» » उपेन्द्र यादवलाई पेल्ने यही हो मौका

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि एकपछि अर्को विवादमा तानिदै गएको छ चाहे बर्दियामा राममनोहर यादवको मृत्य होस् या कोलो दिवसको सन्दर्भ होस् या पप्पु कन्ट्रक्सनको सन्दर्भ नै किन नहोस् । फोरम नेपाललाई यी विषयहरुको विवादले घेरा हालेको छ ।

 र, यसको फाइदा सबैले चारैतिर उठाउन खोजेका देखिन्छ । फोरम नेपाललाई समाप्त पार्ने यही हो मौका भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालदेखि सीके राउतको संगठनसम्मले यी विषयलाई विशेष रुपमा उचाल्ने गरेको देखिन्छ ।

पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियार फोरम नेपालका सांसद हुन् । र, अहिले सो कम्पनी विवादमा परेको कारण फोरम नेपालको चर्चा हुने गरेको छ । भदौ ९ गते रौतहटको लालबकैया नदीमा डुगां दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको थियो ।

त्यसमा पनि पप्पु कन्ट्रक्सनको नाम जोडेर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरोध भएको थियो । प्रदेश २ को संसदमा राजपा नेपालका महासचिव मनिष सुमनले उपेन्द्र यादवको नामै लिएर पप्पु कन्ट्रक्सनले पुल निर्माण गर्न लिएको ठेक्का हालसम्म पुरा नगरेको कारण सो दुर्घटना भएको उहाँको दावी थियो । उहाँले मात्र राजपा नेपालका अधिकाँश नेताहरु यो कुरालाई विशेष रुपमा उठाएको थियो । संघीय संसदमा पनि सो पार्टीका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले कुरा उठाउनु भएको थियो ।

त्यतिबेलासम्म फोरम नेपालले कुनै जवाफ दिएका थिएन । चुपचाप सहेर बस्यो तर जब फोरम नेपालका सांसद एवं पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा लगायो अनि मात्र फोरम नेपालका प्रदेश २ का समितिले विज्ञप्ति निकालेर त्यसप्रति आपत्ति गर्यो कि सांसद रौनियारलाई पूर्वाग्रही ढंगबाट फँसाइएको हो ।

पार्टीले रौनियारलाई कारवाही गर्नुको सट्टा बचाउ गरेको प्रति पनि धेरैले चासो रुपमा लिएको छ ।

त्यस्तै, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टीको काम विशेषले भदौ ७ गते वर्दिया गएको बेला कार्यक्रममा बाँकेका राममनोहर यादव लगायतका युवाहरुले उहाँलाई कालोझण्डा देखाएको थियो । सोही आरोपमा उहाँहरुलाई पक्राउ गरेको थियो । थुनामा रहेकै अवस्थामा राममनोहर यादवको मृत्युभयो ।

त्यसपछि सिके राउतदेखि लिएर राजपा नेपालका नेताहरुले त्यसलाई ठूलो इशु बनाउनुभयो । यही केशमा फोरम नेपाललाई फँसाएर समाप्त पार्न सकिन्छ भन्दै नेताहरुले सम्पूर्ण दम लगाए ।

 सिके राउतले त उपेन्द्र यादवको पुतला समेत जलाउन लगायो । उहाँले हालसम्मको त्यसको विराधे गरि नै रहनु भएएको छ । राममनोहर यादवको मत्युको कारण उपेन्द्र यादव नै हो भन्दै विभिन्न ठाउँमा विरोधका कार्यक्रमहरु गर्दै आएका थिए । सिके राउत हाल रौतहटबाट पक्राउ परेर थुनामा हुनुहुन्छ ।


राममनोहरको विषयमा सिके राउतभन्दा कम राजपा नेपालले बोलेको छैन । राजपा नेपालका नेताहरुले यो विषयलाई संघीय संसदमा पनि उठाउनु भएको छ । यहाँसम्म कि प्रधामन्त्री केपी शर्मा ओलीलाई असोज २२ गते बुझाएको ज्ञापनपत्रमा पनि राममनोहरको कुरा उल्लेख गरिएको छ ।

