । त्यसलाई कृत्रिम रुपमा बनाइएको हुन्छ । कृत्रिम यो अर्थमा हुन्छ कि त्यहाँ समुन्द्र छैन, त्यहाँ कुनै विकट पहाड छैन, भौगोलिक त्यस्तो जटिलता छैन ।

 सिमाञ्चल भनेको त्यो क्षेत्र हो जहाँ दशगजा क्षेत्रको जहाँको दैनिकी वारिपारीसँग जोडिएको हुन्छ । सिमाञ्चल एउटा वृहत आवधारणा हो ।


हामी रोटीबेटीको सम्बन्ध भन्छौं, हामी समाजिक सम्बन्ध भन्छौ । मौसमले पनि सीमा रेखा हेर्दैनन् । वर्षा हुँदा यो नेपाल हो त्यो भारत हो हेर्दैनन् । घाम लाग्दा यो नेपाल त्यो भारत हो हेर्दैनन् । नेपाल र भारतको सिमाञ्चलमा साँस्कृतिक एकरुपता पनि छ र विविधता पनि छ । नदीमा बाढी आउँदा मेरो मामलीको गाउँ डुवानमा नपरोस् भनि मेरी आमाले प्रार्थना गर्नुहुन्थ्यो भने मामलीको तर्फबाट पनि मेरी छोरीको घर डुवानमा नपरोस् भनि प्रार्थना हुन्थ्यो । यस्तो सम्बन्ध छ सिमाञ्चलको बीचमा ।


राज्य बन्नु भन्दा अगाडि व्यक्ति समूह र समुदायको बीचमा सम्बन्धहरु हुन्छ । नेपाल र भारतबीचको सम्बन्ध भनेको दिल्ली र काठमाडौबीचको सम्बन्ध पनि हो । दुई देश बीचको सम्बन्धलाई केन्द्रले मिलान गरेको हुन्छ ।

नेपाल र भारतबीचको सम्बन्ध मौलिक बनाउने सबभन्दा मुख्य कारण खुल्ला सीमाना र अर्को बेटीरोटीको सम्बन्ध हो । यी दुई कारणले नेपाल र भारतको सम्बन्धलाई अलि विशेष बनाएको छ । तर, राज्य–राज्यबीचको सम्बन्धमा कतिपय अवस्थामा यी कुराहरु परिरहेका हुन्छन् भने कतिपय अवस्थामा परिरहेको हुँदैन ।


काठमाडौ र दिल्ली बीचको सम्बन्धमा बेलाबेलामा कुनै उतार चढाव आएपनि सिमाञ्चलमा बस्नेहरु बीच हार्दिकतामा कुनै कमी आएको हुँदैन । राज्य–राज्यबीचको सम्बन्धलाई परिभाषित गर्ने केही निकायहरु छन् । जो भुगोल, समुदाय, आर्थिक, राजनीतिक, समाजिक, साँस्कृति पक्ष रहेका छन् । नेपाल भारतको सम्बन्धलाई बुझ्नका लागि स्थान विशेषको सम्बन्धलाई पनि बुझ्नुपर्छ ।

जस्तो म वीरगञ्जबाट भारत जाँदा वा रक्सौल जाँदा म भारत गएको जस्तो लाग्दैन । त्यो स्थान विशेषको सम्बन्धले गर्दा त्यस्तो हुन्छ । तर, वीरगञ्जबाट दमक हुँदै पटना गयो भने वीरगञ्जबाट रक्सौल गएको जस्तो अनुभूति मलाई हुँदैन ।

दमकका मान्छे सिलुगुडी जानुभयो भने उहाँहरुलाई त्यस्तो अनुभूति हुँदैन, जस्तो अनुभूति मलाई वीरगञ्जबाट दमक हुँदै पटना जानमा हुन्छ । उहाँहरुलाई पनि भारत आएको जस्तो अनुभूति हुँदैन । स्थान विशेषको सम्बन्धले दुई देश बीचको सम्बन्धलाई परिभाषित गरिरहेका हुन्छन् ।

 नेपालमा जेजति आधुनिक सोचको विकास भएको छ । त्यो सिमाञ्चलले गर्दा भएको छ । २००७ सालको आन्दोलनमा जसरी प्रजातान्त्रिक आन्दोलन हुँदा धेरैको सेल्टर भारतको रक्सौल हुन्थ्यो, पटना हुन्थ्यो । त्यहाँ राजनीतिक गन्थन मन्थन हुन्थ्यो । यो प्रजातान्त्रिक शक्तिका लागि मात्र नभए कम्युनिष्ट आन्दोलनका लागि पनि लागु हुन्छ ।

