» » चौका दाउ आउँदै

मधेसको राजनीतिक विषयलाई समेटेर निर्माण भएको चलचित्र संरक्षणका निर्देशक पुर्णेन्दु झाद्वारा निर्देशित नेपाली चलचित्र चौका दाउ कात्तिक ९ मा रिलिज मिति तोकिए छ ।

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र चौका दाउको निर्माता सौर्यजित बास्कोटा र मनोज राजभण्डारी हुनुहुन्छ । जसमा सहनिर्मातामा पंकज बास्कोटा रहनु भएको छ । यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन रहेको छ भने चलचित्रमा शम्भूजित बास्कोटाको संगीत रहेको छ ।

चलचित्रमा मुख्य आकर्षक सन्तोष पन्त र तैयव शाह रहनु भएको छ । वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मला शर्मा, सोनिका केसी, विजय राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय रहेको यो चलचित्र एउटा हाँस्य चलचित्र हो । चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुनुहुन्छ भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहनु भएको छ । पटकथा अभिमन्यू निरवीको लेख्नु भएको छ । चलचित्रलाई विके फिल्म्स्ले वितरण गर्नेछ ।

चलचित्रको पहिलो गीत राधापियारी र पोस्टर सार्वजनिक भइरहेको छ । ओआरएस डिजिटलको युट्युभ च्यानलमा रहेको उक्त गीतलाइ दर्शकहरुले निकै रुचाइएको छ । रिलिज भएको एक दिनमै गीतलाई लगभग डेढलाख भन्दा बढी दर्शकले हेरिसकेका छन् निर्देशक झाले बताउनुभयो । निर्देशक झाको यो दोस्रो चलचित्र हो । यसअघि उहाँले संरक्षण नेपाली फिल्मको निर्देशन गर्नुभएको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..