 जब फोरम नेपाल सरकारमा जाने निका र निर्णय गर्यो, त्यसलाई राजपा नेपालका नेता तथा कार्यकर्ताले ठूलो मसाला बनाए । नेता तथा कार्यकर्ताहरुले फोरम नेपाल सरकारमा गयो भन्दै फेसबुक तथा विभिन्न कार्यक्रममा भाषण नै दिए । सरकारमा सहभागी भएकै कारणले लिएर फोरम नेपाललाई सक्दो विरोध गरेर जनताको नजरमा गिराउने प्रयास भएका थियो ।

 त्यस्तै, सविधान दिवसको अवसरमा फोरम नेपालले जब कालो दिवस नमनाउने निर्णय गर्यो त्यसपछि सिके राउत र राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले यो विषयलाई पनि निकै उचाल्यो सक्दो विरोध गर्यो ।
यसरी फोरम नेपाल सरकारमा सहभागी भएपछि विभिन्न विवादमा तानिएपछि त्यसलाई राजनीतिक इशु बनाएर विरोध गर्ने काम अझै पनि जारी छ ।

तर, फोरम नेपालले त्यसमा खासै रिहाक्सन देखाउने आवश्यकता ठानेको छैन । राममनोहरको विषयमा पार्टीबाट कुनै आधिकारिक धारणा नआएपनि उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले आफ्नो फेसबुकमार्फत त्यसको खण्डन गर्नुभएको थियो । तर, त्यसलाई कसैले आधिकारीक मानेनन् ।

यद्यपी फोरम नेपाल सरकारमा सहभागी भएको पाँच महिना भइसकेको छ तर जुन उद्देश्यले सरकारमा गएका गएको थियो त्यो उद्देश्य पुरा हुने छाँटकाँट देखिएको छैन । पाँच महिनाको अवधिमा सविधान संशोधनका लागि सरकारलाई दवाव दिएको कुनै कुरा बाहिर आएको छैन तर उहाँ भन्दै आउनु भएको छ कि सरकार सविधान निर्माणको प्रकृया शुरु गरिसकेको छ ।

प्रतिनिधिसभाको दोस्रो संसदीय अधिवेशन अन्त्य भएको छ । तर, एक दिनपनि संसदमा सविधान संशोधनको विषयमा छलफल भएको छैन । सविधान संशोधन नगरेको भन्दै सरकारलाई विश्वासको मत दिएका राजपा नेपालले सरकारलाई निरन्तर दवाव दिँदै आएको छ  । कहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर त कहिले संसदमा बोलेर त कहिले विभिन्न कार्यक्रम गरेर दवाव दिँदै आएको छ ।

फोरम नेपाल सरकारमा सहभागी भएपछि जनतामा विश्वास बढेको थियो कि अब सविधान संशोधन हुन्छ तर सरकारको रवैया र फोरम तथा राजपाको क्रियाकलापले गर्दा जनताले पनि विश्वास गर्न छाडेको पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णले बताउँनु हुन्छ ।

यो पाँच महिनाको अवधिमा सविधान संशोधन नभएपछि अब दशैं तिहारपछि सविधान संशोधनको प्रकृया शुरु हुने अध्यक्ष यादवको दावी छ । छठपछि सविधान संशोधन हुने कुरा उपेन्द्र यादवले भन्दै आउनु भएको बताउँदै पत्रकार चन्द्रकिशोरले अब जनताले सरकारमा धेरै दिन नबस्न फोरम नेपाललाई भनिरहेको छ त्यो कुरा फोरम नेपालले बुझ्नुपर्ने बताउनुभयो ।

प्रदेश २ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा सविधान संशोधन गर्ने भन्नुभएको थियो । तर त्यो आवश्यकता र औचित्य कहिले आउने न यो कुरा राजपा नेपाललाई थाह छ न फोरम नेपाललाई थाह छ ।

तर, फोरम नेपाल संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया भन्नुहुन्छ, सविधान संशोधन हुन्छ भने कुरामा हामी अझै आशावादी छौं ।

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्दा उहाँले पोजेटिभ कुरा नै गर्नुहुन्छ । यो चार पाँच महिनाको अवधिका विधिन्न विधेयकहरु पारित गराउनमा संसदमा व्यस्त रहेकाले सविधान संशोधनको विषयमा खासै कुराकानी हुन सकेन धेरै विधेयकहरु संसदबाट पारित भएको कारणले अब सविधान संशोधनकै विषयमा छलफल हुने उहाँको दावी थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..