कम्युनिष्टहरुले पनि चीनको माओलाई पनि पढ्नका लागि चीन जानु भएन भारतको पटनामा गएर अध्ययन गर्नुभयो । हामी वनारश भन्छौ, गोरखपुर भन्छौ । गोरखपुरको कुरा गर्दा त्यहाँ मोहन विक्रम सिंह बस्नु हुन्थ्यो । हामीले उहाँलाई घर भाडामा दिलाई दिएका थियौं । उहाँ मात्र होइन, अन्य पार्टीका नेताहरु पनि बेला बेलामा गोरखपुर गाइ रहनुहुन्छ ।

राज्यले हेर्ने दृष्टिकोणमा पनि राज्यलाई नहरेर शासकलाई मात्र हेर्ने गरेको छ । काठमाडौले भारतको बारेमा कुनै नीति बनाउँदा वा सोच बनाउँदा होस्, उसले दिल्लीलाई केन्द्रमा राखेर बनाएको हुन्छ भने दिल्लीलाई पनि कुनै नीति बनाउनु पर्यो भने उसले पनि काठमाडौलाई केन्द्रमा राखेको हुन्छ ।

अर्थात सिमाञ्चलका जनताको मनोदशालाई बुझेको हुँदैन । खुल्ला सीमाको फाइदा त्यस वरपर बस्नेले मात्र लिइरहेका छैन । हिमाल र पहाडका जनताले पनि त्यतिकै लिइरहेका छन् । त्यस्तै भारतमा पनि सीमामा बस्ने भारतीयहरुले मात्र फाइदा लिएको छैन । भित्रि भारतका जनताले पनि फाइदा लिइरहेका छन् ।


२०७२ सालमा एउटा कार्यक्रममा सहभागी हुनका लागि मुम्बई गएको थिए । त्यहाँ मैले थाह पाए कि यहाँ सात लाख नेपाली भाषीहरु यहाँ बस्छन् । त्यसमा मधेशीहरु थिएन । त्यो सात लाख मुम्बईमा मात्र बस्दा रहेछन् । खुल्ला सीमाका कारणले उहाँहरुले त्यहाँ पुग्नुभएको हो । तर केन्द्रले नीति बनाउँदा सीमामा बस्ने जनताको मनोभावनालाई प्राथमिकतामा राखेको हुँदैन । शासकको रुची अनुसार नीति बनाउँछन् ।

पछिल्लो समय केही हस्तक्षेप पनि भएको हो । बर्दियाको जंगलमा कोही  एसएसबीद्धारा मारिन्छ भने त्यसमा केन्द्रको सरोकार हुन्छ । त्यो सार्वभौमसत्ताको नीतिले गर्दा त्यस्तो हुन्छ । नेपाल भारतको सीमा हेर्ने हो भने त्यहाँ खुल्ला सीमा एकनाशको छैन । भन्नका लागि खुल्ला सीमा हो तर सहज अवागमन छैन । हामी शारदा ब्यारेजमा पुग्यौं भने त्यहाँ एकप्रकारको अवस्था छ ।

जहाँ घाना जंगल छ भने त्यहाँ एक प्रकारको व्यवस्था छ । वीरगञ्जबाट रक्सौल जाँदा राती १० वजे ढाँट गिराइएको हुन्छ । अवागमन रोकिएको हुन्छ । खुल्ला सीमा भनेको खाली मधेशी बसोबास गरेको क्षेत्र होइन, पूर्वदेखि पश्चिमसम्म खुल्ला सीमा रहेको छ । त्यहाँ हरेक भाषाभाषी र समुदायको बसोवास छ । हाम्रो पटनासँग जति सम्बन्ध त्यतिकै सम्बन्ध दार्जिलिगंसँग पनि छ । देहरादुनसँग छ ।

पिथौरागढ र धार्चुलासँग पनि छ । सिमाञ्चल भन्नाले काठमाडौको बुझाई के रहेको छ भने यो मधेशी र भारतबीचको सम्बन्ध मात्र रहेको छ । मधेशीहरुको मात्र बेटीरोटीको सम्बन्ध रहेको छ । र, या सर्वथा एकाङ्गी रुपमा प्रचार गरिएको कुरा हो ।

राज्य राज्यबीचको सम्बन्ध बनाउनका लागि बन्ने नीति निर्माण तहमा को को छन्, त्यसलाई सल्लाह दिने कस्ता व्यक्ति छन् । कुन कुन समुदायका छन् त्यसले कुन समुदायलाई प्राथमिकतामा राखेको छ त्यसले पनि दुई देश बीचको सम्बन्धमा फरक पार्छ । अहिले इपजीको रिर्पोटको कुरा छ । त्यसअघि हर्क गुरुङ्को प्रतिवेदन आएको थियो ।


भारत सर्वभौम भइसकेपछि ब्रिटिस इण्डियाले नेपालसँगको सीमामा रेल्वेको विस्तार गरेको थियो । जसले गर्दा पृथ्वीनारायण साहको गोरखा राज्यको विस्तार पश्चात एउटा सीमाबाट अर्को सीमामा जानका लागि प्रशासनिक मान्छेलाई पनि भारतकै रेल चढेर जानु पथ्र्यो । जनपुर नेपालमा छ तर सीतमढीमा पनि जनकपुर नामका सडक छ । रुपैडिया नेपालगञ्जको पारी पट्टी हो ।

