» » अन्तिम समयमा बालुवाटार छिरेर के भन्नुभयो खुसुक्क ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशैभरिबाट असोज २२ गते ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । त्यो दिन जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम शुरु भइसकेको थियो ।

तर, यता केन्द्रमा प्रधानमन्त्री अ‍ोलीले राजपा नेपालका नेताहरुलाई समय दिइरहेको थिएन । प्रधानमन्त्री ओलीलाई दुई पेजको ज्ञापनपत्र बुझाउन तयार भएर राजपा नेपाल बसेको थियो तर प्रधानमन्त्री ओलीले समय दिने कि नदिने अतोपतो थिएन ।

अचानक प्रधानमन्त्री सचिवालयबाट राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई चार वजे फोन आयो । प्रधानमन्त्री ओलीले उहाँहरुलाई छवजे बालुवाटार बोलानु भयो । ज्ञापनपत्र बोकेर राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्षमण्डलका सदस्यहरु महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव ठिक छ वजे बालुवाटार छिर्नुभयो । तर त्यहाँ गएपछि उहाँहरुलाई झण्डै डेढ घण्टा कुर्नु पर्यो । प्रधानमन्त्री अ‍ोलीले बल्ल समय मिलाएपछि उहाँहरुसँग भेट भयो । भेटमै प्रधानमन्त्री अ‍ोलीले आफ्नो कथा व्यथा सुनाउन थाल्नुभयो । आफ्नो अमेरिका भ्रमणदेखि लिएर सरकारको काम, पार्टीको गतिविधि र विवादको बारेमा समेत सबै कुरा विस्तार राख्नुभयो ।

तर राजपा नेपालका नेताहरु प्रधानमन्त्री अ‍ोलीको कुरा सुन्ने मुडमा हुनुहुन्थेन । जुन उद्देश्यका लागि त्यहाँ उहाँहरु जानु भएको थियो । त्यो बुझाएर निस्कने दावमा हुनुहुन्थ्यो । किनभने यसअघि पनि प्रधानमन्त्री ओलीलाई धेरैपटक उहाँहरुले झेलिसक्नु भएको छ । संयोजक ठाकुरले प्रधानमन्त्री अ‍ोलीलाई ज्ञापनपत्र बुझाउनु भयो । र, त्यसमा उल्लेख भएको कुरा ब्रिफ पनि गर्नुभयो । प्रधानामन्त्री अ‍ोलीले आफू सविधान संशोधन गर्न तयार रहेको तर कहाँ के के नमिलेको जस्तो देखिएको छ । त्यसलाई आफूले सुधार गर्दै चाँडै नै सविधान सशोधन गर्ने आश्वासन दिनुभएको थियो ।

बरु दशैंअघि नै एकपटक बसेर सविधान संशोधनको विषयमा टुगों लगाउ समेत प्रधानमन्त्रीले भन्नुभएको थियो । त्यसको जवाफमा राजपा नेपालका नेताहरुले दशैंअघि गर्नुहुन्छ त्यो तपाईको सदासयता हुन्छ तर हामीलाई छठपछि पनि भइ दियो भने अभारी हुन्थे, भन्नुभएको थियो । ढुक्क हुनुस् सविधान संशोधन हुन्छ, यसको बारेमा पार्टीमा सल्लाह गरेर चाँडै टुगों लगाउने भनेर नेताहरुलाई उहाँले पठाउनु भएको थियो ।
यता, सविधान संशोधनको विषयमा राष्ट्रपति विद्या देवी भण्डारीले पनि पनि चासो लिनु भएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका रेशम चौधरीलाई सपथग्रहण नगराईकन जेलमा राखेको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो लिँदै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बोलाएर जानकारी लिनु भएको छ ।

 रेशम चौधरीलाई रिहाय गरी सपथग्रहण गराउने भनि पटक पटक प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिवद्धता जनाएपनि हालसम्म कार्यान्वन नगरेको भन्दै राष्ट्रपति भण्डारी समक्ष राजपा नेपालका एक नेताले गुनासो गर्नुभएको थियो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महरालाई बोलाएर त्यसको बारेमा जानकारी लिनुभएको थियो । त्यसको जवाफमा सभामुख महराले आफू सपथग्रहण गराउन तयार रहेको तर त्यसका लागि प्रधानमन्त्री ओलीले आफूलाई भन्नुपर्ने प्रतिकृया दिनुभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

रेशम चौधरीलाई सपथग्रहण गराउन आफूलाई कुनै आपत्ति छैन, प्रधानमन्त्रीले भन्नुभयो भने म आजै सपथग्रहण गराउँछु, उहाँले जवाफ दिनुभएको थियो ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..