» » सप्तरी गएर दही च्युरा खुवाउने यसरी जाग्यो लालसा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र गुटको राजनीतिक गरिरहेको आरोप खेपिरहनु भएका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले त्यो आरोपलाई यसपटक आफै पुष्टि गर्नुभएको छ । आन्तरिक विवाद बेलाबेलामा प्रकट हुने गरेको छ । पार्टीमा लाग्छ अहिले सबभन्दा बढी महाधिवेशन राजेन्द्र महतोलाई नै लागेको छ । त्यही भएर होला जनकपुर जानुपर्ने मान्छे रातारात सप्तरी पुग्नुभयो ।

कुरा असोज १७ गतेको हो । काठमाडौबाट सिरहाको लहानमा आयोजित कार्यक्रममा भाग लिन असोज १६ पुग्नु भएका राजेन्द्र महतो प्लेन चढ्ने बहानामा सप्तरीको राजविराज पुग्नुभएको थियो । प्लेन चढ्ने उहाँको बहाना मात्र थियो । कारण थियो राजकिशोर यादवको मुख्य अतिथीमा आयोजना भएको कार्यक्रममा ।

राजकिशोर यादव प्रमुख अतिथी रहने कार्यक्रम जिविसको हलमा आयोजना गरेको थियो । त्यसमा पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रमको गर्ने तयारी थियो तर राजेन्दै महतो त्यो दिन विहानै १० वजे राजविराजको आइगर्डेनमा कार्यक्रमको आयोजना गर्नुभयो । त्यसमा राजविराजमा रहनु भएका अधिकाँश राजपा नेपालका कार्यकर्ताको उपस्थिति थियो ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सिरहाको कार्यक्रम सकाएर राजविराज पुग्नु भएको थियो । राती नै त्यहाँ पुग्नु भएका अध्यक्ष महतोले साँझमा नै कार्यकर्तालाई भेटघाट गर्नुभएको थियो । त्यतिले नपुगेपछि उहाँले विहनै राजविराजको आइगार्डेनमा छुट्टै कार्यक्रमको आयोजना गर्नुभयो । जब कि तीन चार दिनदेखि अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवको उपस्थितिमा सप्तरी जिल्ला समन्वय समितिको हलमा कार्यक्रम गर्ने तयारी चलिरहेको थियो ।

राजकिशोर यादव आउने तय भइसकेको थियो । तर, अचानक राजेन्द्र महतोले पनि आफ्ना निकट कार्यकर्तालाई फोन गरेर आफू पनि राजविराज आउन लागेको त्यसको तयारी गर्न निर्देशन दिनुभएको थियो । राजेन्द्र महतो आउने भएपछि पुराना सद्भावनाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रमका तयारीमा जुटेका थिए । राजकिशोर यादवको कार्यक्रम जिल्ला समन्वय समितिको हलमा एक वजेदेखि थियो भने राजेन्द्र महतोले होटेल आइ गार्डेनमा १० वजे नै कार्यक्रम समाप्त गर्नुभएको थियो ।

चुनावको समयमा पार्टीबाट राजिनामा दिएका जयप्रकाश ठाकुर पुनः राजपामा प्रवेश गराउन कार्यक्रमको आयोजना गरिएको थियो । जयप्रकाश ठाकुरलाई राजकिशोर यादवको कार्यक्रममार्फत प्रवेश गराउँदा पनि हुन्थ्यो तर जयप्रकाशलाई महन्थ ठाकुरको गुटबाट अलग गरेर आफ्नो पक्षमा राख्नका लागि महतोले उहाँलाई आफैले टिका लगाएर फर्काउनु भएको हो ।

स्रोतका अनुसार जयप्रकाश ठाकुरले नै आफू महन्थ ठाकुरको हातबाट होइन राजेन्द्र महतोका हातबाट टिका लगाउने भनेपछि महतोले यस्तो गर्नुभएको हो । राजकिशोर यादव महन्थ ठाकुर गुटका नेता हुनुहुन्छ ।

जयप्रकाश ठाकुर प्रतिनिधिसभाको चुनावमा सप्तरीबाट बागी भएर चुनाव उठ्नु भएको थियो । फोरम नेपाल र राजपा नेपालबीच चुनावी गठबन्धन भएपछि सो क्षेत्र उपेन्द्र यादवको भागमा परेको थियो । उपेन्द्र यादव स्वयं उम्मेदवारी दिनुभएको थियो ।

त्यसको विरुद्धमा जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पार्टीको निर्णय विपरित काम गरेको भन्दै राजपा नेपालले उहाँलाई कारवाही गरि पार्टीबाट निष्काशन गरेको थियो । तर राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले पार्टी छाडेर गएकाहरुलाई घर फर्किन आह्वान गरे अनुरुप जयप्रकाश ठाकुरलाई फर्काइएको हो ।

राजपा नेपालका सप्तरी जिल्ला अध्यक्ष रामपृत यादवले भने, सप्तरीमा राजेन्द्र महतोको कुनै कार्यक्रम थिएन । सिरहाबाट सप्तरी प्लेन चढ्न आउनु भएको थियो । एक वजे उहाँको फलाइट छ । राजविराजमा भएको बेला कार्यकर्तासँग समान्य भेटघाट गर्नुभएको मात्र हो ।’

मुख्य कार्यक्रम राजकिशोर यादवको अध्यक्षतामा जिल्ला समन्वय समितिको हलमा हुने उहाँले बताउनुभयो । रामपृत यादव महन्थ ठाकुर पक्षका नेता हुनुहुन्छ । राजेन्द्र महतो पक्षका मनोज यादव ‘प्रभाकर’ ले पनि सप्तरीमा राजेन्द्र महतोका कुनै पनि प्रोग्राम थिएन । उहाँ काठमाडौ जानका लागि राजविराज आउनु भएको मौकामा कार्यकर्ता भेटघाट मात्र गर्नुभएको दावी गर्नुभयो । 

राजेन्द्र महतो सिरहाबाट जनकपुर हुँदै काठमाडौ जान सक्नु हुन्थ्यो तर राजकिशोर यादवले सप्तरीमा कार्यक्रम गर्दैछ भनि थाह पाएर जाना जान राजविराज गएर कार्यक्रमको तयारी गर्नुभएको थियो । समान्य कार्यक्रम भनिएपनि राजकिशोर भन्दा भव्य कार्यक्रमको आयोजना गर्नुभएको थियो । उहाँले कार्यक्रम मात्र होइन, कार्यक्रमपछि पत्रकार सम्मेलनको आयोजना पनि गर्नुभएको थियो । त्यहाँ उपस्थित सबै कार्यकर्ता तथा नेतालाई उहाँले दही च्युरा, केरा र लालमोहन खुवाउनु भएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..