त्यहाँ पनि नेपालगञ्ज सडक भनेर भन्छन् । नेपालको अधिकतम सीमासम्म पुग्नका लागि रेल्वेको विस्तार गरेको थियो । त्यो रेल्वे नभएको भए नेपालको आत्मनिर्भरता कस्तो हुन्थ्यो । नेपालको आन्तरिक आवगमन कस्तो हुन्थ्यो । जंगबहादुर राण बाहिर जाँदा कसरी जानु हुन्थ्यो । अरु राजा महराजा पनि देश बाहिर जाँदा कसरी निस्किनु हुँन्थ्यो । काँग्रेसको आन्दोलन हुँदा बीपी कोइरालालाई समातिदा कुन बाटो भएर ल्यायो ? यी प्रश्नहरुले पनि नेपाल भारतको खुल्ला सीमाको परिभाषा दिनसक्छ ।

जब भारत स्वतन्त्र भयो अनि उसले सीमावर्ती क्षेत्रहरुलाई उपेक्षा गर्यो । उत्तराखण्ड पछिलो राज्य भएर आएको हो । उत्तर प्रदेश, विहार, पश्चिम बंगालको जुन अन्तराष्ट्रिय सीमा हो । त्यहाँको विकासको सूचांक हेर्ने हो भने भारतमा सबभन्दा पछाडी रहेको छ । समाजिक अवस्था पनि एकदम विकराल रहेको छ । बरु नेपालमा पंचायतकालमा राष्ट्रियताको नाराले गर्दा तराई मधेशका खास खास बजार तथा शहरलाई विकास गर्ने काम भयो ।

कतिपय दशगञ्जामा जानु भयो भने त्यहाँ प्रवेशद्धरा बनाएका पाउनु हुन्छ । तर त्यही वीरगञ्जसँग जोडिएको रक्सौल जहाँ खुल्ला सीमाको कुरा गरिन्छ । मुख्य नाका भनिन्छ तर अहिले पनि वीरगञ्ज र रक्सौलबीच सहज अवागमन छैन । रक्सौलदेखि पटनासम्मको बाटो राम्रो छैन । अर्थात भारतको केन्द्रले पनि आफ्नो सीमाञ्चललाई उपेक्षा गरेको छ ।

पंचायतले देखावटी रुपमा केही ठाउँमा विकास गरेको पनि देखाइ दिए । मधेशमा विराटनगर भयो, वीरगञ्ज भयो, नेपालगञ्ज भयो, भैरहवा भयो । त्यहाँ पंचायतकालमा विकास गरेको देखिन्छ ।

त्यस्तै, अहिले उत्तराञ्चल, विहार, उत्तर प्रदेशमा समाजिक विकासमा वृद्धि भएको छ । त्यहाँ समाजिक सुविधाहरु बढाइएको छ । शिक्षा र स्वास्थ्यमा पनि सुधार आएको छ । राज्यले जनतालाई कृषिमा सबसीडी दिन थालेको छ । तर, हामी कहाँ के भयो भने जुन चलेका पुराना बजारहरु थिए अहिले सुक्न थाले । बन्द हुन थाले । अर्थात केन्द्रले केलाई प्राथमिकता दिन्छ त्यसमा विकास हुन्छ ।

 नेपालतिरको जुन सिमाञ्चल क्षेत्र हो त्यो राज्यको विकासको प्राथमिकतामा परेन । र, पछाडी परेको छ । एकडेढ दशक यता भारतले आफ्ना सीमाञ्चलमा केही काम गर्न थालेको देखेर नेपालले पनि गर्न खोजेको देखिन्छ ।

विभिन्न मधेश आन्दोलन भएको कारणले पनि सिमाञ्चलमा राज्यले केही गर्ने जस्तो देखाएको छ । जस्तै भारतले सीमामा एसएसबी राख्यो, त्यसपछि नेपालले पनि सीमामा सशस्त्र प्रहरी राख्यो । यद्यपी नेपालमा अहिले पनि सीमा सुरक्षा सम्बन्धी अवधारणा त्यति राम्रो हुन सकेको छैन । नेपाल भन्दा पनि भारतीय सीमामा सुरक्षा अवस्था कडा पारिएको छ ।

अर्को कुरा सिमाञ्चलाई जे कुरा चाहिएको छ त्यो माग्न पनि सकेको छैन । कहिले पनि सिमाञ्चलका सरोकारहरु मुद्दा बन्न सकेन । मधेशवादी दलहरु त्यस क्षेत्रका कुरा गर्छ होला । सिमाञ्चलको बहसमा जाने हो भने त्यसमा उहाँहरुबाट पनि न्याय भएको पाइदैन ।

(चन्द्रकिशोरले मार्टिन चौतारीमा दिनुभएको मन्तव्यको सम्पादीत छोटो अंश)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..