» » महोत्तरीको झाडा पखाला प्रभावित क्षेत्रमा मुख्यमन्त्री राउत

जनकपुर, असोज २२ । मुख्यमन्त्री लालबाबु राउतले दुई साता अघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गर्नु भएको । 

झाडा पखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न आज नैन्ही पुग्नु भएको मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीहरुलाई धन्यवाद दिदै अगामी दिनमा यस्तो महामारी फैलिन नदिने रणनीति तयार गर्न नगरपालिकालाई आग्रह समेत गर्नु भयो । 

स्वच्छ खानेपानिको आभावमा झाडा पाखाला फैलिएको प्रतिवेदन आइ सकेको बताउनु हुँदै उहाँले स्वच्छ खाने पानिको लागि चापा कलको व्यवस्थापन प्रदेश सरकारले छिटै गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले स्वच्छ खानेपानिको लागि पुरै गाँउलाई पुग्ने ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उहाँले त्यसमा आवश्यक सहयोग प्रदेश सरकार गर्न तैयार रहेको उहाँको कथन थियो । 

मुख्यमन्त्री राउतले अस्वच्छताका कारण यस्ता रोग हरु फैलिने गरेको उल्लेख गर्नु हुँदै सबैलाई आफनै घर बाट सरसफाईमा जुटन  आग्रह समेत गर्नुभयो । 

प्रभावित क्षेत्र निरिक्षणको क्रममा जलेश्वर नपाको मेयर रामशंकर मिश्र, पूर्व मन्त्री हरिनारायण यादव, प्रदेशसभा सदस्य रानीशर्मा तिवारी, किरण कुमारी राय सहितको उपस्थिति थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..