संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असोज ३ गते संविधान दिवसको विरुद्धमा मनाएको कालो दिवसले एकजना महिलाको भविष्यमा ब्रेक लागेको छ ।
राजपा र फोरम नेपालले तराई मधेशमा मनाएको कालो दिवसको बारेमा आएका समाचार एकजना महिला कर्मचारीले आफ्नो फेसबुकमा समाचार शेयर गरेपछि उहाँका जागिर चट्ट भएको छ ।
जिल्ला अदालत धनुषामा खरिदार (करार) पदमा कार्यरत गुञ्जा रायलाई समाचार सेयर गरेकै कारण हटाएको छ । पत्रकारिता पृष्ठभूमीका उहाँ पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिनुभयो ।
महोत्तरीका राय यस अघि विभिन्न सञ्चारमाध्यममा काम गर्नुको साथै मानवअधिकार सम्बन्धी संस्थामा समेत आवद्ध भएर काम गर्नुभएको हो । शिक्षामा मस्टर्ससम्म अध्ययन गर्नुभएका गुञ्जा रायले आफू पहिलादेखि अन्यायको विरुद्ध लड्ने भएको हुनाले आफ्नो विषयमा नै चुप लगाएर बस्न नसकिने बताउनुभयो ।
उहाँले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, असोज ३ गते मधेशमा सविधान दिवसको विरुद्धमा मनाएको कालो दिवसको समाचारलाई आफ्नो फेसबुकमा सेयर गरेको थिए ।
नियमित जस्तै असोज ४ गते कार्यालय गए । कार्यालय जाने वित्तिकै श्रेस्तेदार राधाकान्त झाले मलाई बोलाएर सविधान दिवसको विरुद्धमा भएको गतिविधिको समाचार तपाई आफ्नो फेसबुकमा सेयर गर्नुभएको छ भनि सोध्नुभयो । मैले भने, हो सर । अनि उहाँले कालो दिवसलाई समर्थन गर्नुभएको हो सोध्नुभयो । मैले भने, होइन समर्थनमा होइन । जस्ट सेयर मात्र गरेको हुँ मेरो त्यसमा कुनै समर्थन छैन ।’
श्रेस्तेदारले गुञ्जाको कुरा सुनेर सोध्नुभयो, सेयर गर्नु भनेको समर्थन जस्तै हो तपाईलाई थाह छैन ।’ अनि गुञ्जाले आफूलाई ती कुरा थाह नभएको प्रतिकृया दिनुभएको थियो ।
असोज ५ गते कार्यालय जाँदा जिल्ला अदालत प्रशासन शाखाले गुञ्जालाई बोलाएर करारको म्याद नथपिएको चिठ्ठी हातमा थमाई दियो । चिठी पाएपछि उहाँले अदालतका न्यायधिश राधाकृष्ण उप्रेतीलाई फोन गर्नुभयो । तर, उप्रेतिले यो प्रशासनसँग सम्बन्धित कुरा भएकाले यसको बारेमा उतै बुझ्न भन्नुभएको थियो ।
त्यसपछि के गर्ने भनि गुञ्जा अलमलमा पर्नुभयो । उहाँले साथी भाइसँग सल्लाह गरेर यो कुरा बाहिर ल्याउनु पर्यो भन्दै पत्रकार सम्मेलन नै गर्नुभयो ।
उहाँले यस्ता समाचारहरु फेसबुकमा सेयर गर्नु हुँदैन भनि कुरा आफूलाई थाह नरहेको बताउनुभयो ।
आफूलाई हटाउँदा एकपटक अदालत प्रशासनले सोध्नुपर्ने थियो तर एक वचन नसोधी सिधै जागिरबाट हटाउनु कहाँसम्मको न्याय हो, उहाँले भन्नुभयो, ल ठिक छ म समाचार लखेर गल्ती नै गरे तर गल्ती गरेपछि एकपटक अवश्य सोध्नुपर्ने हुन्छ, स्पष्टीकरण दिने मौका दिनुपर्छ तर त्यस्तो कुनै मौका नदिइ हटाउनुले ममाथि अन्याय गरेको छ ।’
उहाँले भन्नुभयो, मैले त्यहाँ आफ्नो विचार व्यक्त गरेको छैन । कसैले लेखेको समाचार मैले सेयर गरि दिएको मात्र हुँ । त्यो अन्जानमा भएको हो जस्तो लाग्छ मलाई । म जस्ता थुप्रै करार तथा ज्यालादारी कर्मचारीहरु छन् । उनीहरुमाथि यस्तो अन्याय नहोस् भनेर मैले यो कदम चालेको हुँ ।’
उहाँले मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर निवेदन दिनुभएको छ । असोज १५ गते भेटेर न्याय दिलाउनका लागि आग्रह गर्दैै निवदेन दिनुभएको छ । त्यसअघि प्रदेश २ को सरकारका मन्त्रीहरुको बीचमा पनि छलफल भएको थियो ।
गुञ्जा रायले भन्नुभयो, यो मेरो व्यक्तिगत भन्दा अरु करार र ज्यालादारीमा काम गरिरहेकाका हकमा पनि आवाज उठ्नु जरुरी छ । स्थायी कर्मचारीको मात्र जागिर होइन, अस्थायी, करार, ज्यालादारीको पनि जागिर नै हो, त्यो जागिर पनि सुरक्षित हुनुपर्ने मेरो चाहना हो । र, त्यसका लागि आवाज उठाउने रहनेछु ।

No comments: