» » छिन्नमस्ता भगतीः दशैंका लागि महत्वपूर्ण शक्तिपीठ

‘बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, रगत लुगामा लागेपनि दाग नलाग्नु, पोखरीको पानीमा रगत मिसिदा रातो नहुनु, बली प्रदान गर्ने नाममा राखिएका खसी (बाख्रा) लाई केही नहुनु, बलीका लागि खसी किन्नु अघि कुकुर स्याल टोकेको छ भन्ने मन्दिर पुग्दा नपुग्दै मर्र्नु, बली प्रदान गरेको खसीबाट निस्किेको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुनु, जुठो वा अपवित्र पूजा सामग्री कुकुर र कागले छोएर चढाउन नहुने’

यी मान्यता र आस्था बोकेको शक्तिपीठ हो, छिन्नमस्ता भगवती । सप्तरीको सदरमुकाम राजविराजदेखि १० किलोमिटर दक्षिणम भारतीय सीमामा रहेको छिन्नमस्ता भगवती धार्मिक पर्यटकीय दृष्टिकोणले चर्चित ठाउँ हो । सप्तरीको सखडा गाउँस्थित ठूलो पोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता भगवती विभिन्न ५१ शक्तिपीठहरु मध्येको एक हो ।

भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी, सखडा माता भनेर पूजा–अर्चना र भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेको छ ।

सखडा भगवतीको मन्दिर जति पल्ट निर्माण र पुनः निर्माण गरिए पनि त्यहाँको मूर्तिहरु शुद्ध पालवंशी शैलीमा बनाइएका छन् । नेपालमा पाल शैली भारतबाट आएको हो । सत्यमोहन जोशीद्वारा लिखित पुस्तकमा पालवंश पछि सेनवंशको उदय भयो । सेनहरुको पालामा वैष्ण्व धर्मको प्रधानता देखिन्छ । सन् १८९९ मा मुसलमानी आक्रमणले गर्दा सेन वंशको पतन भयो र मुसलमानहरुले हिन्दु सभ्यतामाथि प्रहार गर्दै गए । त्यसकारण बिहार वंगालका धर्म, संस्कृति र कलाका पे्रमीहरु आफ्नो संस्कृतिको सुरक्षार्थ भारतबाट आश्रय लिन नेपाल आएका थिए । यसरी पाल र सेन कलाको प्रभाव नेपाली कला शैलीमा पर्न गएको कुरा इतिहासविद हरिकान्त लाल दास बताउँनु हुन्छ ।

भगवतिको पूजामा फूलहैस विशेष पूजा हो । फूलहैसको तात्पर्य मनोरथ पूरा हुने भए शुभ सूचक संकेत स्वरुप देवीलाई चढाएको फूल झर्ने विश्वास गरिन्छ । सन्तान प्राप्ती, चाडै विवाह, मुद्दा मामिलामा विजयी प्राप्तीका आदिका लागि फूलहैस गराउँछन । मध्यरातमा छिन्नमस्ताको मन्त्र साधनाबाट सरस्वती सिद्ध हुने उल्लेख रहेको पाइन्छ ।
मन्दिरमा नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरु खसी, बोका, भेडा, परेवा, हाँस र माछाको बलिदान गर्नेहरुको दिन्हु घूँइचो लाग्ने गरेको पीठाधिश महन्थ महानन्द ठाकुर बताउँनु हुन्छ । प्रत्येक दिन ५० वटा भन्दा बढी तथा बडा दशैंमा हजारौ बोका, खसी, भेडा, परेवा, हाँस र माछाको बली चढाइन्छ । मनोकामना पूरा भएकाहरुले पञ्चबली प्रदान समेत गरिन्छ । बोका, खसी, भेडा, परेवा, हाँस र माछाको बलीलाई पञ्चबली भनिन्छ । ६ बिघा १७ धुर ७ कठा क्षेत्रफलको ओगटेको मूल मन्दिर भन्दा पूर्व शिव मन्दिर, हनुमानको मुर्ति छन् ।
भगवती मन्दिरको अग्रभागमा पाँच सय वर्गफिटको एउटा जलायश छ । त्यो जलाशयको एउटा छ, त्यो कहिल्यै कहिल्यै सुक्दैन । जलाशयामा कमल फूल फूल्थ्यो । त्यही कमलको माला गुँथेर देवीलाई समर्पण गरिन्थ्यो । जलाशयमा सुनको बुलाकी लगाएको विशाल कायाको माछा देखिन्थ्यो भनि जनविश्वास रहेको छ ।

 व्यापारीहरुले सखडाको बाटो प्रयोग गर्दा उनीहरु यस जलाशयको डिलमा थकाई मार्थे र पोखरीको पवित्र जलले तिर्खा मेटाउँथे । एउटा आश्चर्य के बताइन्छ भने व्यापारी वा बटुवाहरूले खाना पकाउनुप¥यो भने भाडा–बर्तनका लागि मातासमक्ष बिन्ति गर्नुपथ्र्यो । जलाशयको बीचभागबाट भाडा–बर्तन पानीमा तैरेर किनारमा आउँथ्यो । भाडा वर्तनको प्रयोगपछि सफा गरेर पोखरीकै जलमा समर्पण गरिन्थ्यो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..